Saturday, March 31, 2018

साहित्यकार हरिहर खनाल सम्मानित


काठमाडौँ ।
२०७४ चैत्र १७, शनिबार



नेपाली साहित्यका सुप्रसिद्ध स्रष्टा हरिहर खनाल नेपाली वाङ्मय साधना सम्मानबाट सम्मानित भएका छन् ।

नेपाल वाङमय परिषद्‍, धनगढीले आज दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई ‘नेपाली वाङमय साधना सम्मान’ प्रदान गरेको छ |

प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू दस हजार एक नगद रहेको छ |

कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए | त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए |
उपप्राध्यापक भुवन बोहोराको उद्‍घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष डा. पुष्करराज भट्टद्वारा गरिएको थियो |
यसअघि दुई पटक उतै धनगढ़ीमै सम्मान प्रदान गरिएको थियो भने यो वर्ष नेपाल वाङमय परिषद राजधानी प्रवेश गरेको हो ।
खनाल विशेषतः नेपाली साहित्यमा कथाकारका रुपमा परिचित छन् । उनले रचनामार्फत सामाजिक परिवर्तन र संस्कृतिक रुपन्तरणका विषयहरुलाई दृढताका साथ प्रस्तुत गर्दै आएका छन् । प्रगतिवादी साहित्यको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाइसकेका खनाल हाल साझा प्रकाशनको सञ्चालक समितिका सदस्य रहेका छन् ।
http://sidharekha.com बाट साभार

==========================================


गोरखापत्र दैनिक २०७४ साल चैत २० गते प्रकाशित 
========================================================



















No comments:

Post a Comment