Wednesday, August 16, 2017

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई गोपाल पाँडे 'असिम' पुरस्कार प्रदान ।

वरिष्ठ साहित्यिक पत्रकार  रोचक घिमिरेलाई गोपाल पाँडे 'असिम' पुरस्कार समर्पण गरिएको छ । यही २०७४ साल साउन ३२ गते नेपाली शिक्षा परिषदको ६७ औं वार्षिकोत्सव तथा  गोपाल पाँडे 'असिम'को १०५ औं जयन्ति समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली शिक्षा परिषदका अध्यक्ष एवं समारोहका सभापति राष्ट्रकवि माधव प्रसाद घिमिरेले रोचक घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । 

 नेपाली शिक्षा परिषदका सदस्य सचिव रमा शर्माले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा प्राज्ञ मातृका पोखरेलले वरिष्ठ साहित्यिक पत्रकार  रोचक घिमिरे व्यक्तित्व एवम् कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।


गोरखापत्र दैनिक, २०७४ साल भाद्र २ गते शुक्रवार 

                                  =========================================










No comments:

Post a Comment