Wednesday, April 1, 2026

Dhanaman Katha Puraskar presented to Prajapati

The Rising Nepal


By A Staff Reporter,Kathmandu, Mar. 31: Short story writer Ratna Prajapati was honoured with the Dhanaman Katha Puraskar.

Matrika Pokharel, a member of the Language Commission and a noted story writer, presented the award to Prajapati in an event organised by the Laghukatha Samaj and the Srijana Abhiyan in Bhaktapur.

Pokharel stated that such recognition is both an honour for the writer and an evaluation of his creative works. "Prajapati’s stories give significant importance to local culture and emotions," Pokharel remarked.

Short story writer Dhruba Madhikarmi, introducing the awardee, noted that Prajapati’s stories effectively portray a sense of emotional depth, love and infatuation across various contexts.

Senior story writer Dhanaman Shrestha shared that he established the award out of his personal interest in story writing, with the aim of honouring creative writers.

Receiving the award, Prajapati expressed that the recognition has encouraged him to pursue writing short stories with greater responsibility.

Speaking at the event, Dr. Hariprasad Bhandari, a scholar with a PhD in Laghu Katha (micro stories) studies, extended congratulations and best wishes to the awardee.

Tulsi Hari Koirala, chair of the society, stated that such awards help honour both creators and their creations.

The award, established to encourage writers in the genres of short stories and micro-stories in Nepali literature, is presented annually, alternating between the two categories.

000

















Saturday, December 13, 2025

उपन्यासकार धर्मेस पोखरेलको उपन्यास 'भोगाइ' को परिचर्चा कार्यक्रम

वि. सं. २०८२ साल मंसिर २७ गते  शनिवार पद्मोदय विद्यालय, रामशाहपथ, पुतलीसडकमा उपन्यासकार धर्मेस पोखरेलद्वारा लिखित उपन्यास भोगाइको परिचर्चा कार्यक्रम सम्पन्न भयो । 

साहित्यकार, प्राज्ञ संस्कृतिकर्मीहरूको  बिचमा भएको परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार महेश्वर दाहालले भोगाइ उपन्यासमा नेपाली समाजमा जमेर बसेको कुरिति, कुसंस्कार,र भोगाइहरुको संगालो छताछुल्ल भएको र लेखक आफैले भोगेका सास्तीहरूलाई उनेर तयार पारिएको कथा रहेको छ भनेर टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा  वरिष्ठ साहित्यकार  मातृका पोखरेलले भोगाइ उपन्यासमा लेखक आफै जीवनमा पल-पल कसरी तडपिदै, पिडा सहँदै, फेरि पनि कसरी जिवन सुन्दर बनाउन, समाज सुन्दर बनाउन सकिन्छ भनेर गहिरो संघर्षमा झ्वाम्म हामफालेका छन् भन्नुहुदै उपन्यास मा प्राविधिक कमजोरीहरू रहे पनि विषयवस्तुका हिसावले उपन्यास सवल  रहेको धारणा राख्नुभयो ।  

वरिष्ठ संस्कृतिकर्मी डा. पुष्करराज  भट्टले आफूले उपन्यास नपढेको भए पनि भोगाइ शिर्षक रहेकोले पक्कै पनि जी वन र समाजका भोगाइहरू नै यसमा  उनिएको हुनुपर्छ भन्नुभयो।  साथै उहाँले  साहित्यकारहरूको संगठनलाई धेरै मजवुत बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा  राख्नुभयो । 

त्यसैगरी अर्का वक्ता जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले उपन्यासकार धर्मेस पोखरेल यस उपन्यास भित्र कतै रूनुहुन्छ त कतै  हास्नु हुन्छ भन्दै  जीवनको संघर्षमा होमिदै बिभिन्न खाले आन्दोलनमा समाहित हुदै दशवर्षे जनयुद्धसँग  जोडिन पुग्नुहुन्छ भन्नुहुँदै जीवनमा  आशावादी हुँदै अगाडि बढ्नुपर्छ  भन्ने सन्देश उपन्यासले दिएको छ भन्ने धारणा राख्नुभयो । 

अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उपन्यासमा प्रसस्त प्राविधिक कमजोरी भएको छ र त्यसलाई सच्याएको भए अझै उत्कृष्ट सिर्जना बन्न सक्थ्यो भन्दै उपन्यासकार लाई उपन्यास पस्किएकोमा बधाई दिनुभएको थियो । 

अर्का वक्ता साहित्यकार पुण्यप्रसाद  आचार्यले यस उपन्यासले सामाजिक जीवनको बारेमा नेपाली समाजमा रहेको होचोअर्घेलो, उथलपुथलको बारेमा गहिरो जानकारी दिएको छ भन्नु भयो ।

