जन-लेखक संघ, नेपालको आयोजनामा यही २०७२ साल मंसिर ४ गते भारतीय राजदुतावास, लाजिम्पाटको अघिल्तिर भारतीय विस्तारवादको अमानवीय नाकाबन्दी बिरुद्ध बिरोधरयाली तथा सडक कविता वाचन कार्यक्रम सम्पन्न भयो । जन-लेखक संघ, नेपालका अध्यक्ष लक्ष्मणराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लक्ष्मण राजबंशी , मोहन दुवाल , मातृका पोखरेल , चन्द्र बहादुर उलक ,अनिल पौडेल , जयन्ता पोखरेल, अभय श्रेष्ठ , हरिहर तिमिल्सिना , अनुराधा थापा लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालले मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
Showing posts with label समाचार सन्दर्भ. Show all posts
Showing posts with label समाचार सन्दर्भ. Show all posts
Sunday, November 22, 2015
Saturday, November 14, 2015
बेइजिङमा देवकोटा
चीनको राजधानी बेइजिङमा अवस्थित लुसुन संग्रहालयमा यो साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जिवनी र लेखनबारे दुई दिने बृहत् प्रदर्शनी आयोजना हुने भएको छ। भोलि सोमबार र मंगलबार हुने प्रदर्शनीमा नेपालका २२ जना कलाकारले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा तयार पारेका २३ चित्र प्रदर्शन गरिने भएको छ।
उक्त कला प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार,प्राज्ञ परिषद् सदस्य नारदमणि हार्तम्छाली, सुष्मा राजभण्डारी, धनबहादुर याखा, राधेश्याम मुल्मी, केके कर्माचार्य, टेकबीर मुखिया, नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र थुम्केली, केशवराज खनाल, उत्तम ढंगोल, लक्ष्मण भुजेल, जिडी सारु, कृष्णगोपाल श्रेष्ठ, अनीता खनाल भट्टराई, रामबहादुर ठाडा, शान्त हिताङ, गणेशकुमार जीसी, संगी श्रेष्ठ, राजन काफ्ले र विवेक मुकारुङले तयार पारेका महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वमा आधारित चित्र प्रदर्शनी गरिन लागेको हो।
देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० फ्लेक्स ब्यानर, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका ५० थान समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषांक, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने बताइएको छ। प्रदर्शनीका लागि बेइजिङस्थित बेइजिङ लुसुन संग्राहलयको निमन्त्रणमा देवकोटा लुसुन प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल हिजो शनिबार बेइजिङतर्फ प्रस्थान गरेको छ।
प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाईंले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल, महेश पौड्याल र गायक जीवन शर्मा रहेका छन्। प्रदर्शनीमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको चित्रकार देवेन्द्र थुम्केलीले जानकारी गराउनुभयो।
http://www.newsofnepal.com बाट साभार
भानु जयन्ति सम्पन्न
काठमाडौँ असार २७ । शिवपुरी साहित्य समाज, रिचमण्ड बुक्स एण्ड स्टेशनरी र रिचमण्ड फूड क्याफेको संयुक्त आयोजनामा यही २०७२ साल असार २६ गते काठमान्डूको चक्रपथमा २०२ औं भानु जयन्ति कार्यक्रम सम्पन्न भयो । शिवपुरी साहित्य समाजका का.वा अध्यक्ष विष्णु बहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा – प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मातृका पोखरेल हुनुहुन्थ्यो । 

उक्त कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा वरिष्ठ साहित्यकारहरू नगेन्द्रराज शर्मा, मोहन बहादुर कायस्थ र रामकाजी कोने रहनु भएको थियो। उज्ज्वल जि.सि , लक्ष्मी उप्रेती , पुण्य घिमिरे, कृष्णदेव रिमाल , शशी थापा पण्डित , उर्मिला पन्त , सुदेश सत्याल , मोहन बुढाथोकी लगायत करिव डेढ दर्जन श्रष्टाहरू द्वारा रचना वाचन गरिएको उक्त कार्यक्रमको संचालन साहित्यिक पत्रकार निबन्ध आचार्यले गर्नु भएको थियो।
