Wednesday, April 19, 2017

नेपाल - भारत काव्य उत्सव सम्पन्न ।

बैशाख ३, २०७३ 
बिजनबारी दार्जिलिङ
जरा फाउन्डेसन नेपालकाे अायाेजना तथा प्रतिभा प्रेरणा परिषद बिजनबारी र चिया कविता सिक्किमकाे सहअायाेजनामा गत अाइतवार अर्थात् ३ बैशाखका दिन बिजनबारीकाे सम्पत भवनमा नेपाल-भारत काव्य उत्सव भव्यताका साथ सम्मन्न भयाे । नेपालका विभिन्न जिल्ला तथा भारतकाे पश्चिम बङ्गाल र सिक्किम प्रान्तका कवि कलाकार सम्मिलित उक्त कार्यक्रममा सत्र कविका कविता, दुई गायकका गीति प्रस्तुति तथा एक नृत्याङ्गनाकाे नृत्य प्रस्तुत गरिएकाे थियाे । 

कार्यक्रममाका प्रमुख अतिथि प्राज्ञ मातृका पाेखरेलले अाफू भारतका विभिन्न प्रान्तमा जाँदा नेपालकाे मूल संस्कृति नै त्यहाँ पनि प्रतिविम्बित भएकाे पाएकाे कुरा बताए । नेपाल र भारतका नेपाली भाषी सर्जककाबीचकाे सम्बन्ध निकै पुरानाे र बलियाे भएकाे भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तर्देशीय महाेत्सवहरू अावश्यक रहेकाे बताए । जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईले अागामि दिनमा पनि यस प्रकारका अन्तर्देशीय उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बाेल्दै युवा समालाेचक तथा जरा फाउन्डेसनका महासचिव महेश पाैड्यालले नेपाली साहित्य र कलाकाे विकासमा सिक्किम र दार्जिलिङकाे याेगदान स्तुत्य रहेकाे भन्दै लीला लेखन, तेस्राे अायाम, किनारीकृतकाे पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया किवता तथा हस्तक्षेप कविता अान्दाेन यस भेगका माैलिक याेगदान भएकाे दावी गरे । 
सभापतिकाे अासनबाट बाेल्दै प्रसिद्ध कवि मनप्रसाद सुब्बाले बिजनबारीमा यस्ताे अन्तर्राष्ट्रिय शैलीकाे कार्यक्रम भएकाे याे नै पहिलाे भएकाे बताए । 
कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पाेखरेल, प्रवीण राई जुमेली, सुधा एम राई, टीका अात्रेय, अविर खालिङ, लीला अनमाेल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दिपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश दाहाल अादि कविहरुले अाफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा गायक खेम सुब्बाले गीत तथा रुसालीले नृत्य प्रस्तुत गरेका थिए ।

======================================


हिमालय दर्पण,१६ अप्रेल २०१७ 
============================
हिमालय दर्पण,१६ अप्रेल २०१७

===========================================


साहित्य र कला

दार्जिलिङमा नेपाल–भारत काव्य उत्सव



काठमाडौं । दार्जीलिङ जिल्लाको विकट गाउँ लिङ्यिास्थित पुरानो चियाकमानको बीचमा रहेको साहित्यकार पारिजातको जन्मघरको भ्रमणका साथ बिजनबारी पुगेको नेपाली साहित्यकारहरूको एक प्रतिनिधिमण्डलले बिजनबारीमा ‘नेपाल भारत काव्य उत्सव’ सम्पन्न गरेको छ । 
 जरा फाउन्डेशन नेपालले आयोजना गरेको यस भ्रमण र उत्सवलाई भारततर्फबाट बिजनबारीस्थित प्रतिभा प्रेरणा परिषद, तथा सिक्किमको चिया कविताले संयोजन गरेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं गद्य–आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त उत्सवको अध्यक्षता भारतका नेपाली भाषी कवि मनप्रसाद सुब्बाले गरेका थिए ।  
नेपालका विभिन्न जिल्ला तथा भारतको पश्चिम बङ्गाल र सिक्किम प्रान्तका कवि कलाकार सम्मिलित उक्त कार्यक्रममा सत्र कविका कवितासहित दुई गायकले गीत प्रस्तुत गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ मातृका पोखरेलले भने, “म भारतका विभिन्न प्रान्त भ्रमण गर्दा नेपालको मूल संस्कृति नै यहाँ पनि प्रतिविम्बित भएको पाउँछु” पोखरेलले थपे, “नेपाल र भारतका नेपाली भाषी सर्जककाबीचको सम्बन्ध निकै पुरानो र बलियो छ, यसलाई थप सुदृढ बनाउन यस्ता अन्तरदेशीय महोत्सवहरू आवश्यक हुन्छ” 
जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईले आगामी दिनमा पनि यस प्रकारका अन्तरदेशीय उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै युवा समालोचक तथा जरा फाउन्डेसनका महासचिव महेश पौड्यालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको भन्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतको पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया कविता तथा हस्तक्षेप कविता आन्दोलन यस भेगका मौलिक योगदान भएको दावी गरे । 
कार्यक्रमका सभापतिसमेत रहेका कवि मनप्रसाद सुब्बाले बिजनबारीमा अन्तर्राष्ट्रिय शैलीको यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको बताए । कविता टोली सोमबार नेपाल फर्किएको छ ।
http://baahrakhari.com बाट साभार