अन्त्यमा उपन्यासकार धर्मेस पोखरेलले बरिष्ठ साहित्यकार एवं प्राज्ञहरूले औल्याएका गल्ती कमजोरीहरुलाई हृदयङ्गम  गरी  अगाडि बढ्ने  प्रण गर्दै सबै साहित्य अनुरागी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रम अखिल नेपाल लेखक संघको व्यानरमा बातालाबाको  ३६ औं  श्रृंखला अन्तर्गत सम्पन्न भएको थियो । उक्त कार्यक्रम बातालाबाका  संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संचालन गर्नुभएको थियो  । 

000 

समाचार स्रोत : धर्मेश पोखरेल 















Tuesday, July 15, 2025

साहित्यिक पत्रकारहरू पुरस्कृत


वि. सं. २०८२ साल असार ३१ गते काठमाडौँमा भएका छुट्टाछुट्टै कार्यक्रममा चार साहित्यिक पत्रकार पुरस्कृत र सम्मानित भएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा सङ्घको १९ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय शशि पन्थी र रामप्रसाद साहलाई नगदसहित सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले विसं २०३० देखि साहित्यिक पत्रकारितामा क्रियाशील पत्रकारद्वय पन्थी र साहलाई नगद, सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रिका चलाउन साहित्यिक पत्रकारको साहस र मेहनतको आवश्यकता पर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली, बियोगी बुढाथोकी, गणेश वाम्बुले राईलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले सोही दिन वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गर्दै प्रविधिको छरितो विकासले छापा माध्यम छायामा परिरहेको समयमा पनि निरन्तर मेहनत र लगनका साथ साहित्यिक पत्रकारिता गर्ने पत्रकारको कदर गर्न प्रतिष्ठानले गत वर्षदेखि साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न सुरु गरेको बताउनुभयो । नेपाली भाषा र डोटेली भाषाको साहित्यिक पत्रिकाका सम्पादकद्वय दुवाल र चन्दलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान परिवारलाई खुसी लागेको बताउँदै कुलपति राईले यसबाट साहित्यिक पत्रकारको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली र नरेन्द्र बहादुर श्रेष्ठ अतिथि हुनुहुन्थ्यो ।

000 



















Wednesday, February 12, 2025

Poet Bhoj Aryal’s Debut Poetry Collection ‘Seta Bhir, Yeta Pir’ Released

 


Poet Bhoj Aryal’s first poetry collection, Seta Bhir, Yeta Pir, has been launched. The book was unveiled during a symposium on “Online Literary Magazine: Its Strengths and Limitations,” organized by Devkota-Lu Xun Academy on Tuesday.

The book was jointly released by Language Commission member Matrika Pokharel, poet and critic Mahesh Paudyal, and senior journalist Sharad Pradhan.

During the event, Sahityapost editor-in-chief Ashwini Koirala introduced poet Bhoj Aryal, who is currently based in Canada, and reflected on his poetry from multiple perspectives.

In Seta Bhir, Yeta Pir, Aryal delves into the geographical, social, economic, and natural challenges faced by the Nepali people, capturing the struggles and sorrows of life. His poetry embodies his personal experiences, perceptions, and worldview.

Born in Gulmi, Nepal, Aryal currently resides in Regina, Canada. Besides his academic pursuits, he is passionate about writing and music composition.

The poetry collection has been published by Shabda Media Pvt. Ltd., the parent company of Sahityapost. It features 52 poems and is priced at NPR 350.


https://english.sahityapost.com


Monday, July 29, 2024

भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने


सिर्जना अभियान समाजको संयोजनमा भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने भएको छ । कार्यक्रममा सिर्जना वाचन, स्रष्टासित संवाद, कृति चर्चा तथा सिर्जनात्मक गतिविधिहरू प्रसार हुनेछन् । कार्यक्रम भादगाउँ टेलिभिजनले प्रत्येक शनिबार बेलुका सात बजे र नौ बजे पुनः प्रसार गर्नेछ ।

समाजका सचिव तथा साहित्यकार ध्रुव मधिकर्मीले नयाँ तथा स्थापित स्रष्टाहरूका सिर्जना वाचन, संवाद तथा कृतिचर्चा मार्फत् सिर्जनात्मक उर्जाका लागि कार्यक्रमको खाका बनाइएको बताए ।
टेलिभिजनका निर्देशक तुलसी प्रसादले कार्यक्रम प्रत्येक शनिबार बेलुका सात बजे र सोही दिन ९ बजे पुनः प्रसार हुने बताए ।
सिर्जना–विम्बको लागि पहिलो श्रृङ्खला च्वङ्गा गणेशस्थित नेवाः नःनी रेष्टुराँमा छायाङ्कन गरिएको थियो ।
कार्यक्रमको पहिलो श्रृङ्खलामा कविहरू उदय निरौला, नारायण तिवारी, मातृका पोखरेल, डा. शशी थापा, रविन्द्र आशिष शैली, शमशेरबहादुर न्हुच्छेप्रधान, इन्दिरा चापागाइँ, नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, मिमला शर्मा र कृष्ण दुमरुले कविता वाचन गरेका छन् ।

000