Saturday, October 14, 2017

अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन

अक्टोवर क्रान्तिको शतवार्षिकी मनाइदै


काठमाडौं २०७४ कार्तिक २८ गते  । नेपाल ल क्याम्पसमा शनिवार भएको वामपन्थी चिन्तक, लेखक, कवि, संस्कृतिकर्मी, राजनीतिकर्मी, समर्थकहरुको भेलाले अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन गरेको छ । अक्टोबर क्रान्तिको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरि उत्सवमय रुपमा अक्टोवर क्रान्तिको सम्मान र सम्झना गर्न समिति गठन गरिएको बताइएको छ । विभिन्न वामपन्थी दलमा आवद्ध तथा स्वतन्त्र सयभन्दा बढी व्यक्तित्वहरुको भेलाले नब्बे सदस्यीय आयोजक समिति र एकतीस सदस्यीय नागरिक समितिको सचिवालय गठन गरेको हो ।


भेला आयोजक समन्वय समितिका तर्फबाट इतिहासविद् तथा पूराना वाम नेता मुरारी अर्यालले कार्यक्रम संचालन गर्दै भेला आयोजनाको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । भेला आयोजक समितिको तर्फबाट कवि तथा लेखक शरद पौडेलले पेश गर्नुभएको नागरिक अपिललाई भेलाले अनुमोदन गरेको थियो । विचार गोष्ठी, कविता गोष्ठी, सडकमा सांस्कृतिक उत्सव र सडकमै भोजको आयोजना गरि अक्टोवर क्रान्तिको शतवार्षिकी उत्सव मनाउने र वर्षैभर विविध कार्यक्रम आयोजन ागर्ने पनि भेलाले निणर्य गरेको छ ।
नागरिक समितिले अक्टावर क्रान्तिको महत्वलाई प्रष्ट पार्दै अपिलमा अगाडी भनेको छ–

अक्टुबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड ९पछिको लेनिनग्राड० सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई।१९१७ को अक्टुबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ ।

अक्टुबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई। १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टुबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।

अक्टुबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस(मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए । 

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति ,ज्ञान, सूचना, सेबा, संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो ।

भेलामा वरिष्ठ वामनेता स्वनाम साथी, मुरारी अर्याल, अनिल शर्मा, टेक बलम्पाखी, लेखक, कवि, प्राध्यापक–शारदा रमण, इस्माली, विप्लव प्रतीक, स्नेह सायमी, डम्बर चेम्जोङ्ग, शरद पौडेल, विद्या भट्टराई, राजेन्द्र महर्जन, उषा तितिक्षु, सोमत घिमिरे, उज्जवल प्रसाई, मातृका पोखरेल, आर एम डंगोल, बलराम तिमिल्सिना, केशव सिलवाल, रघु घिमिरे, वलराम थापा, संगीत श्रोता, नरेश ज्ञवाली, अशोक सुवेदी, राजु स्याङ्गतान सहित सय बढी लेखक, कलाकार, साहित्यकार, वम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलाले निम्न अनुसारको नागरिक समितिको सचिवालय गठन गरेको छ । जसअनुसार :  – 

अमर विक
इश्मालीउषा तितिक्षु  कान्ति न्यौपाने  खगेन्द्र संग्रौला  नरेश ज्ञवाली
पदमराज जोशी
पिंकी गुरुङ्ग
बन्धु विक्रम क्षेत्री
बलराम तिमिल्सिना
बिनोद लोहनी
मातृका पोखरेल
मुरारी अर्याल
यादव देवकोटा
युग पाठक
रघु घिमिरे
आर एम डंगोल
राजेन्द्र महर्जन
रबि प्रसाद गुरागाई
रोशन जनकपुरी
शारदा रमण नेपाल
सागर साथी
संगीत श्रोता
शरद पौडेल
सीता ओझा
सुभाष साह
स्नेह सायमी
स्वनाम साथी
तीन जना पछि थप गरि सचिवालय एकतीस सदस्यीय बनाउने पनि भेलाले निणर्य गरेको छ ।


===========================================

अक्टोवर क्रान्तिका केही डकुमेन्ट्री :-


Epic History: The Russian Revolution


=========================================



===============================================

Russian Communist Revolutionary Vladimir Lenin Documentary


==============================================

अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सव मनाऊनका लागि जनस्तरीय समिति निर्माण ।





============================================


अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सबको उपलक्ष्यमा अपिल !

अक्टोबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड (पछिको लेनिनग्राड) सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिवेला चलेको क्यालेण्डरअनुसार ई.१९१७ को अक्टोबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ । 


अक्टोबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई. १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन तर अक्टोबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन । 

रुसको सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्दै शोषित पीडित एवं गरीखाने वर्गले कम्युनिष्ट क्रान्ति सम्पन्न गरेको सय वर्ष पुगेको छ । यस युगान्तकारी कदमको सतवार्षिकीको अवसरमा यतिखेर संसारभरिका कम्युनिष्ट मात्रै होइन, शासन, शोषण र उत्पिडनबाट मुक्ति चहाने सबै न्यायप्रेमी जनताहरुले अक्टोबर क्रान्तिको उपलब्धि, त्यसले मानव जीवन र सभ्यतामा पारेको प्रभाव, त्यसको महत्व र त्यसमा देखापरेका चुनौतीबारे गम्भीर विमर्शसहित विभिन्न कार्यक्रममा व्यस्त छन् । 