http://onlinepatrika.com बाट साभार
भारतीय दूतावासमा स्रष्टाको धर्ना
- प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घलगायत २७ संस्थाको ऐक्यबद्धतामा साहित्यकारले हस्तक्षेप नगर्न आग्रह गर्दै कालोपट्टी बाँधेर विरोध जनाए। धर्नामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभू घिमिरे, सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, वरिष्ठ साहित्यकार निनु चापागाईं, डा जगदीशचन्द्र पोखरेल, डा रामप्रसाद ज्ञवाली, अमर गिरी, डा ईश्वरचन्द्र ज्ञवाली, हरिहर खनाल, खगेन्द्र राई, मातृका पोखरेल, डा गोविन्द भट्टराई, श्रवण मुकारुङ, लक्ष्मी माली, सुशीला प्रधानाङ्ग, यशोदा अधिकारीलगायतका साहित्यकार उपस्थित थिए।
http://www.mysansar.com बाट साभार
दबाबका सामु नझुक्न २९ प्रगतिशिल संघ–संस्थाको माग
काठमाडौं– विभिन्न प्रगतिशिल संघ–संगठनहरुले छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष आव्हान गरेका छन् । २९ वटा प्रगतिश संघ–संगठनले शनिवार संयुक्त विज्ञप्ती जारी गरेर दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न माग गरेका छन् ।
‘अन्तर्राष्ट्रिय विधि, परम्परा र कानुनको ठाडो उल्लङ्घन गर्दै भूपरिवेष्टित छिमेकी राष्ट्र नेपालको जनजीवनलाई नै तहसनहस पारी आफ्नो प्रभुत्व जमाउने, एकपक्षीय हित र स्वार्थ पूरा गर्ने तथा प्राकृतिक स्रोत र साधनहरूको अन्यायपूर्ण दोहन गर्ने मनसायले यो नाकाबन्दी गरिएको हो । ’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यसो गर्नुमा हाम्रो प्रतिदिन बढ्दै गइरहेको राष्ट्रिय परनिर्भरता, खुला सीमानाको दुरुपयोग र सांस्कृतिक सम्बन्धको भ्रष्टीकरणले पनि काम गरेको छ । तसर्थ राज्यले राष्ट्रिय आत्मनिर्भरता र स्वावलम्बनको गुरुयोजना निर्माण गर्नु जरुरी छ ।
त्यसै गरी आधारभूत आवश्यकताका वस्तुहरूको एकपक्षीय परनिर्भरताले पनि यो उत्पीडनलाई सहयोग पु¥याएको छ ।’
विज्ञप्तीमा नेपालमा हाल भइरहेको भारतीय अघोषित नाकाबन्दी र अस्वाभाविक दबाबद्वारा सार्वभौमिकतामाथि नै हस्तक्षेप गरिएको भन्दै विरोध गरिएको छ । विज्ञप्तीमा नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गरिएको छ । ‘यसको तत्कालिक र दीर्घकालिक भरपर्दो विकल्प खोज्न, दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न हामी माग गर्दछौँ ।
नेपालीका घरआँगनमा आएका चाडपर्वको पूर्वसन्ध्यामा हामी राज्य समक्ष नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गर्दछौँ । ’ विज्ञप्तीमा भनिएको छ ।
उनीहरुले विज्ञप्तीमा छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि अपिल गरेका छन् । देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली स्रष्टा, संस्कृतिकर्मी तथा कलाकारहरूलाई यसको सशक्त विरोध र प्रतिवाद गर्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ । ‘देशलाई पराधीन बनाउने पुराना असमान सन्धि–सम्झौता खारेज गर्न र पुनः त्यस्ता सन्धि सम्झौता नगर्न पनि नेपाल सरकारलाई सजग गराउँदछौँ । ’ विज्ञप्तीमा छ ।
संयुक्त विज्ञप्ती निकाल्ने संघ– संस्थाहरु
(१) प्रगतिशील लेखक संघ : अमर गिरी
(२) देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान : निनु चापागाईँ
(३) इच्छुक सांस्कृतिक प्रतिष्ठान : डा. जगदीश चन्द्र भण्डारी
(४) युद्धप्रसाद मिश्र प्रतिष्ठान : वासुदेव अधिकारी
(५) घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान : गणेश भण्डारी
