Monday, June 18, 2018

अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ , [२०७५ असार ४]

लघुकथाकार खेमराज पाेखरेलकाे नवीतम् कृति` राम शाहकाे चाैताराे´ र `सीमानामा अामा ´काे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लघुकथा समाजका केन्द्रीय अध्यक्ष तथा `मधुपर्क´ सम्पादक श्रीअाेम श्रेष्ठ राेदनले विधागत मान्यता पाइसकेका लघुकथाकाे उन्नयनमा खेमराज पाेखरेलकाे उपस्थिति प्रशंसनीय भएको र लामो खाेज - अनुसन्धान र प्रयाेगबाट लघुकथाकाे मानक स्थिति पहिचान भएकाले यसैमा केन्द्रित हुनु पर्ने कुरामा जाेड दिनुपर्ने बताउनुभएको थियोे ।

` मधुपर्क´का नायब कार्यकारी सम्पादक तुलसीहरि काेइरालाले गाेरखापत्र संस्थानले अायाेजना गरेको राष्टव्यापी लघुकथा प्रतियोगितामा पुरस्कृत भएको लघुकथा `सीमानामा अामा´बाटै संग्रहकाे नाम रहेकोले अाफ्नाे अभियानमा याे खुसीको खबर भएको बताउनु भयो । उहाँले लघुकथाकाे विधागत उन्नयनमा` मधुपर्क´ र `समकालीन साहित्य´ जस्तो विभिन्न पत्रिकाकाे महत्त्वपूर्ण याेगदान रहेको बताउउँदै लघुकथाकार पाेखरेललाई बधाई ज्ञापन गर्नुभएको थियो ।

प्राज्ञ मातृका पाेखरेलले नेपाल प्रज्ञा प्रतिष्ठानबाट भर्खरै प्रकाशित `समकालीन साहित्य ´लघुकथा विशेषांकमा प्राेत्साहनस्वरूप नयाँ अनुहारलाई पनि ठाउँ दिएको बताउनुभयाे । उहाँले सम्पादनकाे निश्चित मापदण्ड भए पनि विधागत उन्नयनमा सम्पादक अलिक उद्दार हुनु पर्ने कुरामा जाेड दिनु भएको थियो ।

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादनमा गणितीय शूत्र लागू गर्नु हुँदैन । हामीले अाफ्नाे धरातल नबिर्सी निष्पक्ष ढंगले सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले समकालीन साहित्य लघुकथा विशेषांकमाथि भइरहेको केही प्रतिक्रिया न्यायिक नभएको र साहित्य जस्तो विशुद्ध यात्रामा लागेकाहरूले विवेकपूर्ण ढंगले टिकाटिपणणी गर्न अाग्रह गर्नुभएको थियो ।

लघुकथामा छुट्टै पहिचान बनाएका सुमन साैरभले लघुकथाकाे शब्द सीमाबारे अझै विवाद गरिरहन अावश्यक छैन । अढाई सयमा राम्रोसँग लघुकथा लेख्न सकिन्छ । नराख्दा नहुने अनावश्यक शब्द राखेर लघुकथालाई भद्दा बनाइनु हुँदैन भन्दै पाेखरेलका प्रायः सबै लघुकथा लघुकथा भएकोमा बधाई ज्ञापन गर्नुभएको थियोे ।

लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लघुकथामा उकाल , चरम र अाेराल यी तीन तत्व अनिवार्य रूपमा हुनु पर्ने बताउनुभयो । उहाँले लघुकथाका पिता खलिल जिब्रानकाे कथामा यी तीनै तत्व भएकाले प्रभावकारी भएको र प्रा माेहनराज शर्माले पनि यिनै कुरालाई महत्त्व दिनु भएको छ । लघुकथा एउटा घटनाबाट सुरु अर्को घटनामा अन्त्य भएमा त्यो लघुकथा चाेटिलाे हुने कुरा पनि उहाँले बताउनुभयो ।

` गाेरखापत्र´ले अायाेजना गरेको राष्ट्रव्यापी लघुकथामा प्रथम हुनु भएको लघुकथा दिव्य गिरीले लघुकथा उन्नयनमा लघुकथाकार खेमराज पाेखरेलले अभिभावकीय भूमिका निर्वाह गर्दै अाएकाे र यति चाँडै चार लघुकथा संग्रह र एक लघुकथा संग्रहकाे सफल सम्पादन गर्नुमा पाेखरेलकाे अदम्य साहस र साधनाकाे प्रतिफल भन्नुभएको थियो ।

कार्यक्रममा `संसाक´मासिक प्रकाशक/ प्रबन्ध सम्पादक उमेश पाण्डे , `कान्तिपुर ´दैनिकका पत्रकार दामोदर न्याैपाने,साहित्यकार कुल ढकाल , विएन प्रकाशनका कार्यकारी निर्देशक सूर्य विसी ,समाजसेवी भाेगिन्द्र राई र मिसन अधिकारीले पनि लघुकथाकार पाेखरेललाई बधाई दिनु भएको थियो ।

कार्यक्रममा साहित्यकार पाेखरेलकाे ` जीवनी र कृतित्वबारे अनुसन्धान गर्दै गर्नु हुने विद्यार्थी सुनिता खड्काकाे पनि उपस्थित रहेकाे थियोे । 

विना सभा अध्यक्ष र विना प्रमुख अतिथि भएको कार्यक्रममा लघुकथा लेखन र सम्पादनको अाफ्नाे अनुभव व्यक्त गर्दै अाफू कथा र लघुकथा अर्थात विधामै समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । लघुकथकार श्रीराम राईकाे संयाेजन तथा संचालनमा सम्पन्न उक्त कार्यक्रम निकै उपलब्धिमूलक रह्यो ।




समाचार स्रोत :-

No comments:

Post a Comment