Wednesday, November 9, 2016

सिम्पल आर्टस् सम्मान- २०६९


विमला पाण्डे,  काठमाडौं
साहित्य, संगीत र कलामा समर्पित सामाजीक संस्था सिम्पल आर्टस्ले आफ्नो वाषर््िकोत्सवको अवसर विभिन्न विधाका आधा दर्जन वढी व्यक्तिलाई सम्मान गरेको छ । मिडिया इन्टरनेसनलमा आज (फागुन २६ गते) आर्टस्ले एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नाटक निर्देशक राजन खतिवडा, बरिष्ठ गायिका कुन्ति मोक्तान, बरिष्ठ साहित्यकार ईन्द्र कुमार श्रेष्ठ“सरित”, साहित्यकारद्धय किसन सिंह धामी र मातृका पोखरेल, युवा व्यवसायी शङ्कर डङ्गोल र पर्यटन व्यवसायी मोहन लम्साललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती गंगा प्रसाद उप्रेतीले प्रमाण पत्र प्रदान गरेर उनीहरुलाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा बोल्दै उप्रेतीले सबै क्षेत्रको व्यक्तिलाई समेटेर सम्मान गरिनुले सही सन्देश गएको बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्त्ताहरुले आफै पैसा लगानी गरेर आफै सम्मानीत हुने परिपाटीको अन्त्य गरिनुपर्ने बताएकाथिए । राम्रो लाई भन्दा पनि आफ्नोलाई सम्मान गरिने प्रवृति बढ्दै गएको भन्दै साहित्यकारहरुले चिन्ता व्यक्त गरेकाछन् ।

http://www.kalikafm.com.np/index.php?pageName=news_details&catId=3&id=13041

No comments:

Post a Comment