(६) पारिजात स्मृति केन्द्र : लक्ष्मी माली
(७) राष्ट्रिय जनसांस्कृतिक महासंघ : खगेन्द्र राई
(८) अखिल नेपाल जनसांस्कृतिक महासंघ : ईश्वरचन्द्र ज्ञवाली
(९) एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ : मातृका पोखरेल
(१०) अखिल नेपाल जनसांस्कृतिक महासंघ : खेम थपलिया
(११) जन साहित्यिक मञ्च : विनोद मञ्जन
(१२) अखिल नेपाल लेखक संघ : हिरामणि दुःखी
(१३) एकीकृत अखिल नेपाल लेखक संघ : तेजविलास अधिकारी
(१४) साहित्य सन्ध्या : भागवत आचार्य
(१५) प्रतिभा प्रवाह : मित्रलाल पंज्ञानी
(१६) साहित्य सदन, नेपाल : वसन्त रिजाल
(१७) रमेश विकल साहित्य प्रतिष्ठान : विजय चालिसे
(१८) नागार्जन साहित्य प्रतिष्ठान : प्रकाश सिलवाल
(१९) सिस्नुपानी नेपाल : लक्ष्मण गाम्नागे
(२०) त्रिशूली वाङ्मय प्रतिष्ठान : श्रीहरि फुँयाल
(२१) स्रष्टा समाज नेपाल : अतृप्त पाण्डे
(२२) क्रान्तिकारी सांस्कृतिक विङ्स : पुण्य गौतम ‘विश्वास’
(२३) उन्मुक्त पुस्ता : कला अनुरागी
(२४) काव्यशिविर अभियान : प्रोल्लास सिन्धुलीय
(२५) नेपाली साहित्य घर : विष्णु भण्डारी
(२६) नेपाल साहित्यिक पत्रकार संघ : रोचक घिमिरे
(२७) जनमत वाङ्मय प्रतिष्ठान : मोहन दुवाल
(२८) रातो घर : स्नेह सायमी
(२९) अभियान साहित्य प्रतिष्ठान : छायादत्त न्यौपाने
http://www.ratopati.com बाट साभार
Sunday, October 18, 2015
Sunday, August 23, 2015
गीतकार हरिहर तिमल्सिनाको कविता संग्रह विमोचित

काठमाडौं,
जन–आन्दोलन भाग २ पछि भएको राष्ट्रगान प्रतियोगितामा दोस्रो भएका गीतकार हरिहर तिमल्सिनाको कविता संग्रह विमोचित भएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि श्यामल, आख्यानकार नारायण ढकाल, कवि नर्मदेश्वर प्रधान , कवि एवम् प्राज्ञ मातृका पोखरेलले ठमेलको एक होटलमा तिमल्सिनाको ‘गाउँ हराएको साँझ’ संयुक्त विमोचन गरे।
‘सँया साहित्यिक समुह’ ले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कवि फुलमान वलले तिमल्सिनाको कवितामाथि टिप्पणी गरेका थिए। वलले आफू गाउँबाट आएकाले एउटा गाउँलेको दृष्टीमा सहरले आफ्नो मौलिक पहिचान बिर्संदै शक्तिको पछि लाग्दै गरेको देखिरहेको बताउँदै कवितामा पनि यस्तै बिम्बित गरेको बताए। साथै उनले कवितामा परिवर्तनप्रतिको असन्तुष्टी र बिरोधाभाष अनुभुति रहेको र कविताका लागि चाहिने स्रोत सबै अमुर्त रहेको बताए।
अर्का समिक्षक महेश पौडेलले कविताका बारेमा समिक्षकले कमजोरीलाई पनि प्रयोग मानिने परम्परा साहित्यका लागि जोखिम हुने भन्दै कवितामा इतिहास निर्माण हुँदादेखि अहिलेसम्म रहेको शास्वत सत्य ‘भोकको रोदन’ समेटिएको बताए। साथै उनले समयले पारेको मनोवैज्ञानिक असर, विकृत समयमा देखिने सपना, अन्धविश्वास, गरिबी र भोकले उब्जाएको आक्रोश, नैराश्यता र निजत्व हरिहरको कवितामा रहको बताए। पौडेलले कवितामा शब्दचयन गर्दा तिनले बोल्ने भाषाका बारेमा कविले जानेको भए र कवितालाई अझै सांकेतिक बनाउने प्रयास गरिएको भए अझै राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिए।
कविताकै बारेमा बोल्न मञ्चमा पुगेका अर्का कवि श्यामलले कविताको व्याकरण र विचार नहुने तर नयाँ ल्याइने विचार भने श्रेष्ठ हुनुपर्ने विचार राख्दै हरिहरका कवितामा त्यो भए/नभएको भन्ने कुरा विचारणिय पक्षमा पर्ने जनाए। उनले आफू मार्क्सवादी स्कुलको भएपनि निराशावादी कविता लेखिनुहुन्न भन्ने कुराको बिरोधी रहेको बताउँदै हरिहरको कवितामा नयाँ भाषा खोजको सम्भावना रहेको बताए।
वक्ताले बोल्ने क्रममै मञ्चमा पुगेका बिमोचित कृति ‘गाउँ हराएको साँझ’ का सर्जक हरिहर तिमल्सिनाले कवितामा आफूले बाँचेको समाज र युगसँग संवाद गर्ने प्रयास गरेको खुलाए।
