Wednesday, February 12, 2025

Poet Bhoj Aryal’s Debut Poetry Collection ‘Seta Bhir, Yeta Pir’ Released

 


Poet Bhoj Aryal’s first poetry collection, Seta Bhir, Yeta Pir, has been launched. The book was unveiled during a symposium on “Online Literary Magazine: Its Strengths and Limitations,” organized by Devkota-Lu Xun Academy on Tuesday.

The book was jointly released by Language Commission member Matrika Pokharel, poet and critic Mahesh Paudyal, and senior journalist Sharad Pradhan.

During the event, Sahityapost editor-in-chief Ashwini Koirala introduced poet Bhoj Aryal, who is currently based in Canada, and reflected on his poetry from multiple perspectives.

In Seta Bhir, Yeta Pir, Aryal delves into the geographical, social, economic, and natural challenges faced by the Nepali people, capturing the struggles and sorrows of life. His poetry embodies his personal experiences, perceptions, and worldview.

Born in Gulmi, Nepal, Aryal currently resides in Regina, Canada. Besides his academic pursuits, he is passionate about writing and music composition.

The poetry collection has been published by Shabda Media Pvt. Ltd., the parent company of Sahityapost. It features 52 poems and is priced at NPR 350.


https://english.sahityapost.com


Monday, July 29, 2024

भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने


सिर्जना अभियान समाजको संयोजनमा भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने भएको छ । कार्यक्रममा सिर्जना वाचन, स्रष्टासित संवाद, कृति चर्चा तथा सिर्जनात्मक गतिविधिहरू प्रसार हुनेछन् । कार्यक्रम भादगाउँ टेलिभिजनले प्रत्येक शनिबार बेलुका सात बजे र नौ बजे पुनः प्रसार गर्नेछ ।

समाजका सचिव तथा साहित्यकार ध्रुव मधिकर्मीले नयाँ तथा स्थापित स्रष्टाहरूका सिर्जना वाचन, संवाद तथा कृतिचर्चा मार्फत् सिर्जनात्मक उर्जाका लागि कार्यक्रमको खाका बनाइएको बताए ।
टेलिभिजनका निर्देशक तुलसी प्रसादले कार्यक्रम प्रत्येक शनिबार बेलुका सात बजे र सोही दिन ९ बजे पुनः प्रसार हुने बताए ।
सिर्जना–विम्बको लागि पहिलो श्रृङ्खला च्वङ्गा गणेशस्थित नेवाः नःनी रेष्टुराँमा छायाङ्कन गरिएको थियो ।
कार्यक्रमको पहिलो श्रृङ्खलामा कविहरू उदय निरौला, नारायण तिवारी, मातृका पोखरेल, डा. शशी थापा, रविन्द्र आशिष शैली, शमशेरबहादुर न्हुच्छेप्रधान, इन्दिरा चापागाइँ, नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, मिमला शर्मा र कृष्ण दुमरुले कविता वाचन गरेका छन् ।

000

















































Friday, May 27, 2022

कृष्ण सेन स्मृति दिवसका अवसरमा ४ पत्रकार पुरस्कृत

 


काठमाडौं, १३ जेठ २०७९ । 


पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ। सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यलाई पुरस्कृत गरेको छ। ५० हजार राशी रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको पुरस्कार प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले बताउनु भयो। गत कोभिड–१९ का कारण पुरस्कार स्थगित गरिएको थियो।

त्यसैगरी वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना
गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट संस्थापक सदस्य तथा निवर्तमान उपाध्यक्ष बलराम थापा र सेन्टरका निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ। थापालाई २०७८ र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो। शक्ति–तारा स्मृति पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको सेन्टरले जनाएको छ। पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेकोपुरस्कार छनोट समिति गठन गरेको थियो।

इच्छुकको २० औं स्मृति दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमाnशुक्रबार बिहान आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहमा पुरस्कृत पत्रकारहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले जनपक्षीय पत्रकारिता, प्रगतिवादी साँस्कृतिक आन्दोलनमा सेनले खेलेको भूमिका उच्च र रहेको बताउनु भयो। सेनको आदर्श, नैतिक बल र वर्गप्रतिको निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाउने भन्दै अध्यक्ष प्रचण्डले सेनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको बताउनु भयो।

सो अवसरमा प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिता र प्रगतिवादी साँस्कृतिक आन्दोलनमा रहेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो।

त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा सेनको योगदान र बलिदानका बारेमा बोल्नुभएको थियो।

जनसाँस्कृतिक महासंघ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको समारोहको सञ्चालन प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले गर्नुभएको थियो ।

www.hamrojanadesh.com बाट साभार 

मित्रताको आकाशमा रुमलिंदा - अरुण नदी खत्री






www.facebook.com