Thursday, June 1, 2017

‘लेख्नेको बोली’को लोकार्पण

काठमाडौँ, १३ जेठ २०७४ । कवि एवम् साहित्यिक पत्रकार बालमुकुन्द कार्कीबाट लिइएको अन्तर्वार्ता सङ्ग्रह ‘लेख्नेको बोली’को लोकार्पण गरिएको छ । 

प्रगतिशील लेखक सङ्घ काठमाडौँ शाखाद्वारा आयोजित कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सो पुस्तकको लोकार्पण गरेका हुन् । 

प्रगतिवादी वरिष्ठ साहित्यकारहरू अमर गिरी, आनन्ददेव भट्ट, कुन्ता शर्मा, गोविन्द भट्ट, चूडामणि रेग्मी, डा जीवेन्द्रदेव गिरी, निनु चापागाईं, मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह र श्यामप्रसादसँग लिइएका अन्तर्वार्ताहरू समावेश गरिएका छन् । 

कार्यक्रममा शाखाको मुखपत्र ‘काठमाडौँ प्रलेस’को तेस्रो अङ्गको पनि लोकार्पण गरियो । दुवै कृतिमाथि हेमनाथ पौडेल, विनोद मञ्जन, गोपीरमण उपाध्याय र निभा शाहले समीक्षा गरे । 

अध्यक्ष पोखरेलले वामपन्थीहरूबीच एउटैमात्र जीवित साझा संस्था भएकाले प्रलेसले सबैलाई जोड्ने र सामाजिक रुपान्तरणको सन्देश दिने लेखनी र कार्यक्रम दिन सक्नुपर्ने बताए । 

http://www.nonstopkhabar.com बाट साभार 









No comments:

Post a Comment