Wednesday, November 9, 2016

क्यान्टोनमेण्टमा सुहागरात - विमल आरोही


(क्रमशः) कस्तो अचम्म र विरोधाभास अनि लाचारी । ताली बज्यो गडडड, ‘वाहवाह !’ निस्कियो लगातार– हामी सम्बोधितहरूबाटैै । कमरेड सागरले जीवनसाथी विपनाको वियोगमा युद्धस्थलमै लेखेको करुण संस्मरण सुन्दासमेत हृदयमा पत्थर पोतिएका हामी चटके लेखकहरूका हृदयमा न त सानै पहिरो गयो न त आँखा रारा बने । बनेका एकाध लेदोमय कृत्रिम रानीपोखरीबाट पनि टिलपिल हुँदैै ह्यातुङ झरेन । हाम्रा आँखा त काठमाण्डूका प्राचीन ढुंगेधाराभैmँ ओभाना र उजाड पो बनेछन् त । संवेदनाको दियो फिउज गएछ । दिनानुदिन नाङ्गिदै गएको भित्री मधेसको जङ्गलजस्तो छाती उजाड र रापिलो बनेछ । हिँड्दाहिँड्दै, खाँदाखाँदै, सुत्दासुत्दै, पिउँदापिउँदै कविता फुर्ने भावुक र रुमानी कविहरूलाई समेत भिक्स अनिवार्य भएछ हिरोनीलाईभैmँ । काडमाडौँबाट गएका कवि मातृका पोखरेलले ज्वाला, रायन, विपीन, स्माइलका त्रासदी, छट्पटी, परिवर्तन र न्यायको पक्षमा रचिएका सिर्जनाको तारिफ गरे । दुई घण्टा लामो कवि गोष्ठी सकियो । प्रज्ञा प्रतिष्ठानमा पुरस्कृत हुने र साझामा छापिने नारा र भाषणजस्ता कविता होइन, साँच्चै कविताजस्ता रसिला कविता सुनेर कवि तुलसी दिवस, हरि अधिकारी, बेञ्जु शर्मा, रमेश क्षितिज, युवराज नयाँघरे गम्भीर बने ।
नौ बज्यो । वैशाखको न्यानो घाम रापिलो र क्रमशः उखरमाउलो बन्दो छ । वरिपरिका निर्दाेष अनुहारमा खोज्छु – केही वर्ष पहिलेको तिनको आक्रामक लडाकु औतार । पत्याउनै गारो हुन्छ, के यिनै होलान् त इस्पातका मान्छे जो ज्यानको बाजी थापी लडिरहे । होलेरीको अलौकिक मितेरी छोड्नै मन छैन । मन अमिलियो । वरिपरिका डाँडाकाँडा हेर्छु – घर पातलापातला कहीँकतै मात्र छन् । कुकुर एकनाश भुकिरेहछ । परिवर्तन, न्याय, समानता, विकासको सपना साकार पार्न यिनले केसम्म गरेनन् ? परिवारजन गुमाए, घरवास गुमाए, भर्रराउँदो यौवन गुमाए, कत्तिकत्ति अंग गुमाए, सबथोक गुमाउन तैयार भए । यी प्रत्येकका हृदयमा गरिबी र दमनको अग्लो जलजला अचल र अटल छ । २० वर्षकै लक्का जवानमा युद्धै लड्न सुरु गरेको भए पनि अहिले उमेरले चार अंक छुन आँटिसक्यो । युद्ध आरम्भ गर्दा जन्मेको सन्तानले पनि नेपाली नागरिकताको खोस्टो पाउनेबेला भइसक्यो । अब पनि कत्ति लडिरहने ? जोश, जाँगर, उत्साह र सपना छैन । बरु अब नागरिकको मतबाट पैलो भएर आपैm सरकारमा पुगेको बेला देशको मुहार उजिल्याउन खट्ने बेला भएको छ । पाँपाँच वर्षसम्म यिनीहरूले धैर्य र शालीनताको बिस्कुन फिँजिरहेछन् तैपनि सहरमा यिनलाई दिनदिनै भनिँदै छ, “……….।” बसले हर्न बजायो । आत्मीय र हार्दिक मितेरीलाई बिदाइ गर्दै लडाकुले हात हल्लाए । फोटो खिच्नमा व्यस्त मलाई एक जनाले सोधिन्, ‘ऋषि धमला आउनुभाछ र ?’ ‘नाइँ आउनुभाछैन’ जवाफपछि प्रश्न पनि तेस्र्याएँ, ‘किन र ?’ ‘नाइँ त्यत्तिकै के’ ओठमा दुर्लभ मुस्कान झिकेर उनले कन्नो (रोल्पामा पिठियुँ) फर्काइन् । सल्यानी र रोल्पालीको ‘नाइँ’ बाट बोल्न सुरु गर्ने शैली भने ठ्याक्कै मिल्यो । म पत्थरिलो र टर्रिलो मन लिएर बस चढँे । उचित समायोजन र शीघ्र अवसरको पर्खाइमा कष्टकर र ऐँस्याटलाग्दो दिन बिताइरहेका तिनीहरू दाब्रे हातको ह्याट बनाई पहाडको टुप्पाटुप्पाबाट स्वर्गद्वारी हान्ँिनदै गरेको बस हेरिरहेथे कुर्कुच्चा उचालीउचाली ।
