Sunday, November 22, 2015

अमानवीय नाकाबन्दी बिरुद्ध सडक कविता वाचन कार्यक्रम सम्पन्न

जन-लेखक संघ, नेपालको आयोजनामा यही २०७२ साल मंसिर ४ गते भारतीय राजदुतावास, लाजिम्पाटको अघिल्तिर भारतीय विस्तारवादको अमानवीय नाकाबन्दी बिरुद्ध बिरोधरयाली तथा सडक कविता वाचन कार्यक्रम सम्पन्न भयो । जन-लेखक संघ, नेपालका अध्यक्ष लक्ष्मणराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लक्ष्मण राजबंशी , मोहन दुवाल , मातृका पोखरेल , चन्द्र बहादुर उलक ,अनिल पौडेल , जयन्ता पोखरेल,   अभय श्रेष्ठ , हरिहर तिमिल्सिना , अनुराधा थापा लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालले मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।






























No comments:

Post a Comment