Tuesday, July 15, 2025

साहित्यिक पत्रकारहरू पुरस्कृत


वि. सं. २०८२ साल असार ३१ गते काठमाडौँमा भएका छुट्टाछुट्टै कार्यक्रममा चार साहित्यिक पत्रकार पुरस्कृत र सम्मानित भएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा सङ्घको १९ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय शशि पन्थी र रामप्रसाद साहलाई नगदसहित सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले विसं २०३० देखि साहित्यिक पत्रकारितामा क्रियाशील पत्रकारद्वय पन्थी र साहलाई नगद, सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रिका चलाउन साहित्यिक पत्रकारको साहस र मेहनतको आवश्यकता पर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली, बियोगी बुढाथोकी, गणेश वाम्बुले राईलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले सोही दिन वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गर्दै प्रविधिको छरितो विकासले छापा माध्यम छायामा परिरहेको समयमा पनि निरन्तर मेहनत र लगनका साथ साहित्यिक पत्रकारिता गर्ने पत्रकारको कदर गर्न प्रतिष्ठानले गत वर्षदेखि साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न सुरु गरेको बताउनुभयो । नेपाली भाषा र डोटेली भाषाको साहित्यिक पत्रिकाका सम्पादकद्वय दुवाल र चन्दलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान परिवारलाई खुसी लागेको बताउँदै कुलपति राईले यसबाट साहित्यिक पत्रकारको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली र नरेन्द्र बहादुर श्रेष्ठ अतिथि हुनुहुन्थ्यो ।

000 



















Wednesday, February 12, 2025

Poet Bhoj Aryal’s Debut Poetry Collection ‘Seta Bhir, Yeta Pir’ Released

 


Poet Bhoj Aryal’s first poetry collection, Seta Bhir, Yeta Pir, has been launched. The book was unveiled during a symposium on “Online Literary Magazine: Its Strengths and Limitations,” organized by Devkota-Lu Xun Academy on Tuesday.

The book was jointly released by Language Commission member Matrika Pokharel, poet and critic Mahesh Paudyal, and senior journalist Sharad Pradhan.

During the event, Sahityapost editor-in-chief Ashwini Koirala introduced poet Bhoj Aryal, who is currently based in Canada, and reflected on his poetry from multiple perspectives.

In Seta Bhir, Yeta Pir, Aryal delves into the geographical, social, economic, and natural challenges faced by the Nepali people, capturing the struggles and sorrows of life. His poetry embodies his personal experiences, perceptions, and worldview.

Born in Gulmi, Nepal, Aryal currently resides in Regina, Canada. Besides his academic pursuits, he is passionate about writing and music composition.

The poetry collection has been published by Shabda Media Pvt. Ltd., the parent company of Sahityapost. It features 52 poems and is priced at NPR 350.


https://english.sahityapost.com


Monday, July 29, 2024

भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने


सिर्जना अभियान समाजको संयोजनमा भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने भएको छ । कार्यक्रममा सिर्जना वाचन, स्रष्टासित संवाद, कृति चर्चा तथा सिर्जनात्मक गतिविधिहरू प्रसार हुनेछन् । कार्यक्रम भादगाउँ टेलिभिजनले प्रत्येक शनिबार बेलुका सात बजे र नौ बजे पुनः प्रसार गर्नेछ ।

समाजका सचिव तथा साहित्यकार ध्रुव मधिकर्मीले नयाँ तथा स्थापित स्रष्टाहरूका सिर्जना वाचन, संवाद तथा कृतिचर्चा मार्फत् सिर्जनात्मक उर्जाका लागि कार्यक्रमको खाका बनाइएको बताए ।
टेलिभिजनका निर्देशक तुलसी प्रसादले कार्यक्रम प्रत्येक शनिबार बेलुका सात बजे र सोही दिन ९ बजे पुनः प्रसार हुने बताए ।
सिर्जना–विम्बको लागि पहिलो श्रृङ्खला च्वङ्गा गणेशस्थित नेवाः नःनी रेष्टुराँमा छायाङ्कन गरिएको थियो ।
कार्यक्रमको पहिलो श्रृङ्खलामा कविहरू उदय निरौला, नारायण तिवारी, मातृका पोखरेल, डा. शशी थापा, रविन्द्र आशिष शैली, शमशेरबहादुर न्हुच्छेप्रधान, इन्दिरा चापागाइँ, नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, मिमला शर्मा र कृष्ण दुमरुले कविता वाचन गरेका छन् ।

000