मञ्चमा प्रमुख आकर्षणको केन्द्रमा रहेका राष्ट्रकवि माधव घिमिरेले पनि हरिहरको खुलेरै प्रशंसा गरे। ‘म ९७ मा हिँड्दैछु। महाकाव्यमा काम गरिरहेकाले बोलाएको सबै ठाउँमा जान र माया गरेर दिएका सबै किताब पढ्न सक्दिन। तर, यो कविता पढेँ।’ अघिपछि कुर्सीमै बसेर बोल्ने कविले मञ्चमा उठेर जोसिँदै बोले,‘संग्रहमा श्यामलजीको भूमिका पनि भएकाले र कविता कुन सर्न्भमा लेखिएको भन्ने खुलाइएकाले पनि पढेको हूँ। हरिहरका कविता सरल छन्।’
राष्ट्रकवि घिमिरेले कवितामा समय स्पर्श नगरी लेख्दा जीवन्त नहुने औंल्याउँदै आफ्ना कविता कसैले बुझे पनि नबुझे पनि खासै असर नपर्ने बिचार पनि राखेका थिए।
http://www.filmypati.com बाट साभार
हरिकृष्ण दर्शनधारीको स्मृति सभा

१ भदौ, कीर्तिपुर । कलाकार हरिकृष्ण दर्शनधारीको तेस्रो स्मृति सभा शनिबार कीर्तिपुरमा सम्पन्न भयो । इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुरले आयोजना गरेको उक्त कार्यक्रममा स्मृति मन्तव्य र गीतहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा पूर्वराज्यमन्त्री दिलिप महर्जन, इसासका संस्थापक अध्यक्ष तथा संगीतकार रायन श्रेष्ठ र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार मातृका पोखरेलले कलाकार दर्शनधारीको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । दर्शनधारीका समकालीन नृत्यकलाकारहरू नारायणदेवी प्रधान र राधेश्याम प्रधानले पनि मन्तव्य राखेका थिए । उनको सम्झनामा कलाकारहरू रानीशोभा महर्जन, दीपा महर्जन र प्रमिला महर्जनले गीत प्रस्तुत गरेका थिए । ‘तिमी गयौ हरि दर्शनधारी’ बोलको कवि दुर्गालाल रचित उक्त गीत जनसंगीतकारका रूपमा परिचित गुजे मालकारले संगीतबद्ध गरेका हुन् । इसास कीर्तिपुरका अध्यक्ष वीरप्रसाद भन्सारीले सञ्चालन गरेको स्मृति सभाको अध्यक्षता इसासका संस्थापक कोषाध्यक्ष वदन शर्माले गरेका थिए । हरिकृष्ण दर्शनधारी तीसको दशकको अन्त्यतिर प्रदर्शित जनगीति नाटक ‘सिम्मा’का नृत्य निर्देशक हुन् । उनले त्यसबाहेक नेपालीमा ‘कहाली’ र ‘बुहारी’ गीतिनाटक तथा नेपाल भाषामा ‘लसय् हँगु विरोध’ अपेराको सफल नृत्य निर्देशन गरेका थिए । प्रगतिशील तथा श्रमजीवी जनतामाझ लोकप्रिय दर्शनधारी चर्या, लोक तथा आधुनिक नृत्य विधामा पनि पारंगत मानिन्थे । दर्शनधारीको २०६९ साउन ५ गते निधन भएको थियो ।
http://emulyankan.com बाट साभार
पूर्वएकता केन्द्र नेताहरूको छुट्टै भेला
एमाओवादीले आन्दोलनको रक्षा र नेतृत्व गर्नै नसक्ने ठहर
रामकृष्ण अधिकारी/राजधानीकाठमाडौं, ५ भदौं २०७२
एकीकृत नेकपा माओवादीभित्र नयाँ धारको औपचारिक जन्म भएको छ । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अलग–अलग गुटबन्दी सञ्चालन गर्दै आउँदा पार्टीभित्रको गुटहरूलाई भत्काउनुपर्ने बताउँदै आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकटका नेताहरूले औपचारिक रूपमा नयाँ धारको घोषणा गरेका हुन् ।
शनिबार राजधानीको कालिमाटीस्थित एभरेस्ट कलेजमा पूर्वएकता केन्द्रबाट माओवादीमा आएका नेताहरूले छुट्टै भेला गरी नयाँ धारको औपचारिक घोषणा गरेका हुन् । यद्यपि, यसलाई उनीहरूले एमाओवादीभित्रकै नयाँ गुट या पूर्वएकताकेन्द्र पक्षधरहरूको रूपमा नभई क्रान्तिकारी आन्दोलनलाई संगठित गर्ने नयाँ समाजवादी अभियान भएको बताएका छन् । उनीहरूले हालको एमाओवादीबाट अब क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नेतृत्व दुवै नहुने निष्कर्ष निकाल्दै नयाँ ढंगले आन्दोलनलाई पुनगर्ठनको आवश्यकता औंल्याएका छन् ।
