Friday, September 15, 2017

बातलाबामा ब्रेख्तका कविता

काठमाडौँ, ३० भदौ २०७४ 


अखिल नेपाल लेखक संघको काव्य विभागले हरेक महिनाको अन्तिम शुक्रबार गर्दै आएको कविता वाचन तथा अन्तक्र्रिया कार्यक्रम बातलाबाको दोस्रो शृंखलामा बर्तोल ब्रेख्तका कविता वाचन गरिएको छ।
शुक्रबार मण्डला थियटरमा भएको कार्यक्रममा नेपालका १० युवा कविहरुले ब्रेख्तका १० कविता वाचन गरेका थिए। स्वप्निल स्मृति, संगीत स्रोता, बलराम तिमिल्सिना, बिमला तम्खेवा, रावत, गणेश राई लगायतका कविहरुले ब्रेख्तका कविता वाचन गरेका थिए।
कार्यक्रममा समालोचक/माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाइँ र कवि तथा पत्रकार अभय श्रेष्ठले ब्रेख्तको बारेमा चर्चा गरेका थिए।
समालोचक चापागाइँले नेपालमा मात्रै नभएर विश्वमा ब्रेख्तलाई हेर्ने दुईवटा दृष्टिकोण रहेको बताए। उनले विश्वमा एकथरीले ब्रेख्थलाई अपरिपक्व कवि र नाटकारको रुपमा चित्रण गर्ने र अर्काथरीले उनलाई महान र अनुशरण गर्नपर्ने कवि नाटककारको रुपमा चित्रण गर्ने प्रवृत्ति रहेको बताए। उनले नेपालमा ब्रेख्तको नाम लिने र उनको प्रवृत्तिलाई छोड्ने गरेको बताए।
कवि/पत्रकार अभय श्रेष्ठले ब्रेख्त महान कवि भएको र नेपालका कविहरु पनि उनीबाट प्रभावित रहेको बताए। उनले ब्रेख्तले कुनै भाषिक जालझेल नगरी सोझो अर्थमा र सरल भाषामा लेखेका कारण उनका कविता र नाटक सबैले बुझने खालका रहेको बताए।
कार्यक्रममा कवि मातृका पोखरेल, नाकिमा, साङ्केन वान्तवा, गणेश राई, बम बानियाँ लगायतका कविले पनि आफ्ना कविता वाचन गरेका थिए।
https://nepalkhabar.com बाट साभार



No comments:

Post a Comment