Tuesday, June 30, 2015

"समकालीन नेपाली कथामा साँस्कृतिक चेतना" विषयक बिचार गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान, गद्य /आख्यान बिभागको आयोजना र बेलबारी साहित्य विकास समितिको सह-आयोजनामा यही २०७२ साल असार १२ गते मोरङको बेलबारीस्थित बेलबारी २ नं. को साँस्कृतिक भवनमा "समकालीन नेपाली कथामा साँस्कृतिक चेतना" विषयक बिचार गोष्ठी सम्पन्न भयो । वरिष्ठ आख्यानकार खगेन्द्र सङग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विचारगोष्ठीमा समालोचक पुरुषोत्तम सुबेदीले "समकालीन नेपाली कथामा साँस्कृतिक चेतना" विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्र माथि आख्यानकार नयनराज पाण्डेले र समालोचक प्रा. डा. बद्रीविशाल पोखरेलले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रा. डा. राजेन्द्र विमल , बिमल निभा , नारायण ढकाल , पुण्यप्रसाद खरेल , प्रा. डा. भिम खतिवडा , मिश्र वैजयन्ती , गङ्गा सुवेदी , शिवमाया तुम्बाहाम्फेले आ-आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य उपेन्द्र पागलले स्वागत मन्तव्य र अर्का प्राज्ञ सभा सदस्य विवस पोखरेलले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीले गर्नु भएको थियो । कार्यक्रमको ओचित्यका बारेमा कार्यक्रमका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य एवं गद्य / आख्यान बिभागका प्रमुख मातृका पोखरेलले प्रष्ट पार्नुभएको उक्त कार्यक्रममा सिर्जना बाचनको कार्यक्रम पनि राखिएको थियो । कार्यक्रमको संचालन तिला लेकालीले गर्नुभएको थियो।
उक्त कार्यक्रमसँग सम्बद्ध फोटो एवम् कार्यपत्र - http://www.samakaleensahitya.blogspot.com  मा उपलब्ध छ ।














No comments:

Post a Comment