Friday, January 27, 2017

'प्रलेस परिसम्बाद कार्यक्रम' शृङ्खला - २ सम्पन्न ।


यही २०७३ साल माघ ७ गते शुक्रबार प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा ' प्रलेस परिसम्बाद कार्यक्रम' को दोस्रो शृङ्खला सम्पन्न भयो । यस शृङ्खलामा " साहित्यकार हृदयचन्द्र सिंह प्रधानको प्रगतिशील साहित्यमा योगदान " विषयमा छलफल गरियो । यसपटकको अतिथि वक्ता कवि श्यामलले बिबिध कोणबाट हृदयचन्द्र सिंह प्रधानको योगदानका बारेमा धारणा राख्नुभयो । प्रलेसका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रलेसका महासचिव आर. एम. डङ्गोलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त छलफलमा डा. बिन्दु शर्मा , प्रकाश शिलवाल , साधुराम नेपाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण ' प्रलेस परिसम्बाद कार्यक्रम' का संयोजक पुष्करराज भट्टले गर्नुभएको थियो ।












============================================


                  

२०७३ साल माघ ७ गते शुक्रबार प्रलेस परिसम्बाद कार्यक्रम' को दोस्रो शृङ्खला अन्तर्गत 
"साहित्यकार हृदयचन्द्र सिंह प्रधानको प्रगतिशील साहित्यमा योगदान " विषयक छलफल कार्यक्रम ।

No comments:

Post a Comment