Tuesday, December 12, 2017

भ्रष्टाचार विरोधी कविता वाचन कार्यक्रम

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालको आयोजनामा २०७४ साल मंसिर २४ गते भ्रष्टाचार विरोधी कविता वाचन कार्यक्रम, सर्वनाम थिएटर कालिकास्थानमा सम्पन्न भयो । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष श्रीहरी अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष स्नेह सायमीले स्वागत एवम् धन्यवाद व्यक्त गर्नुभयो । कवि राजेन्द्र सलभले संचालन गर्नुभएको उक्त कार्यक्रममा कविहरू विश्वविमोहन श्रेष्ठ, स्नेह सायमी, राजेन्द्र सलभ, लक्ष्मी माली, मातृका पोखरेल, निमेष निखिल, गीता कार्की, सन्ध्या पहाडी,  सुभाष खनाल अनिता नेउपानॆ लगायतले कविता वाचन गर्नुभएको थियो । 









No comments:

Post a Comment