========================================

नेपाल–भारत काव्य उत्सव भारतको बिजनबारीमा सम्पन्न

बैशाख ५, २०७४ दार्जिलिङ: भारतको दार्जिलिङ जिल्लाको विकट गाउँ लिङ्गियाको एक पुरानो चियाकमानको बीचमा अवस्थित पुरानो घर अचानक उज्यालो भयो। नेपाली साहित्यकी उज्वल तारा साहित्यकार पारिजातको जन्मघर थियो त्यो। त्यही घरको भ्रमण गर्दै सोही जिल्लाको बिजनबारी पुगेको नेपाली साहित्यकारहरूको एक प्रतिनिधिमण्डलले बिजनबारीमा ‘नेपाल–भारत काव्य–उत्सव’ सम्पन्न गरेको छ भरखर। 

सो स्थानमा नेपाल र भारतका विभिन्न सशक्त स्रष्टाहरू उपस्थित भएर कार्यक्रम सम्पन्न गरी सोमवार नेपाली टोली स्वदेश फर्केको छ। जरा फाउण्डेशन नेपालले आयोजना गरेको यस भ्रमण र उत्सवलाई भारततर्फबाट बिजनबारीस्थित प्रतिभा प्रेरणा परिषद, तथासिक्किमको चिया कविताले संयोजन गरेक थियो।

 नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं गद्य–आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उत्सवको अध्यक्षता भारतका ख्यातिप्राप्त नेपालीभाषी कवि मनप्रसाद सुब्बाले गरेका थिए। 

नेपालका विभिन्न जिल्ला तथा भारतको पश्चिमबङ्गाल र सिक्किम प्रान्तका कवि÷कलाकार सहभागी सो कार्यक्रममा १७ कविका कविता, दुई गायकका गीति प्रस्तुति तथा एक नृत्याङ्गनाको नृत्य प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेलले आफू भारतका विभिन्न प्रान्तमा जाँदा नेपालको मूल संस्कृति नै त्यहाँ पनि प्रतिविम्बित भएको बताए। नेपाल र भारतका नेपालीभाषी सर्जकका बीचको सम्बन्ध निकै पुरानो र बलियो भएको भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तर्देशीय महोत्सवहरू आवश्यक रहेको पनि उनले बताए।

 जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले आगामी दिनमा पनि यस प्रकारका अन्तर्देशीय साहित्य उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। युवा समालोचक तथा जरा फाउण्डेसनका महासचिव महेश पौड्यालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको भन्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतको पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चियाकिवता तथा हस्तक्षेप कविता आन्दोलन नेपाली साहित्यका लागि यस भेगका मौलिक योगदान भएको दावी गरे।

 सभापतिको आसनबाट बोल्दै प्रसिद्ध कवि मनप्रसाद सुब्बाले बिजनबारीमा यस्तो अन्तर्राष्ट्रिय शैलीको कार्यक्रम भएको यो नै पहिलो भएको बताए। 

 कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पोखरेल, प्रवीण राई जुमेली, सुधाएम राई, टीका आत्रेय, अवीर खालिङ, लीला अनमोल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दिपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश दाहाल आदिले आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रममा गायक खेम सुब्बाले गीत तथा रुसालीले नृत्य प्रस्तुत गरेका थिए।

http://thahakhabar.com बाट साभार 

==================================


===============================================





































































































No comments:

Post a Comment