Tuesday, December 20, 2016

नरेन्द्रराज प्रसाईद्वारा पुरस्कारको नाममा कालो धन्दा, प्रगतिशील लेखक सङ्घको कडा आपत्ति

मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्वीकार गर्न अपिल


काठमाडाैं/नेपाली जनताको लामो त्याग र बलिदानको परिणामस्वरूप मुलुकमा गणतन्त्रको स्थापना भएको हो । गणतान्त्रिक चेतना र संस्कृति निर्माणमा साहित्य, कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहने कुरामा इतिहास साक्षी छ । मरणासन्न सामन्तवादलाई जोगाउन केही साहित्यिक संघ–संस्था र व्यक्तिहरूले खेलेको भूमिकाबारे पनि हामी जानकार छौँ ।
अहिले पनि त्यस्ता संस्था र व्यक्तिहरू मरिसकेको राजतन्त्र ब्युँताउने र सामन्तवादी सत्ता संस्कृतिलाई टेको दिने कुत्सित सपना देखिरहेकै छन् । यस्तो अवस्थामा मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रगामी परिवर्तनको महान् अभियानमा संलग्न प्रगतिशील लेखक सङ्घजस्ता संघ–संस्था र प्रतिबद्ध स्रष्टाहरूले यस्ता गतिविधिप्रति सचेत र सावधान हुनु उत्तिकै आवश्यक छ भन्दै प्रगतिशील लेखक सङ्घले अविल गरेको छ । अध्यक्ष मातृका पोखरेल एवम् महासचिव आरएम डङ्गोलद्वरा हस्ताक्षरित वक्तव्यमा भनिएको छ –
‘यसै सन्दर्भमा गत मङ्सिर ५, २०७३ (वर्ष १७, अङ्क १४) को नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘पदक–पुरस्कार पसल’ शीर्षकको समाचारमूलक आलेख र त्यसै लेखमा प्रस्तुत नरेन्द्रराज प्रसाईंको अन्तर्वार्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । केही वर्षयता मुलुकमा ख्याति प्राप्त अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले विभिन्न पुरस्कार, पदक र सम्मान प्रदान गर्दै आइरहेकोमा त्यसको चयन विधि, औचित्य र प्रयोजनप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौँ ।
यी पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ ।  ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, समानित व्यक्तित्वकै प्रतिष्ठामा आँच पुरयाइनु दुःखद कुरा हो ।
यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्याङ्कन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो । साहित्यिक वृत्तमा मूल्यहीनताको विकास हुँदै गएको कुराको टड्कारो उदाहरणको रूपमा यसलाई लिन सकिन्छ  ।
प्रगतिशील लेखक सङ्घ, नेपाल, मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्विकार गर्न हार्दिक अपिल गर्दछ ।’

http://www.janapati.com बाट साभार

=========================================

पुरस्कारका नाममा विकृति रोक्न माग 

काठमाडौँ, ५ पुस २०७३ । 
प्रगतिशील लेखक सङ्घले साहित्यिक क्षेत्रमा पुरस्कार र सम्मानका नाममा हुने विकृति र राज्यको दुरुपयोग अन्त्य हुनुपर्ने जनाएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले आज जारी गर्नुभएको विज्ञप्तिमा गणतान्त्रिक मूल्य र मान्यता विपरीत साहित्यिक पदक र पुरस्कारलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएको तथा चयन विधि, औचित्य र प्रयोजनको सङ्गति नमिलाइएको भन्दै आपत्ति जनाएको हो ।
नई प्रकाशन लगायतका संस्थाले पुरस्कार र सम्मानका नाममा विकृति निम्त्याएको र सरकारले पनि त्यस्तै संस्थालाई सहयोग गरेर प्रोत्साहन गरेको सङ्घले आरोप लगाएकोे छ । 

रासस
2016-12-20 21:13


======================================


पुरस्कारका नाममा विकृति रोक्न माग

काठमाडौँ, ५ पुस - प्रगतिशील लेखक सङ्घले साहित्यिक क्षेत्रमा पुरस्कार र सम्मानका नाममा हुने विकृति र राज्यको दुरुपयोग अन्त्य हुनुपर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले आज जारी गर्नुभएको विज्ञप्तिमा गणतान्त्रिक मूल्य र मान्यता विपरीत साहित्यिक पदक र पुरस्कारलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएको तथा चयन विधि, औचित्य र प्रयोजनको सङ्गति नमिलाइएको भन्दै आपत्ति जनाएको हो ।

नई प्रकाशन लगायतका संस्थाले पुरस्कार र सम्मानका नाममा विकृति निम्त्याएको र सरकारले पनि त्यस्तै संस्थालाई सहयोग गरेर प्रोत्साहन गरेको सङ्घले आरोप लगाएकोे छ । 

रासस
मंगलवार, पौष ५, २०७३ मा प्रकाशितhttp://lokaantar.com बाट

========================================

प्रगतिशील लेखक सङ्घको प्रेस वक्तव्य



No comments:

Post a Comment