कोकिला ढकाल
सहरबाट बाबासँगै आयो ठूलोे झोला
हेरौँ हेरौँ लाग्यो मलाई भित्र के छ होला
दिदी आई झोला खेलिन् कालो रातो रङ
लुगैलुगा देखेपछि हामी भयौँ दङ्ग
कति जाती हाम्रो बुबा कति जाती मान्छे
आमा आई बन्नुभयो कोसेलीको भान्से
ज्याकेट स्वीटर जुत्ता मोजा आहा कति दामी
रमाउँदै रमाउँदै लाउन थाल्यौँ हामी
उमेरले ५० काटेको अनुमान हुन्छ । काठमाडौँबाट अन्तुडाँडा आइपुगेका कवि अनिल पौड्याल ससाना भाइबहिनीलाई वरिपरि राखेर कविता सुनाउँदै थिए । फागुनको अन्तिम साता भइसक्दा पनि चिसो मौसमले सताइरहेको अन्तुको आकाशमा आइतबार पनि कालो बादल मडारिन थालिसकेको छ ।
बिहान खुलेको आकाशसँगै सूर्यका किरणहरु पोखिँदै गर्दा अन्तु पोखरीको सुन्दरतामा रहमाएका कवि पौड्यालले बिहानको उदाउँदो सूर्यसँगै एक चरणको कविता अन्तु डाँडाबाटै पस्किसकेका थिए । दोस्रो चरणमा पनि बालबालिकालाई साहित्यप्रति चाख जगाउन उनी थप उत्साहित थिए ।
नयाँ लुगा लगाउँदा बेहुली जस्तै भएँ
देखाउँ देखाउँ लाग्यो मलाई तल्ला घर गएँ
कोठाभित्र ठाँडिएर सबै नाच्न थाले
पढ्छौ के त यस्तो चाल्लले भन्नुभयो बाले
हुन्छ बाबा राम्रोसँग पढ्छु भनेँ मैले
कहिले आउँछ ठूलो जाँच जस्तै लाग्छ अहिले ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो हिरक जयन्तीका अवसरमा गाउँगाउँमा कविता अभियान लिएर आइपुगेको अन्तुमा आख्यान तथा बाल साहित्य गोष्ठीलाई अन्तु एकता परिवारले थप संयोजन गदैर् ठूला-साना स्रष्टाहरुलाई एकै ठाउँमा जमघट गराएको थियो ।
कवि पौडेललाई अगाडि राखेर गोरख आधारभूत विद्यालयका विद्यार्थी सन्तोष गजुरेलले वर्तमान राजनीतिक परिस्थिति र राजनीतिक दलका नेताहरुलाई कटाक्ष गरे ।
नेपालका नेताहरुको ठीक छैन चाल
कहिले दिल्ली कहिले चीन
देशको भयो बेहाल
६-६ महिनामा हेर्दा खेरी रङ्गमञ्चको नाटक
ओली देउवा दाहालले देखाए यहाँ धेरै चटक
कहिले पूर्व कहिले पश्चिम बन्दैबन्द हुने
हामी गरिब जनता चँै कहिलेसम्म रुने
संविधान त बल्ल बन्यो संशोधनको चल्यो कुरा
यी नेपालका नेताहरुले रोपे हामीलाई छुरा
जनक माविकी सानी स्रष्टा अनिता दाहालले आफ्नो सिर्जना अघि सारिन् ।
धेरै जातजातिको एउटै फूलबारी मेरो अन्तु
पर्यटन र सौन्दर्यको प्रतिक मेरो अन्तु
नगेश्वरी गुफाताल
अन्तु डाँडा समालबुङ मेची फाँट घमाइलो
पोखरी किनारमा बालबालिका पोखिँदै गर्दा जनता बहुमुखी क्याम्पस मोरङबाट आएकी कवि टिका पौडेल आत्रयले पनि बाल सर्जकहरुलाई आफ्नो सुन्दर रचना सुनाउन भ्याइन् ‘आमा बनेको दिन ।’
मेरो उर्वर कोखबाट धरती आशा यही गर्दथ्यो
मैले सुन्दर सृष्टि रोप्छु जगमा विश्वास यो भर्दथ्यो
सम्हाली रचना गरे यदि भने आमा बनायौ किन
एउटा मृत्यु गरेँ पराश्त पहिले आमा बनेको दिन ।
सुन्ने सुनाउने क्रम चल्दै गर्दा कपाल सेत्तै फुलेका प्राध्यापक डाक्टर टड्ढ न्यौपानेलाई अन्तुसँगको प्रेम प्रगाढ भएको अनुभव हुन्थ्यो । आठ पहरिया राई भाषामा पिएचडी गरेका न्यौपाने आफूले विराटनगरमा पाएको नागरिक अभिनन्दन अन्तुमा उभिएर सम्झै थिए । ‘अन्तु आफैँमा प्रकृतिप्रेमी रहेछ । यहाँ बसेर दिन बिताउँदा कति स्रष्टा र सर्जकहरुले आफ्नो डायरी भथैैर् होला । अहिले म कल्पना मात्रै गदैर्छु । मलाई अन्तु र अन्तुको आतिथ्यताले छोएको छ ।’ पोखरीको अघिल्तिर बसेर अन्तुको प्रकृति निहाल्दै उनले भने, ‘अन्तु सूयोर्दयको क्षेत्रमात्र नभई सांस्कृतिक पहिचान बोकेको लोप्चा जातिको थलो अकोर् महत्वपूर्ण छ । यो नेपाल र नेपालीले बुझ्नुपर्छ ।’
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी बाल साहित्य शाखाकी प्राज्ञ नर्वदेश्वरी सत्याल, प्रगतिशील लेखक मातृका पोखरेल, प्रज्ञा प्रतिष्ठानकै शशि चालिसे, डा. मदनप्रसाद सत्याल, तिला लेकालीलगायतको उपस्थिति रहेको थियो । अन्तु एकता समाजका अध्यक्ष रुद्र घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो हिरक जयन्तीकै अवसरमा अन्तुमा ‘अनप्लक’ कविता आयोजना गरेको थियो । सङ्गीतभित्र रहेर वाचन गरिने अनप्लकमा इलामका कवि प्रकाश थाम्सुहाङ, विमल वैद्यलगायतको सहभागिता थियो ।
https://www.bibechana.com बाट साभार
No comments:
Post a Comment