अक्टोबर क्रान्तिले ठगी खाने वर्गको वर्चस्व रहेको मानवद्वेषी समाज र उनीहरुको सत्ता चलेको संसारको राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा नयाँ आयाम छ । यसले ठगिखाने वर्गको स्वर्गमा भूकम्प गएको, कम्युनिष्ट क्रान्तिको आतंक मच्चिएको छ । अक्टोबर क्रान्ति शताब्दी बर्षको स्मरणमा हामी नेपाली पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयासमा छौं । 

अक्टोबर क्रान्ति संसारको युगान्तकारी क्रान्ति हो, कम्युनिष्ट क्रान्ति हो । यस युगीन क्रान्तिको विरासतमा उत्तराधिकार भने कम्युनिष्टहरुको मात्र छैन । विगतको सय वर्षमा संसार र सभ्यताको दशा र दिशा निर्देश गर्ने सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस क्रान्तिको दावानलले समाजको सम्पूर्ण वर्ग, संसारका सम्पूर्ण भूगोल, प्रत्येक कुनाको अर्थतन्त्रलाई प्रभावित पारेको छ । त्यति मात्रै होइन, यसले मानव सभ्यताले यस कालखण्डमा विकास गरेको कुनै पनि प्रविधि, सामाजिक सम्बन्ध यसरी प्रभावित पारेको छ कि शब्दमा वर्णन गर्नै नसकिने अवस्था छ । यस क्रान्तिको क्रममा निस्केका तोपका गोलाबारुदका छिर्का संसारभरि पुगेका छन्, र तिनले प्रत्येकको मनमस्तिष्कलाई छोएका छन् । यसकै प्रभावस्वरुप आजपनि मानवद्वेषी समाज नचाहीकनै, अवचेतनमै भए पनि आफूलाई परिवर्तित गर्न बाध्य भएको छ । 

रुसका जनताले असाध्यै विषम परिस्थितिमा यस युगान्तकारी क्रान्ति सम्पन्न गरेका हुन । यस युगान्तकारी क्षणमा रुसमा क्रियाशील सम्पूर्ण सोभियतहरु, सोभियतमा आबद्ध एवं आम किसान र मजदुर, साम्राज्यवादी युद्धबाट आजित रुसी सैनिकहरुको सक्रिय सहभागिता थियो । असाध्यै अविकसित भूदासहरुको मुलुकमा, चेतनाको कमीले पिछडिएका जनताहरुको देशमा, प्रथम विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरुसँगको युद्धले जर्जर भएको मुलुकमा, तत्कालीन साम्राज्यवादी शक्ति, सेना र पुँजीवादी युद्धपोतको नाकाबन्दीको बीच उनीहरुको कठपुतली सरकारविरुद्ध कम्युनिष्टहरुको नेतृत्वमा रुसका महान जनताले यो क्रान्ति सम्पन्न गरेका हुन् । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि र आफ्नो बर्तमान र भविष्य आफैले बदल्ने संकल्पसहितको जुझारुपना र शौर्य प्रदर्शन गरी यस युगान्तकारी क्रान्ति सम्पन्न गरियो । यसले मानव जातिको दशा र दिशालाई पूर्ण रुपमा परिवर्तित गरी मानव सभ्यतालाई, सामरिक सन्तुलनलाई, र सम्पूर्ण मानवजातिलाई आजको अवस्थामा पुर्या एको हो । मानवजातिले अक्टोबर क्रान्तिको युगान्तकारी उपलब्धिको निम्ति रुसी कम्युनिष्टहरुको ऋण कहिल्यै तिर्न सक्दैन । सय वर्षको अवधिमा मानवसभ्यतामा देखापरेको फड्को यसको प्रमाणको रुपमा उपस्थित छ । 

अक्टोबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो । उत्पीडनकारी राज्यसत्तालाई माध्यम बनाउँदै, बर्ग, संस्कृति, जाति, नस्ल, लिङ्ग, रङ्ग र वर्णको आधारमा मानिस-मानिसबीचको कृत्रिम भेद खडा गरी द्वन्द्व सृजना गरि संसार विभाजित गर्ने परम्परागत सोचको विरुद्ध अन्तर्राष्ट्रिय वर्गीय बन्धुत्व हुँदै क्रमश: अन्तर्राष्ट्रिय मानवीय बन्धुत्व मार्फत विभाजित सीमाहरु र सोचलाई समूल नष्ट पार्नु कम्युनिष्ट क्रान्तिको गन्तव्य हो । 

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस-मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता बिरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए । 

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेबा), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानता प्रतिको संगठित बिद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोबर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ । आज संसारभरि नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो । बर्गीय समाज स्थापना पछि र अक्टोबर क्रान्तिपछिको समयलाई यतिबेला संसारले दाँज्दैछ र अक्टोबर क्रान्तिको महत्तालाई जान्दैछ । 

महान अक्टोबर क्रान्ति जिन्दाबाद !

अक्टोबर क्रान्ति सतबार्षिकी  समारोह नागरिक समुह



No comments:

Post a Comment