‘औपचारिक कम्युनिस्ट क्रान्तिकारी संस्था अब माओवादी आन्दोलनभित्र रहेन, क्रान्तिकारी व्यक्ति भने छन्, व्यक्तिबाट छलफलको आरम्भ गरी नयाँ ढंगले आन्दोलन पुनर्गठन अभियान चलाउने उद्देश्यले हामीले छलफल सुरु गरेका हौं,’ अभियानको संयोजनको जिम्मा लिएका नेता प्रकाशहरि पोखरेलले राजधानीसँग भने । उनीहरूले यसलाई ‘समाजवादका लागि वैचारिक अभियान’ नामांकन गरेका छन् ।
अभियानमा पोखरेलको संयोजकत्वमा श्रीकृष्ण श्रेष्ठ, गोविन्द महर्जन, जागृत रायमाझीलगायतका नेताहरू छन् । ‘अब प्रचण्डले नेतृत्व गरेको माओवादी धारबाट मात्र क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले वैचारिक अभियान चलाउन लागेका हौं,’ पोखरेलले भने । शनिबारको भेलामा वरिष्ठ नेता अमिक शेरचनदेखि लीलामणि पोखरेल, विश्वभक्त दुलाल (आहुति), पेशल खतिवडा, धनीराम पौडेल, मातृका पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।
उनीहरू सबै पूर्वएकता केन्द्रबाट माओवादीसँग पार्टी एकतामा आएका नेता हुन् । भेलामा नेकपा मालेबाट माओवादी प्रवेश गरेका दिनेश पन्थीको पनि सहभागिता रहेको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव गिरिराजमणि पोखरेल भेलामा उपस्थित नभए पनि उनीहरूले अभियानप्रति नैतिक समर्थन जनाएको संयोजक पोखरेलले जानकारी दिए ।
संविधान निर्माण, माओवादी पार्टीका गतिविधि र समाजवादी आन्दोलनमा पार्टीको धारणालगायतका विषयको अध्ययनपछि एमाओवादी अब क्रान्तिकारी पार्टी नरहेको निष्कर्ष उनीहरूले निकालेका हुन् । ‘एमाओवादी पार्टी त अब विघटनजस्तै भइसकेको छ, यसलाई निर्मममतापूर्वक नयाँ ढंगले रूपान्तरणसहितको पुनर्गठन नगर्ने हो भने पार्टीको रूपमा रहँदै रहँदैन,’ अभियानको नेतृत्वकर्तामध्येकै पूर्वविद्यार्थी नेता जागृत रायमाझीले राजधानीसँग भने, ‘अहिले त्यसैका लागि ‘लुज फोरम’को रूपमा छलफल सुरु गरेका हौं ।’
शनिबारको भेलालाई अमिक शेरचन, लीलामणि पोखरेल र विश्वभक्त दुलालले सम्बोधन गरेका थिए । शेरचनले हालको एमाओवादी फेरिन सक्ने अवस्था लगभग समाप्त भएकाले अब यही संरचनाको पार्टी र नेतृत्वबाट क्रान्तिकारी आन्दोलन नहुने भएकाले क्रान्तिकारीहरूले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए ।
अर्का नेता लीलामणि पोखरेलले नेपाली समाजको चरित्रको व्याख्यामै एमाओवादी पार्टीले लिएको निष्कर्ष तथ्यसंगत नभएको टिप्पणी गरेका थिए । ‘नेपाली समाजको चरित्रमा दुईखाले बहस छ, एउटा पुँजीवाद आएको भन्ने र अर्काे २००७ सालकै पेरिफेरिमा रहेको भन्ने, अहिलेको समाजको चरित्र कस्तो भन्ने बहस र छलफल पुगेकै छैन,’ पोखरेलको भनाइ उद्धृत गर्दै पूर्वविद्यार्थी नेता रायमाझीले राजधानीसँग भने, ‘एमाओवादीले गरेको नेपाली समाजको अहिलेको चरित्रको व्याख्या नै तथ्यसंगत छैन ।’
देश सार्वभौम नभएको र अझै पनि विदेशीहरूको गुलामको अवस्थामा रहेको बेला पँुजीवादी व्यवस्थामा प्रवेश गरेको भन्ने तर्क तथ्यसंगत नभएको पोखरेलको भनाइ थियो । नेता दुलालले भने अब पुरानै तरिकाबाट नहुने भन्दै नयाँ ढंगले क्रान्तिकारीहरूले पहल लिनुपर्ने बताएका थिए । ‘प्रचण्डको नेतृत्वको माओवादी धारबाट आएका भन्दा हामी पूर्वएकता केन्द्रको धारबाट आएका नेता–कार्यकर्ता बढी क्रान्तिकारी देखियौं,’ दुलालको तर्क थियो ।
भेलामा सहभागीहरूले पार्टी केन्द्र र तलका बिचमा समन्वय हुन नसकेको, चेन अफ कमान्ड नै नभएको जस्ता कारण एमाओवादी पार्टी अब चल्न नसक्ने बताएका थिए । उनीहरूले अब पार्टीको महाधिवेशनबाट पनि निकास निस्कन नसक्ने ठोकुवा गरेका छन् ।