‘आँखाभरि अटेसमटेस सपना छचल्क्याई पाँच वर्षदेखि सतर्क उभिएका सिपाहीहरू गोडाफाट भए भने ? शिविरभित्र एक्काइसौं शताब्दीको युगचेतना बोकेका जुझारु युवकयुवती छन् भन्ने हामी किन हेक्का राख्दैनौँ ? तिनलाई हजारौं –लाखौँ सपना देखाउने र देख्न प्रेरित गर्नेहरू आज किन भिजन र मिसनबिनाका फकिरझैँ दाइँ हालेको गोरुजस्तै उही स्थान र कृत्यमा रिङिरहन्छन् ? यिनले लडेको, भिडेको, हजारौँ मरेको, घरवारविहीन भएको यत्तिकै लागि हो त ? कठै बरै नि, हाम्रो ललाट !’ म यस्तैयस्तै त्रास र आक्रोशको धारबाट घिस्रिदैथेँ, जसै बस पहाडको माथिमाथिबाट डरमर्नु गोरेटो बाटो हुँँदै घिस्रिरहेथ्यो । कस्तो अचम्म ! स्वर्गद्वारीसम्मकै दुई घण्टा लामो बाटो पहाडको माथ्थिमाथ्थि थाप्लैथाप्लाबाट रहेछ । बाटामा पहाडभरि यत्रतत्र गुराँस फुलेथे, जसै तिनका सपना बुढ्यौलीले सेताम्य फुलेथे । बोटभरि काफल पाकेथे, जसै तिनका अनेकानेक घाउ खाटा लाग्नुको साटो झन्झन् पाक्दैथे ।
स्वर्गद्वारी आइपुग्यो । बस रोकियो । २० मिनेट जति उकालो चढ्नुपर्ने भयो । ओरालोमा भेटिए – सेतो लुङ्गी, खैरो कमिज पैरेका, मित्रराष्ट्रका प्रम डा. मनमोहन सिंहलेभैmँ गेरु वस्त्रको पगरी गुतेका, कापीकिताब च्यापेको दाइने हात यसो घुमाई छातीमा टाँसी ओरालोमा कुद्दै गरेका हुलका हुल एकलव्यहरू गुरु आश्रमतिर हान्निएका । कमरेडद्वय किरण र मोहनविक्रमको जिल्लामा माउ भाषा संस्कृतको चौरासी व्यञ्जन चाख्न भर्खर जुँघारेखी बसेका यी युवकहरू स्वतःस्पूmर्त द्रोणाचार्य धाइरहेछन् । राजधानीबाट कता हो कता, दूर एकलास र झन्नैझन्नै निर्जन उदास पहाडमा यी शान्त र सन्तुष्ट पंक्षी पौडिरहेछन् एकनास । सम्झन्छु महाकविलाई, ‘यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपयिर हलो जोत्दा हुन्, टिसियन (तभललथकयल) र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालीदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान् । मकहाँ सान्डोले
दाउरा बेच्न ल्याउँछन्, मेरो
वनमा हेलेनकेलरहरू गीत गाउँछन् ।’
अन्दाजी ६ हजार फिटको उचाइमा रहेको स्वर्गद्वारी माथ्थि डाडाँमा रैछ । आकाश हेर्न टाउको माथि तन्काउनै नपर्ने, तलतिरै घोप्ट्याए हुने । अग्निकुण्ड ११६ वर्षदेखि जीवितै रैछ । वरिपरिको दृश्य साँँच्चै मनमोहक– मादी फाँट त झन् । मन्दिरका हर्ताकर्ताहरूले आश्रममै पकाएको भोजन गरियो पिर्कामा बसी । भोजनमा सबभन्दा मज्जा त के भयो भने नि, पाँच सय जति गाई पालिएको स्वर्गद्वारीमा त्यहीँ तयार भएको घिउ दालको झोल पिएसरी थपी थपी पिइयो । काठमाडौँबाट गएका हामी खन्चुवाहरूले ओठेप्रशंसा गर्दै खायौँ थपीथपी ‘सित्तैमा पाए अलकत्रै…’ ।
