Wednesday, June 6, 2018

बजार यात्रा ! - बलराम तिमिल्सिना


यतिवेला विहानको दस वज्दै छ
हामी छौं कौसलटार ओरालो 
अगाडि गाडी जाम छ
साथमा छन-
प्राज्ञ मातृका पोखरेल
र केही अरु साथीहरू
यो जामको लम्वाई
कोटेश्वरसम्मै छ !
सायद
यही दृश्य र दशा होला
कलङ्कीको
वालाजुको
चावहिलको
या वल्खुको !
मानिसहरू छन बजार यात्रामा
सवैलाई केही बेच्नु छ -
कसैलाई श्रम बेच्नु छ
कसैलाई सेवा वेच्नु छ
कसैलाई षडयन्त्र बेच्नु छ
कसैलाई चाकडी
कसैलाई दलाली बेच्नु छ
आँसु वेच्नु छ
पसिना वेच्नु छ
बेच्ने केही नहुनेले
साँझपख रत्नपार्कमा बसेर
कस्मेटाइज्ड यौवन बेच्नु छ !
सुनदेखि नूनसम्म
श्रमदेखि षडयन्त्रसम्म
धम्किदेखि आश्वासनसम्म
विन्तिपत्रदेखि प्रसस्तीपत्रसम्म
भ्रान्ति क्रान्ति सवै सवै
किन बेच हुन्छ बजारमा
सवै जना छन बजार यात्रामा
र जाम छ पूरै सडक !
पार्टी सदस्यताको विक्री
सम्मान पत्रको विक्री
प्रमापत्रको विक्रि
नैतिकताको बिक्रि
मानवताको विक्रि
सवै सवै विक्री हुन्छ बजारमा !
कसैलाई श्रम बेच्नु छ र किन्नु छ
भरेलाई पिठो अलिकति
साग अलिकति
तेल अलिकति
नानीलाई कपी र कलम
यौटा सानो खेलौना पनि !
कसैलाई षडयन्त्र बेच्नु छ र किन्नु छ
नदीहरूको लाइसेन्स
कुनै विदेशी गाडीको डिलरशिप
श्रीमतीलाई सुनका चुरा
सुन ओसार्ने चोर बाटोको रुट परमिट
छोरालाई यौटा
फिमेल सेक्स टोय
छोरीलाई यौटा
मेल सेक्स टोय
र केही महङ्गा मदिराहरू आफूलाई !
किन्ने कुरा फरक छन
बेच्ने कुरा फरक छन
हरेकका सवारीहरू फरक छन
तर तर
सवै छन बजार यात्रामा
र जाम छ पूरै राजधानी !
000 
२०७५|०२|२३
ढल्को

No comments:

Post a Comment