माओवादीकेन्द्रका नेताहरू आफैँ नेपालमा कम्युनिस्ट नै छैनन् भन्न थालेका छन् । नरेन्द्रजंग पिटर माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्छ । पिटरले अस्तिभर्खर राष्ट्रपतिबाट पाउनुभएको तक्मा पनि माओवादी केन्द्रको सिफारिस र कोटा हो भन्ने कुरामा दुईमत छैन ।
माओवादीकेन्द्रका नेताहरू आफैँ नेपालमा कम्युनिस्ट नै छैनन् भन्न थालेका
छन् । नरेन्द्रजंग पिटर माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्छ
। पिटरले अस्तिभर्खर राष्ट्रपतिबाट पाउनुभएको तक्मा पनि माओवादी केन्द्रको
सिफारिस र कोटा हो भन्ने कुरामा दुईमत छैन ।
त्यसैगरी मातृका पोखरेल पनि माओवादी केन्द्रकै कोटामा प्रगतिशील लेखक संघका अध्यक्ष र प्राज्ञ भइरहनुभएको छ तर पनि उहाँ नेपालमा कम्युनिस्ट पार्टी छैन भनिरहनुभएको छ र बहसमा संलग्न हुनुहुन्छ । आखिर कुरा के हो त ? बहसमा संलग्न भएका धेरै मानिसहरुमध्ये केहीको भनाइ यहाँ प्रस्तुत गरिएको छ :
नरेन्द्रजंग पिटर भन्नुहुन्छ :
व्यक्तिको रूपमा कोही कम्मुनिस्ट रहे पनि सङ्गगठनकै हैसियतले नेपालमा कोही छैनन्, ट्रेडमार्कको रुपमा मात्र सीमित रहेका छन।
मातृका पोखरेल भन्नुहुन्छ :
नेपालको कम्युनिस्ट आन्दोलनमा त्याग र बलिदानको ठुलो गाथा रचिएको छ । नेपाली समाजलाई परिवर्तनको यो खुट्किलोसम्म ल्याइपुर्याउन कम्युनिस्टहरुकै सबैभन्दा बढी योगदान छ । ५० वर्षमा पनि सम्भव नहुने नेपाली समाजको परिवर्तन दस वर्षको जनयुद्धका कारणले नै प्राप्त भएको हो ।
राजनैतिक पूर्वाग्रहका कारण यो कुरा हामीले स्वीकार्ने आँट गरौं कि नगरौं तर तितो र मीठो जे भए पनि सत्य यही नै हो । कम्युनिस्ट आन्दोलनसँग नेपाली जनताका अझै धेरै अपेक्षा थिए । अहिले आइपुग्दा ती अपेक्षालाई मसिनो गरि केलाउने काम पटक्कै गरिएन । सक्नेले गरेनन् । नसक्नेले आवाज मात्र उठाउने हो, उठाइरहेकै छन् । केही साना पार्टीहरु छन्, इमानदार छन् तर जनताको विश्वास आर्जन गर्न सकेका छैनन् । उनीहरुसँग झिनो आवाज मात्र छ । विभिन्न पार्टीमा छरिएर रहेका केही इमानदार नेताहरु छन् ।
जस्तै मोहनविक्रम सिंह, चित्रबहादुर केसी, मोहन वैध्य, रोहितलगायत नेताहरु छन् । जनताको ठुलो हिस्साबाट टाढै छन् । हुन त, श्यामप्रसादको कार्यशैलीबाट पनि नेपाली समाजको रुपान्तरणमा धेरै भूमिका खेल्न सकिन्छ । वर्गीय कुरा गर्ने चुनावमा चाहिँ राप्रपा, काङ्ग्रेस या यस्तैसँग तालमेल गर्ने अनि यिनीहरुको सपना नेपाली जनताको सपना हो भनेर बुझ्ने हामी मूर्ख होइनौं र ?
अमर गिरी भन्नुहुन्छ :
व्यक्तिका रूपमा कोही कम्युनिस्ट रहे पनि सङ्गठनका रूपमा नेपालमा कोही कम्युनिस्ट नरहेको धारणा पिटरले राख्नुभयो। मातृका पोखरेलले त्यसमा सहमति जनाउनुभयो। पिटर सुपरिचित लेखक हुनुहुन्छ र माओवादीकेन्द्रसँग जोडिएको वरिष्ठ व्यक्तित्व पनि । मातृका पोखरेल पनि सुपरिचित साहित्यकार हुनुहुन्छ र प्रगतिशील लेखक सङ्घको अध्यक्ष पनि। उहाँ पनि माओवादीकेन्द्रसँग जोडिएको महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । दुवैको यस्तो धारणा मलाई रोचक लाग्यो।
एलबी क्षेत्री भन्नुहुन्छ :
म एउटा कुरा थप्न चाहें मातृका पोखरेल सर । नेपाली समाजको परिवर्तन भएको छ, चेतना पनि बढेको छ, केही
बोल्डनेस पनि आएको छ । यसैकालमा समाजमा केही विकृति पनि भित्रिएका छन् । म त्यसको दोष कम्युनिस्ट आन्दोलनलाई दिन्नँ । बिल्कुल दिन्नँ । उस्तै गरि आजको दिनमा देशको राजनीतिले यस्तो कुरूप स्वरूप देख्दा पनि देशले केही दिशामा प्रगति पनि गरेको छ । यो प्रगतिमा कुनै पनि राजनैति पार्टीको योगदान छैन ?
जिरो प्रतिशत योगदान छ तिनीहरुको । कसरी हुन गयो त यो प्रगति ? नेपाली जनता, जुनसुकै परिस्थितिमा पनि आनतरिक रुपमा सचेत छन् । । थ्यसैले गर्दा देश बाँचिरहेछ । हिजो मोदी नाकाबन्दीको बेला पनि बाँचिरह्यो । हाम्रा राजनैतिक पार्टीहरु लैनचौरको दास भएर बाँच्दा पनि देश आन्तरिक सचेतनाका कारण बाँचिरहेछ । देश एउटा नयाँ क्रान्तिको प्रतीक्षामा छ ।
वास्तवमा यी बहस अपूरा छन् । नेपालमा क्रान्तिकारीहरु पनि छन् । कम्युनिस्टहरु पनि छन् । आफू कम्युनिस्ट हुन नसकेपछि कोही कम्युनिस्ट नै छैनन् भन्ने कुरा वस्तुसंगत हुन सक्तैन ।
http://www.janapati.com बाट साभार

No comments:
Post a Comment