Tuesday, April 26, 2016

खगेन्द्रा खुसीद्वारा लिखित" आमाको डायरी " कथा सङ्ग्रह विमोचन

साहित्यकार खगेन्द्रा खुसीद्वारा लिखित पहिलो कृति “आमाको डायरी” कथा संग्रह यही २०७३ साल बैशाख ७ गते मंगलवार चन्द्रगढीमा विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा प्रगतिशिल लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले विमोचन गरेको कथा संग्रहको कवि तथा समालोचक गण्डकी पुत्र, उद्धव विष्ट, पुण्य प्रसाद खरेल र कथाकार समालोचक भवानी क्षेत्रीले समीक्षा गरेका थिए ।
कृति वारे समीक्षा गर्दै गण्डकी पुत्रले नारीवादी आवाज भित्र समेटिएको कथा संग्रह नेपाली कथा साहित्य जगतमा एउटा इटा भएको धारणा राखे ।
यसैगरी समालोचना गर्दै भवानी क्षेत्रीले नवोदित कथाकार भए पनि खगेन्द्राको लेखन बलियो रहेको भन्दै बास्तविक आमाको डायरी जस्तै कथा संग्रह रहेको बताइन् । पुण्य प्रसाद खरेलले कथाकार कथामा नयापन देखिँदैन, निखारिएका कथा छन् भने भने, उद्धव विष्टले कथाकारका केही कथाले कक्षा ११/१२ मा पढ्ने विद्यार्थीले पढ्नै पर्ने, र नारी वादी कथाहरूमा उत्कृष्ट संग्रह रहेके वताए ।
चूडामणि रेग्मीके सुत्राधारबाट सुरू भएके कार्यक्रममा कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भणडारी, डा. भिम खतिवडा, प्राज्ञ यज्ञ राज प्रसाइँ, वनिताकी सम्पादक लक्ष्मी उप्रेती लगायतले मन्तव्य राख्नु भएके थिये । कृष्ण सुवेदी निराकारले सन्चालन गर्नु भएके कार्यक्रममा अरति पेख्रेलले स्वागत गर्नु भएके थिये भने लता खरेलले कथाकारके व्याक्तित्व चर्चा गर्नु भएको थियो।
लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानबाट आएका कवि, गजलकार तथा कवयत्रीहरुले आआफ्ना रचना समेत वाचन गरेका थिए ।














No comments:

Post a Comment