Sunday, July 24, 2016

सिन्धुलीमा लघुकथा गोष्ठी

२०७३ साल असार २७ गते सिन्धुलीको सिन्धुलीमाढीस्थित जर्बुट्टा सङ्ग्रहालयमा नेपाल प्रज्ञा - प्रतिष्ठान र स्थानीय साहित्यिक संस्थाहरुको सहकार्यमा लघुकथा गोष्ठी सम्पन्न भयो।  नेपाल प्रज्ञा - प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमूख अतिथी  र वरिष्ठ कथाकार डा. राजेन्द्र विमल र नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको विशिष्ठ अतिथी  रहनु भएको उक्त कार्यक्रमको सभापतित्व उज्ज्वल सिन्धुलीय 'भाइदाजु ' ले गर्नुभएको थियो । कार्यक्रममा प्रकाश परिष्कार , प्रोल्लास सिन्धुलीय , सरोज ढकाल , उज्ज्वल सिन्धुलीय 'भाइदाजु' , नन्दलाल श्रेष्ठ 'भावुक' , विश्वनाथ बराल , अन्जुल , सन्तोष थापा , अविनाश थापा र मैयाँ लामिछानेले लघुकथा बाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै  नेपाल प्रज्ञा - प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले स्थानीय साहित्यिक सङ्घसंस्थाहरुको कारण नेपाली साहित्य गाउँगाउँमा पुग्न सफल रहेको धारणा राख्नुभयो । उक्त कार्यक्रमको संचालन तोयाराज घिमिरेले गर्नुभएको थियो ।



 

 
 


 
 

 

 
   
 
 
   
 

 
 
 

 


   
 
 
 








No comments:

Post a Comment