कविशिरोमणिले ‘तरुणतपसी’ नव्यकाव्य रचेको बाँझको भव्य वृक्षमुनि कविता मेला भयो । प्रतियोगी कविबाहेक काठमाडौँ र विराटनगरबाट निम्त्याइएका कवि र स्थानीय कविको प्रस्तुति आजको पालो । स्वर्गद्वारी आश्रममा अध्ययनरत शिष्यहरूको ‘तरुणतपसी’को हाउभाउयुक्त सस्वर सामूहिक गायनबाट कार्यक्रम सुरु भयो । तुलसी दिवस, हरि अधिकारी, बेञ्जु शर्मा, सुलोचना मानन्धरदेखि भूपीन व्याकुल, रेखा सुवेदी, हेम भण्डारीसम्मका कविहरूले आफ्ना दमदार सिर्जनाद्वारा स्वर्गद्वारीका आकापाखा रन्काए । अगिल्लो दिन ‘रोबोट’ कविता वाचेका कमरेड क्षितिज मगरको ‘सानी’, हरि अधिकारीको ‘हरि अधिकारी कुनै नाम होइन’, भूपीन व्याुकलको ‘बेसारको खेती’ले निकै ताली र ‘वाहवाही’ पाए । हेम भण्डारीको ‘गजल’, रेखा सुवदीको ‘अक्षरको घोडा’, तुलसीहरि कोइरालाका मुक्तक, भीष्म उप्रेतीको ‘कवितामा पहाड’, मातृका पोखरेलको ‘म खोज्दैछु अर्काे अमलेखगञ्ज’, विन्दु सुवेदीको ‘देवकुमारी थापाको स्मृति’, गीता कार्कीको ‘मलाई नेता मन पर्दैन’, श्रीबाबु कार्कीको ‘आगोको आत्मकथा’, प्युठानका भावेश भुमरीको गीत, गीता पन्थको ‘सहर’ र इरान राईको ‘सानी नानीले÷जामा खोल्न मानिन÷ऐना अगाडि’ हाइकु हिट भए ।
राती नौ बजे बथान दाङ आइपुग्यो । आउँदा–आउँदै दाङको मुख्य आकर्षण थारू संस्कृति परख गर्न बगाल सौडियार गयो । थारू खानपिन र संस्कार सहभागी धेरैजसो पहाडे र पूर्वेलीहरूलाई साँच्चै अनौठो लाग्यो रे । घर मेरो सल्यान भए पनि स्कूले जीवन मावल दाङमै बितेकाले थारूसित परिचित नै थिएँ । मुसाको सेकुवा उहिल्यै खाइसकेको थिएँ ।
राष्ट्रिय कविता महोत्सव र घुमघामको तेस्रो अर्थात् अन्तिम दिन । बिहानै सल्यान जाने बाटोमा तुल्सीपुरमा रहेको शान्ति उद्यानको भ्रमण । महेन्द्रबाट भर्खरै नेपाल बनेको संस्कृत विश्वविद्यालयको माउ कार्यालय बेलझुण्डीको भ्रमण । रोल्पा जाने बाटोमा घोराही छेवैमा रहेको बाह्रकुने ताल अर्थात् बराह क्षेत्रमा दाङका कविहरूको प्रस्तुति र खानपिन । सुरुकै दिन भएको कविता प्रतियोगिताको घोराही नगरपालिका हलमा नजिता घोषणा तथा पुरस्कार वितरण । र, अन्त्यमा हरि अधिकारीका निहुँमा धेरैलाई मन पर्ने चषकसहितको रात्रिभोज । भोलिपल्ट फेरि छेत्री समाजले नै ‘राष्ट्रिय बिदा’ घोषणा गरेकाले हामी सबै राति नौ बजे घोराहीबाट काठमाडौँका लागि हान्नियौँ रातिराति ।
उचाल्दै उचाल्दै पहाडहरूले
पु¥याउनेछन् बादलको सहरमा
डो¥याउँदै डो¥याउँदै नदीहरूले
ओराल्नेछन् चौरचौरका सभामा
जहाँ गुच्चा खेलिरहेका हुनेछन्
सिमलका भुँवाहरू ।
नुवाकोटका राबतको ‘निमन्त्रणा’ शीर्षकको यो कविता पहिलो भयो । धादिङका हेम प्रभासको ‘नानीहरूलाई देश पढाउँदा’ दोस्रो भयो । खोटाङका अर्जुन ढकाल तृतीय र भोजपुरका रीता खत्री सान्त्वना भए । तुलसी दिवस, मञ्जुल र अविनाश श्रेष्ठको मूल्याङ्नमा साँच्चै तनाविला कवि र कविता पुरस्कृत भए । उनीहरूलाई क्रमशः २०, १५, १० र ५ हजारको थैली थमाइयो । ‘पर्यटनका लागि साहित्य’ नारामा दाङका स्थानीय विकास अधिकारी अनि सल्यानी मूलका मेरा गाउँले कवि रमेश क्षितिज, दाङमै बस्ने संस्कृतिविद् डा.गोविन्द आचार्य, साहित्यकार पुरुषोत्तम खनाल (जसले राप्ती साहित्य परिषद्लाई घोराही नगरपालिकामै रहेको जग्गा दान गरेछन्, साहित्य परिषद्को आफ्नै घर बन्दै रैछ) र लेखक टीकाराम उदासीले स्वर्ग नपु¥याए नि द्वारमा चाहिँ अवश्यै पु¥याए । (समाप्त)

aabimal@gmail.com

No comments:

Post a Comment