Wednesday, November 9, 2016

कवि पूर्णविराम सम्मानित

काठमाडौं – कविता लेखेकै कारण विभिन्न कालखण्डमा जेल जीवन बिताएका कवि पूर्ण विरामलाई आज कालोपुलस्थित उहाँकै निवासमा साहित्यकारहरू भेला भई सम्मान गरिएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आयोजित कार्यक्रममा गत महिना नेपाल प्रज्ञा प्रतिष्ठानले कवि विरामलाई आजीवन सदस्यता दिने निर्णय गरेर राज्यले सानो भए पनि सम्मान दिएको बताइयो । साहित्यकारहरूले कवि विरामको घरमा प्रतिष्ठानको ‘आजीवन सदस्य’ लेखिएको पाटी पनि टाँसिदिएका छन् । कार्यक्रममा बोल्दै महासङ्घका संयोजक मातृका पोखरेलले कवि विरामले गणतन्त्रका लागि लेखनीबाट लामो र कठोर सङ्घर्ष गरेको स्मरण गर्नुभयो । पञ्चायतकालमा पनि जेल जीवन बिताएका कवि विरामलाई २०६० साल भदौ १२ गते प्रहरीले हिरासतमा लिएपछि उहाँ ७६ दिनसम्म थुनामा पर्नु भएको थियो । 
रासस
प्रकाशित मिति: भदौ,१२ २०६९

No comments:

Post a Comment