‘महाधिवेशन गर्दा पनि हेटौंडा महाधिवेशनकै जस्तो भीडतन्त्रमा परिणत हुन्छ, यसले निकास ल्याँउदैन,’ पोखरेलले भने, ‘प्रचण्डले नेतृत्व छोडेर बाबुरामलाई उत्तराधिकारी बनाउने भन्ने कुरा झन् अर्काे नयाँ सामन्तवादको पुनरावृत्ति गर्ने काम मात्रै हो ।’ पोखरेलले अब देशव्यापी रूपमा ‘समाजवादका लागि वैचारिक अभियान’का नाममा बहस चलाएर जाने बताए ।
‘नेता बन्ने हाम्रो रहर पनि होइन, पूर्वएकता केन्द्रलाई पुनः ब्यूँताएर प्रकाश (नारायणकाजी श्रेष्ठ) लाई नेता बनाएर मात्र पनि हुँदैन,’ पोखरेलले भने, ‘अब यथास्थितिमा पार्टी रहँदैन, त्यसबाट सम्बन्धविच्छेद गर्नुपर्छ तर कहिले गर्ने भन्ने बहस गर्नुपर्छ ।’
http://www.rajdhani.com बाट साभार
प्रकाशित मिति: २०१५-०८-२३
Friday, August 21, 2015
जननृत्य गुरू हरिकृष्ण दर्शनधारीको सम्झना

२०७२ साउन ३० । नेपाली भाषाको सिम्मा, कहाली र बुहारीदेखि नेपालभाषाको ‘लसय् हंगु विरोध’जस्ता गीति नाटकका निर्देशक रहेका हरिकृष्ण दर्शनधारीलाई शनिबार कीर्तिपुरमा सम्झना गरिएको हो ।
समाजलाई दिने बाहेक लिने कुनै चासो र चिन्ता नभएका जनकलाकारको व्यक्तित्व बनाएका र जननृत्य गुरुका रुपमा स्थापित रहेका हरिकृष्ण दर्शनधारीको सम्झनामा चौथो स्मृतिसभा आयोजना गरिएको हो । ६७ वर्षको उमेरमा २०६८ सालमा देहान्त भएका दर्शनधारीको स्मृतिसभामा कलाकारहरु राधेश्याम प्रधान, नारायणदेवी प्रधान, रायन श्रेष्ठसँगै प्राज्ञ एवं साहित्यकार मातृका पोखरेल र पूर्व राज्यमन्त्री दिलिप महर्जनले मन्तव्य राखेका थिए ।
इन्द्रेणी सांस्कृतिक समाज [इसास]का सस्थापक अध्यक्ष रायन श्रेष्ठले आफ्ना निकटका मित्र हरिकृष्ण दर्शनधारीसँग लामो समय सँगै क्रियाशील रहेको सम्झना गरे । दर्शनधारीसँग अहंकार नरहेको र उनी निष्क्रिय भएर रहनै नचाहने व्यक्तिको रुपमा रहेको श्रेष्ठले बताए ।
सांस्कृतिक क्षेत्रलाई अगाडि लैजान उनी हरपल क्रियाशील रहेको, त्यसमाथि पनि कीर्तिपुरमा नृत्य सिकाउने भनेपछि उनी निकै उत्साहित हुने गरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘जजसले उनीबाट नृत्य सिक्नुभएको छ, अब उनीहरुले हरिकृष्ण दर्शनधारीको सीप र कलालाई जीवित राख्न म हार्दिक अनुरोध गर्दछु ।’
हरिकृष्ण दर्शनधारीलाई स्मरण गर्दै कलाकार राधेश्याम प्रधानले उनको योगदानको चर्चा गर्दै उनी एक मिलनसार, सहयोगी, कहिले पनि नरिसाउने व्यक्तिको रुपमा रहेका बताए ।
आफू धेरै समयसम्म उनी सँगसँगै विभिन्न कार्यक्रममा संलग्न रहेको सम्झँदै प्रधानले उनी राजनीतिक मुद्दामा कुरा गर्नु भन्दा पनि कसरी सांस्कृतिक फाँटलाई बलियो पार्ने भन्ने बारेमा चिन्तित रहने गरेको बताए ।
कलाकार नारायणदेवी प्रधानले हरिकृष्ण दर्शनधारीलाई आँखामा राख्दा पनि नबिझ्ने व्यक्तिको रुपमा रहेको बताइन् । राट्रिय प्रज्ञा प्रतिष्ठानको उद्घाटनमा उनको सहभागिताले निकै चर्चा पाएको सम्झँदै प्रधानले दर्शनधारी हरेक परिस्थितिमा पनि हाँसिराख्ने र अरुलाई पनि हँसाउने व्यत्तिाmको रुपमा चिनिएको जानकारी दिइन् ।
‘घरमा जस्तोसुकै समस्या भए पनि कार्यक्रम भनेपछि उनी सहभागी नभएको कार्यक्रम नै सायद छैन होला । त्यसैले आज हाम्रो अगाडि उनको भौतिक शरीर नभए पनि उनले सांस्कृतिक क्षेत्रमा गरेको योगदान जीवित रहेको छ,’ उनले बताइन् ।
हरिकृष्ण दर्शनधारीको अतीतबारे बोल्दै प्राज्ञ मातृका पोखरेलले उनले जीवनको सम्पूर्णजसो कालखण्ड कला, सगीत र नृत्य क्षेत्रमा बिताएको कुरा प्रस्ट पारे । उनले अब हरिकृष्ण दर्शनधारीका योगदानलाई समेटेर स्मृतिग्रन्थ निकाल्नुपर्ने, त्यसबाट पछिल्लो पुस्ताले उनको जीवनबारे थाहा पाउन सक्ने विचार राख्दै त्यस्तो असल काममा आफू पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कीर्तिपुरको मंगल उच्च मा.वि.को प्रांगणमा सम्पन्न स्मृतिसभाको शुरुमा स्वर्गीय दर्शनधारीको तस्बिरमा फूलमालाले श्रद्धाञ्जली अर्पण गरिएको थियो भने उनको सम्झनामा स्वागतगीत पनि प्रस्तुत गरिएको थियो ।
