Saturday, September 16, 2017

कवि एवम् पूर्व सभासद रामबहादुर थापा मगरको 'बूढा धरहरा' को विमोचन सम्पन्न ।

कवि एवम् पूर्व सभासद रामबहादुर थापा मगरको मगर भाषामा 'बूढा धरहरा' को विमोचन भएको छ । २०७४ साल भाद्र ३१ गते कमलादीस्थित  नेपाल प्रज्ञा-प्रतिष्ठानको हलमा वरिष्ठ कवि बैरागी काइलाले उक्त कृतिको विमोचन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार दिनानाथ शर्मा, मगर भाषा साहित्यका अध्यता लोकबहादुर थापा मगर, प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष एवम् प्राज्ञ मातृका पोखरेल, नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषदका पूर्व सदस्य विष्णु प्रभात, प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व महासचिव मित्रलाल पंज्ञानीले कृति र कृतिकारका बारेमा बोल्नुभएको थियो । 



No comments:

Post a Comment