Sunday, November 19, 2017

प्रलेसका उपाध्यक्ष एवं जनसंस्कृतिकर्मी थपलियालाई सरकारले गर्यो गिरफ्तार


जनबाटो संवाददाता । मंसिर १, २०७४  काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव, प्रगतिशील लेखक संघ केन्द्रीय उपाध्यक्ष एवं प्रगतिवादी लेखक, नाटककार खेम थपलियालाई शुक्रवार सरकारले गिरफ्तार गरेको छ ।
प्रगतिशील लेखक सङ्घले केन्द्रीय कार्यालयमा नियमित सञ्चालन गर्दै आएको परिसम्वाद कार्यक्रममा सहमागि भइरहेकै बेलामा प्रहरीले लेखक थपलियालाई गिरफ्तार गरेको हो । सरकारले घोषणा गरेको निर्वाचन नजिकै जाँदा देशैभरि लेखक साहित्यकारहरुलाई धरपकड र गिरफ्तार गरिरहेको छ ।
लेखक थपलियाको गिरफ्तारी विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ र प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले एकजना देशभक्त क्रान्तिकारी कलमजीवीको गिरफ्तारी घोर भत्सर्नायोग्य भएको भन्दै तुरुन्त रिहाइका लागि माग गरेका छन् ।
www.janabato.com बाट साभार 

No comments:

Post a Comment