जननृत्य गुरूका रुपमा स्थापित हरिकृष्ण दर्शनधारी लामो समयसम्म आबद्ध रहेको इसास, कीर्तिपुर र इसास, पाटनको आयोजनामा स्मृतिसभा भएको थियो । कलाकार वदन शर्माको सभापतित्वमा भएको सभाको सञ्चालन कलाकार वीरप्रसाद भन्सारीले गरेका थिए ।
http://esamata.com बाट साभार
भानु जयन्ति सम्पन्न
काठमाडौँ असार २७ । शिवपुरी साहित्य समाज, रिचमण्ड बुक्स एण्ड स्टेशनरी र रिचमण्ड फूड क्याफेको संयुक्त आयोजनामा यही २०७२ साल असार २६ गते काठमान्डूको चक्रपथमा २०२ औं भानु जयन्ति कार्यक्रम सम्पन्न भयो । शिवपुरी साहित्य समाजका का.वा अध्यक्ष विष्णु बहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा – प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मातृका पोखरेल हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा वरिष्ठ साहित्यकारहरू नगेन्द्रराज शर्मा, मोहन बहादुर कायस्थ र रामकाजी कोने रहनु भएको थियो। उज्ज्वल जि.सि , लक्ष्मी उप्रेती , पुण्य घिमिरे, कृष्णदेव रिमाल , शशी थापा पण्डित , उर्मिला पन्त , सुदेश सत्याल , मोहन बुढाथोकी लगायत करिव डेढ दर्जन श्रष्टाहरू द्वारा रचना वाचन गरिएको उक्त कार्यक्रमको संचालन साहित्यिक पत्रकार निबन्ध आचार्यले गर्नु भएको थियो।
http://onlinepatrika.com बाट साभाररमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयाम’ सार्वजनिक
काठमाडौँ : रमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयाम’ नामक कृति सार्वजनिक भएको छ । मंगलबार सर्वनाम नाटक घरमा प्रा. राजेन्द्र सुवेदीको ७१ औँ जन्मोउत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रा.डा चुडामणि बन्धुले ‘राजेन्द्र सुवेदीका आयाम’को विमोचन गरे ।
सुवेदीको जीवनी र कृतित्वमा आधारित कृतिमाथि समालोचक लक्ष्मण गौतमले समीक्षात्मक मन्तव्य व्यक्त गरे । गौतमले कृतिमा सुवेदीको बहुआयामिक व्यक्तित्व समेटिएको उल्लेख गरे । गौतमले सुवेदी नेपाली साहित्य क्षेत्रको ठूलो नदी भएको उल्लेख गर्दै भने, ‘ठूला नदीको जल रमेश शुभेच्छुले एउटा लोटामा राख्नु भएको छ । यो प्रशंसनिय कार्य हो ।’
गौतमले कृतिमा केही सामाग्री पुनरावृत्ति भएकाले त्यसलाई आगामी संस्करणमा सच्याउन समेत आग्रह गरे ।
गौतमले कृतिमा केही सामाग्री पुनरावृत्ति भएकाले त्यसलाई आगामी संस्करणमा सच्याउन समेत आग्रह गरे ।
‘सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति’ले आयोजना गरेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अभिवादन समितिका अध्यक्ष रमेश भट्टराइले भने, ‘गुरु शिष्यको परम्परामा हामी सामेल भयौँ । गुरु शिष्यको सम्मान गर्ने परम्परा बसाल्यो भने मात्र हामीले पनि सम्मान पाउछौँ ।’
कार्यक्रममा प्रा. केशव सुवेदीले राजेन्द्र सुवेदीको व्यक्तित्वबारे चर्चा गरे भने प्रा.डा. माधव प्रसाद पोखरेलले सुवेदी नेपाली साहित्यका पाठकका लागि संस्था भएको चर्चा गर्दै भने, ‘राजेन्द्र सुवेदी नेपाली साहित्यका पाठकका लागि सिंगो संस्था हो ।’
कृति विमोचन कार्यक्रममा बोल्दै लेखक रमेश शुभेच्छुले सुवेदीको कृति प्रशंसा नभएर समालोचनात्मक भएको उल्लेख गरे । शुभेच्छुले नेपाली साहित्यमा पछिल्लो समय सेलिब्रेटीका पुस्तक अर्कै लेखकले लेख्ने परम्पराले सही लेखकको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । शुभेच्छुले भने, ‘एउटा व्यक्तिको आत्माकथा आज लेखिदा महान् कृति भएको छ । त्यो भोली फोटोकपी गरेर अर्काले उपन्यास बनाएर बजारमा आएमा त्यसप्रति को जिम्मेवार ?’
