Tuesday, June 9, 2015

अनेसासको विशेष साहित्यिक समारोह सम्पन्न



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिले हिजो २०७२ जेठ २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साहित्यिक समारोहको आयोजना गरी समाजबाट प्रकाशित अन्तर्दृष्टि (अनेसासको साहित्यिक प्रकाशन अंक ३९) को लोकार्पण तथा भूकम्प पीडित स्रष्टाहरूलाई राहत प्रदान गर्न समिति घोषणा तथा साङ्गीतिक समारोहको आयोजना गर्‍यो |सोही समारोहमा अनेसास नेपाल च्याप्टरलेकेन्द्रीय अध्यक्ष पदम विश्वकर्मालाई सम्मान पनि प्रदान गरेको थियो |

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको सो समारोहको अध्यक्षता अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गर्नु भएको थियो | कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजनले गीतहरू प्रस्तुत गर्नु भएको थियो भने कुलपति गङ्गा प्रसाद उप्रेती, अनेसास अध्यक्ष पदम विश्वकर्मा, वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, अनेसासका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो | कार्यक्रममा भूकम्पको शोकलाइ शक्तिमा बदल्दै काम सरु गर्ने संदेश व्यक्त गरिएको थियो |

सोही कार्यक्रममा भूकम्प पीडित स्रष्टाहरूलाई राहत प्रदान गर्न गठित समितिका सदस्यहरूलाई मनोनयन पत्र पनि प्रदान गरिएको थियो | सो समितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद सदस्य मात्रिका पोखरेल (संयोजक), सदस्यहरूमा साहित्यकारहरु प्रतीक ढकाल, कृष्ण प्रसाई र फुलमान बल तथा सदस्य सचिवमा सन्ध्या पहाडी रहनु भएको छ |





http://www.brtnepal.com बाट साभार 

No comments:

Post a Comment