Tuesday, April 26, 2016

प्रलेसको दसौं राष्ट्रिय सम्मेलन ================

विभिन्न संचारमाध्यमहरुमा प्रलेसको दसौं राष्ट्रिय सम्मेलन================

रूपायन त्रैमासिक , वर्ष-६, अङ्क -१, पूर्णाङ्क - २१ , वैशाख - असार २०७३ 

===================================



प्रलेसको नयाँ कार्यसमिती सर्वसम्मत चयन , अध्यक्षमा पोखरेल 

काठमाण्डौं, २८ चैत । प्रगतिशील लेखक संघको गएराति सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य कार्यसमितीका साथै ७० जनाको राष्ट्रिय परिषद् सदस्य पनि चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले जानकारी दिनुभयो ।


http://thahasanchar.com बाट साभार 
=============================

प्रगतिशील लेखकको संघको अध्यक्षमा पोखरेल

२९ चैत २०७२ , काठमाडौं । प्रगतिशील लेखकहरुको साझा संगठन प्रगतिशील लेखक सङ्घको नयाँ नेतृत्व चयन भएको छ । आइतबार राति सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनले सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको हो ।
Matrika Pokhrel
संघको केन्द्रीय नेतृत्वमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य रहेका छन् । यसैअन्तर्गत २३ जना सचिवालय सदस्य छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् सदस्य पनि चयन गरेको छ ।
संघको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएका छन् ।
महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यहरुमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन चयन भएका छन् ।
http://nepaldesh.com बाट साभार 
===============================

प्रलेसले गर्यो नयाँ नेतृत्व चयन




prles


काठमाडौँ ।

२०७२ चैत  २८ 



वामपन्थी लेखकहरूको छाता सङ्गठन प्रगतिशील लेखक सङ्घ (प्रलेस) को दसौँ राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।


मातृका पोखरेलको अध्यक्षतामा गठित १३९ सदस्यीय कार्य समितिका वरिष्ठ उपाध्यक्षमा राज बहादुर कुँवर, महिला उपाध्यक्षमा विन्दु शर्मा, उपाध्यक्षहरूमा डा. कृष्णराज अधिकारी, खेम थपलिया, राम प्रकाश पुरी, रोशन जनकपुरी, मिश्र वैजयन्ती, पदम प्रकाश शर्मा, पुष्करराज भट्ट छानिए ।

यस्तै महासचिवमा आर.एम. डङ्गोल, वरिष्ठ सचिवमा पुन्य गौतम ‘विश्वास’, सचिवहरूमा सरिता तिवारी, शोभा दुलाल, होम शङ्कर बास्तोला, प्रकाश सिलवाल, कोषाध्यक्षमा विजय राना आचार्य चुनिए ।

प्रलेसको केन्द्रीय समिति सदस्यहरूमा नारायण परिश्रमी, गोपीरमण उपाध्याय, वैद्यनाथ ठाकुर, अशोक कुँवर ‘नेत्र’, जनक रसिक, डा. घनश्याम परिश्रमी, प्रमोद धिताल, प्रकाश चापागाईँ, कृष्णहरि भट्ट, रचना शर्मा, राजु स्याङ्तान, केवन विनखी, आरोह नेपाल, लम्जेन सङ्घर्षशील, प्रदीप जैसी, हरिलाल महतरा, चेतनाथ धमला, मनु विक, नारायण शर्मा, प्रकाश थापा मगर, समीर सिंह, साधुराम नेपाल, लक्ष्मीराम आचार्य, विनोद विक्रम केसी, रामचन्द्र नेपाल, श्याम साह, दीपक सापकोटा, माधव घिमिरे अटल, अनिल श्रेष्ठ, परशुराम कोइराला, मोदनाथ मरहट्ठा, यज्ञ बहादुर डाँगी लगाायत छन् ।

चैत २६ र २७ गरी दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्मेलनले ६९ सदस्यीय केन्द्रीय समिति र ७० सदस्यीय केन्द्रीय पार्षद् पनि चयन गरेको छ । 

http://onlinedabali.com बाट साभार 

======================================

प्रलेस अध्यक्षमा पोखरेल, प्रदेश ४ मा अधिकारी





पोखरा, २८ चैत। प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य) छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरूमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गरे।

उपाध्यक्ष प्रदेश नं ४
उपाध्यक्ष प्रदेश नं ४
महासचिवमा आरएम डङ्गोल, सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन भए।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए।
नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीनवर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष पोखरेल र प्रदेश नं ४ का उपाध्यक्ष डा. कृष्णराज अधिकारी सुनाखरी साहित्यिक पत्रिकाका सल्लाहकारसमेत हुन्। सुनाखरी दुवैलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछ।

सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी र कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो। सम्मेलनमा तीन सय ५० प्रतिनिधि थिए।
सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। विसं २००९ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा हो।

http://sunakhari.com बाट साभार 

================================
प्रगतिशील लेखक सङ्घमा पोखरेल

काठमाडौँ–
चैत २८, २०७२ 
गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य), छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गरे।



महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन भएका छन् ।



बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए। नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए ।
सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ । रासस
http://www.ratopati.com बाट साभार 


====================================

प्रगतिशील लेखक सङ्घमा नयाँ नेतृत्व









काठमाडौँ, २८ चैत । गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
http://www.timesofkathmandu.com  बाट साभार 


===========================
प्रगतिशील लेखक सङ्घको अध्यक्षमा पोखरेल

काठमाडौँ, २८ चैत–गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।


समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य २३ सचिवालय सदस्य, छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गर्नुभयो ।



महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित हुनुभएको छ भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन हुनुभएको छ ।



बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो । नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए । 



सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ ।

Mankajee Suwalको तस्वीर।

======================================

अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल

प्रगतिशील लेखक सङ्घमा युवा नेतृत्व

काठमाडौं । प्रगतिशील लेखक सङ्घको दशौं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा चैत २६ र २७ मा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रलेस अध्यक्ष मातृका पोखरेल
प्रलेस अध्यक्ष मातृका पोखरेल
साहित्यकार पोखरेल प्रगतिशील लेखक सङ्घको केन्द्रमा तीन दशकदेखि निरन्तर क्रियाशील छन् । उनी यसअघि सङ्घको राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सदस्य, कोषाध्यक्ष, सचिव र उपाध्यक्ष रहिसकेका व्यक्तित्व हुन् । पोखरेलका ‘सेतो दरबारको छेउबाट’ (२०५७), ‘यात्राको एउटा दृश्य’ (२०६०), ‘अनुहारहरु’ (२०६४) गरी तीन कवितासङ्ग्रह र ‘सन्त्रस्त आँखाहरु’ (२०६१) एवम् ‘घाम झुल्किनुअघि’ (२०६७) दुई कथासङ्ग्रह प्रकाशित छन् ।
२०२३ सालमा ठानागाउँ, उदयपुरमा जन्मेका पोखरेल नेपाल साहित्यिक पत्रकार सङ्घ, पारिजात स्मृति केन्द्र, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान लगायतका संस्थासँग पनि आबद्ध छन् । लामो समयसम्म प्रगतिशील साहित्यिक पत्रिका ‘वेदना’को सम्पादन गरेका पोखरेल एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक समेत हुन् ।
काठमाडौं, कमलादीमा सम्पन्न सम्मेलनले अध्यक्ष पोखरेलको नेतृत्वमा ६९ सदस्यीय केन्द्रीय समिति र ७० सदस्यीय राष्ट्रिय परिषद् सदस्य पनि सर्वसम्मत निर्वाचित गरेको छ । सङ्घको पदाधिकारी र केन्द्रीय समितिमा बहुसंख्यक युवा प्रगतिशील साहित्यकारहरु निर्वाचित भएका छन् ।
युवा कवि आरएम डंगोल महासचिवमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्षमा युवा कवि राजबहादुर कुँवर चयन भएका छन् । अन्य उपाध्यक्षहरुमा रोशन जनकपुरी, डा. कृष्णराज अधिकारी, मिश्र वैजयन्ती, डा. विन्दु शर्मा, खेम थपलिया, रामप्रकाश पुरी, पद्मप्रसाद शर्मा र पुष्करराज भट्ट चुनिएका छन् ।
युवा कविहरु सरिता तिवारी, शोभा दुलाल, प्रकाश सिलवाल र होमशंकर बाँस्तोला सचिवमा निर्वाचित भएका छन् । कवि पुन्य गौतम विश्वास वरिष्ठ सचिव चुनिएका छन् भने विजयराज आचार्य कोषाध्यक्षमा चयन भएका छन् ।
नवनिर्वाचित केन्द्रीय समितिमा पनि युवा साहित्यकारहरुको बलियो उपस्थिति देखिएको छ । केन्द्रीय समितिमा निमेष निखिल, विनोदविक्रम केसी, स्वप्निल स्मृति, दीपक सापकोटा, प्रमोद धिताल, श्याम शाह, राजु स्याङ्तान, आरसी न्यौपाने, केबल बिनाबी, सङ्गीत श्रोता लगायतका नयाँ पिंढीका कवि\लेखकहरु निर्वाचित भएका छन् ।
त्यसैगरी राष्ट्रिय परिषद्मा शकुन्तला जोशी, गुरुङ सुशान्त, कल्पना चिलुवाल, गणेशकुमार राई, शैलज पौडेल, रमण पौडेल, भावना पाठक, आस्था केसी लगायतका युवाकविहरु चुनिएका हुन् । सम्मेलनमा देशभरिका ४५० लेखक प्रतिनिधिहरु सहभागी थिए ।
खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला
२००९ सालमा साहित्यकार श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित प्रगतिशील लेखक सङ्घ नेपालका प्रगतिशील लेखकहरुको साझा संस्था हो । २०१७ सालको राजा महेन्द्रको निरंकुश कदमपछि निष्क्रिय रहेको र २०३६ सालको भेलाबाट पुनःजीवित गरिएको यस संस्थाले २०४४ सालमा प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो ।
सङ्घमा यसअघि साहित्यकार श्यामप्रसाद, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, निनु चापागाईं, घनश्याम ढकाल र अमर गिरीले नेतृत्व गरिसकेका छन् । वरिष्ठ लेखक खगेन्द्र संग्रौला सचिव र महासचिव रहिसकेको यस संस्थामा प्रगतिवादी कवि विमल निभाले उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । लेखक संग्रौला र कवि निभालाई प्रलेसले यस पटकको सम्मेलनमा सम्मान समेत गरेको थियो ।
उनीहरुसँगै कविता पौडेल, राम विनय, कृष्णदास श्रेष्ठ, वेणु आचार्य र झपेन्द्र वैद्यलाई पनि प्रलेसले दशौं सम्मेलनको अवसरमा सम्मान गरेको थियो ।
http://emulyankan.com बाट साभार 