कृति विमोचन कार्यक्रममा बोल्दै लेखक रमेश शुभेच्छुले सुवेदीको कृति प्रशंसा नभएर समालोचनात्मक भएको उल्लेख गरे । शुभेच्छुले नेपाली साहित्यमा पछिल्लो समय सेलिब्रेटीका पुस्तक अर्कै लेखकले लेख्ने परम्पराले सही लेखकको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । शुभेच्छुले भने, ‘एउटा व्यक्तिको आत्माकथा आज लेखिदा महान् कृति भएको छ । त्यो भोली फोटोकपी गरेर अर्काले उपन्यास बनाएर बजारमा आएमा त्यसप्रति को जिम्मेवार ?’
‘राजेन्द्र सुवेदीका आयाम’ दुई सय ६७ पृष्ठमा समेटिएको छ भने कृतिमा आठ पाठ समेटिएका छन् । पुस्तकमा सुवेदीको पृष्ठभूमि, जीवन यात्रा, सिर्जन यात्रा, समीक्षा यात्रा, सम्पादन यात्रा, शैक्षिक यात्रा, कृति स्तम्भ, सुवेदीका रोडमोडल सामथ्र्य र विशेसाङ्कनसम्मका सामाग्री समेटिएका छन् ।
कृति विमोचन कार्यक्रममा प्रा.डा. वासुदेवी त्रिपाठी, प्रा.केशव प्रसाद सुवेदी प्रा.डा. माधव पोखरेल, लगायतले राजेन्द्र सुवेदीको ७१ औँ जन्मोत्सवको अवसरमा सुवेदीलाई दीर्घायुको शुभकामना समेत दिएका छन् ।
प्राज्ञ प्रा. दिनेशराज पन्त, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रज्ञ मातृका पोखरेल, प्रा.डा. सुधा त्रिपाठी लगायत नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । कृतिलाई जुगल पब्लिकेशन प्राली बुद्धनगरले प्रकाशन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७२ समय - १९:४८:४२ | 4 Aug, 2015
नेपाल भारत साहित्य साटासाट

काठमाडौं: भारतीय साहित्यकार अरुण माहेश्वरीले नेपालका उत्कृष्ट पाँचवटा उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने बताएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वाणी प्रकाशनका व्यवस्थापक निर्देशक समेत रहेका उनले भने, 'हामी भारतका उत्कृष्ट पाँच उपन्यास उपलब्ध गराउनेछौं।
यसरी साटासाट गरेर एकअर्को भाषामा अनुवाद गर्दै जाँदा दुवै मुलुकको साहित्य प्रवद्र्धन हुनेछ।'
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भारतीय साहित्य अकादमीसँग तीन वर्षअघि नै साहित्य अनुवाद गर्नेलगायतका सम्झौता भइसकेको बताए। 'संस्थागत ढंगले प्रतिष्ठानले काम गरिरहेको छ, अब निजी क्षेत्रका प्रकाशनगृहसँग पनि सहकार्य गर्नेछौ।
यो कार्य निरन्तर चलिरहने छ', उनले भने। अर्का भारतीय साहित्यकार केदारनाथ सिंहले नेपालसँग भारतको साहित्यिक सम्बन्ध गहिरो रहेको बताए। 'भारतीय साहित्यकार नेपालमा निस्किएका नयाँ पुस्तकबारे चासो राखिरहन्छन्', उनले भने।
कार्यक्रममा उप्रेती, सिंह र माहेश्वरीका साथै विष्णुविभू घिमिरे, अमर गिरी, श्रवण मुकारुङ, मातृका पोखरेल, नरनाथ लुइँटेल, सन्ध्या पहाडीले कविता सुनाएका थिए।
http://www.annapurnapost.com बाट साभार
Subscribe to:
Posts (Atom)




