Thursday, September 29, 2016

सुनिए सात देशका ३४ कवि


काठमाडौं, असोज १२ , २०७३ print




भाषा भन्दा पनि बढी कविता ध्वनि हो, र त्यो ध्वनि वैश्विक हुन्छ भन्ने मान्यतालाई चरीतार्थ पार्दै म्यानमार, भुटान, थाइल्याण्ड, भारत, बङ्गलादेश, जर्मनी र नेपालका ३४ कविहरूले आआफ्नै भाषाका कविता सुनाए। नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार जरा फाउण्डेशन नेपालले आयोजना गरेको तीनदिने सिर्जना उत्सव ‘क्रिएटिभ ब्रिज’ को अन्तिम दिन सो कविता उत्सवको आयोजना गरिएको हो।
उत्सवमा वाचित कविताहरूको अङ्ग्रेजी अनुवादको सङ्ग्रह ‘क्रिएटिभ ब्रिज’ लाई प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपाध्ययले लोकार्पण गरे।  कृतिलाई राजकुमार बरालले अनुवाद तथा महेश पौड्यालले सम्पादन गरेका हुन्।
यसै कार्यक्रममा कवि कृष्ण प्रसाईंका जेन कविता ‘घामको वर्षा’ को बर्मेली अनुवाद पनि नेपालका लागि म्यान्मारका राजदूत लुइन ऊले विमोचन गरे।
कार्यक्रममा कविता प्रस्तुत गर्ने कविहरूमा भारतबाट डा. भीखी प्रसाद र मनप्रसाद सुब्बा, जर्मनीबाट किम जे. बाडेन, बंगलादेशबाट शेली सेन पुप्ता, म्यान्मारबाट मसि सी, भूटानबाट तुम्बेहाङ् लिम्बु, थाइल्याण्डबाट चेन सोङ्सोम्फान, नाइ तिवा, चुलारात इस्राङ्कुल र चुएन्कमोन श्रीसोम्पोच तथा नेपालको तर्फबाट गोपाल पराजुली, अशेष मल्ल, महेश प्रसाईं, विवश पोखरेल, दिनेश अधिकारी, मातृका पोखरेल, विप्लव ढकाल, मोमिला, श्रवण मुकारुङ, श्वेता दीप्ति, रामगोपाल आशुतोष, छविरमण सिलवाल, असीम सागर, सन्ध्या पहाडी, हेमन्त विवश, उमेश अकिन्चन, केशव सिग्देल, केवल विनावी, हेम प्रभास, देवकी अधिलाशी, सुनिता खनाल र सुदेश सत्यालले कविता वाचन गरेका थिए।

http://kala.setopati.com बाट साभार 

No comments:

Post a Comment