========================================




शब्दपथको तस्वीर।



प्रगतिशील लेखक संघको दसौं राष्ट्रिय सम्मेलनलेप्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । शनिबार ६९ सदस्यीय समिति सर्वसम्मत भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा. विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरूमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा. कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएका छन्। महासचिवमा आरएम डंगोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशंकर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य छानिएका छन्। सचिवालय सदस्यमा भने संगीत श्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्तान, लक्षिराम आचार्य, भागवत आचार्य रआरसी न्यौपाने छानिए। निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइ“टेलले नया“ कार्यसमिति घोषणा गरेका थिए। कार्यसमितिलाई अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष तथा प्राज्ञ डा. अमर गिरीले शुभकामना दिए। नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। सम्मेलनको उद्घाटन शुक्रबारप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। 


[ श्रोत : कास, कान्तिपुर ]

=========================

प्रगतिशील लेखक सङ्घमा नयाँ नेतृत्व

काठमाडौँ, चैत २८ गते । गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य), छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गर्नुभयो ।
महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित हुनुभएको छ भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन हुनुभएको छ ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो । नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए ।
सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ । रासस

http://gorkhapatraonline.com बाट साभार 

===============================================




===============================================

प्रलेसको १०औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा मातृका पोखरेल
जनपाटी संवाददाताकाठमाडौं, २८ चैत्र २०७२ :

12963516_1076128009097429_7204979932135176634_n


प्रगतिशील लेखक सङ्घको १० औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय समिति र केन्द्रीय परिषद्को गठन गर्दै सम्पन्न उक्त सम्मेलनले मातृका पोखरेललाई अध्यक्षमा चयन गरेको छ ।

यो सम्मेलनमा एकीकृत जनक्रान्ति पक्षधर लेखक तथा साहित्यकारहरूले आफ्नो सशक्त उपस्थिति देखाएका छन् । स्रोतका अनुसार प्रगतिशील लेखक सङ्घको १० औं राष्ट्रिय सम्मेलनमा विप्लव माओवादी निकट साहित्यकारहरूले विभिन्न पहलकदमी लिएका थिए ।
१. जनवादी क्रान्तिको कार्यदिशा नै नेपालको जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो । यो एकीकृत जनक्रान्तिकाे अन्तर्वस्तुमा आधारित छ ।

२. प्रगतिशील लेखक सङ्घ सत्ताको तावेदारी होइन, खबरदारी गर्ने सङ्गठन हो । संसद्वाद प्रलेसको आदर्श हुन सक्तैन ।

३. प्रगतिशील लेखक सङ्घको वैज्ञानिक पुनर्संचरनाको आवश्यकता छ । अहिलेको ७ प्रादेशिक संरचना अवैज्ञानिक र जनविरोधी छ ।

४. प्रगतिशील लेखक सङ्घ सामान्तवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी संयुक्त मोर्चा हो । मूलतः यो माक्र्सवादी मोर्चा हो । प्रलेस द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित लेखकीय मोर्चा हो ।

५. आमूल परिवर्तनको पक्षमा प्रगतिशील लेखक सङ्घ निरन्तर उभिन आवश्यक छ । यो एक्स्पायर्ड र रिटायर्डहरूको डम्पिङसाइड होइन । युवाहरूलाई कम नआँक ।

आगामी ३ वर्षका लागि यो सम्मेलन भएको हो । सम्मेलन काठमाडौंमा चैत २६ र २७ गते भएको थियो ।

http://janapati.com बाट साभार 








=============================================

प्रगतिशील लेखक सङ्घमा पोखरेल
२०७२ चैत २८


काठमाडौँ–गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य), छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गरे।
महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन भएका छन् ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए। नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए ।
सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ । रासस
http://www.ratopati.com बाट साभार 
==========================================

प्रगतिशील लेखक सङ्घमा नयाँ नेतृत्व


काठमाडौँ, २८ चैत । गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
=================================================

No comments:

Post a Comment