Monday, June 22, 2015

भूकम्पपीडित स्रष्टाहरूको अभिलेख संकलन सुरू


काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विनाशकारी भूकम्पले पु¥याएको अपुरणीय क्षतिमा नेपाली वाङ्मयका अनेक स्रष्टाहरूलाई समेत प्रभावित पार्दै मृत्यु तथा घाइते र बेघर बनाएकोले पीडित स्रष्टाहरूको अभिलेख तयार गर्न ‘भूकम्पपीडित स्रष्टा अभिलेख समिति–२०७२’ स्थापना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल संयोजक रहेको समितिमा कवि कृष्ण प्रसाई सहसंयोजक, अनेसास केन्द्रीय सदस्य सन्ध्या पहाडी महासचिव र सदस्यहरूमा साहित्यकारहरू प्रतिक ढकाल र फूलमान बल रहेका छन् ।
अनेसास अध्यक्ष पदम विश्वकर्मा र वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली अनुगमन समितिमा रहेका छन् भने माया ठकुरी र प्राडा खगेन्द्रप्रसाद लुइटेल र प्राज्ञ उन्नती बोहरा ‘शीला’ , सल्लाहकार रहेका छन् । अभिलेख तयार भएपछि सो समितिको सिफारिशका आधारमा पीडितलाई अनेसास केन्द्रीय समितिले नेपाल च्याप्टरलाई उपलब्ध गराएको ५ लाख रुपैयाँ राहतमा खर्च गरिने छ । अभिलेखका लागि अन्य सम्बन्धित निकाय र सरोकारपक्षलाई उपलब्ध गराई थप राहतका लागि समेत अनुरोध गरिएने जनाइएको छ ।
http://www.margadarsan.com बाट साभार 

No comments:

Post a Comment