Saturday, November 19, 2016

साहित्यिक पत्रकारहरुसँग नुवाकोट छाम्दा

mohan-duwal
बट्टार नुवाकोट जिल्लाको मुख्य मार्गमा रहेको बाटोमा परेको बजार मानिन्छ । बट्टारमा नै रहेर साहित्यिक, राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय युवा व्यक्तित्व श्रीराम श्रेष्ठको निमन्त्रणामा हामी साहित्यिक पत्रकारहरु कात्तिक ५ गते बट्टार पुग्ने र कात्तिक ६ गते फर्कने गरी नुवाकोट जाने कार्यक्रम तय भएको हो । नेपाल साहित्यिक पत्रकार संघको केन्द्रीय अधिवेशन असोज १५ गते मात्र काठमाडौंमा सम्पन्न भएको थियो । यसपाली ‘महामण्डल’ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक श्रीराम श्रेष्ठ संघको केन्द्रीय समितिमा सदस्य चुनिएका थिए । उनैले केन्द्र समितिको पहिलो बैठक नुवाकोटमा राख्न अनुरोध भएको हो । हाम्रो टोली नुवाकोट पुग्ने र त्यहीँ साहित्यिक पत्रकारहरुको केन्द्रीय समितिको बैठक बस्ने निधो ग¥यौं ।

                कात्तिक ५ गते माछापोखरीमा १ः०० बजे पुगिसक्ने सहमति भयो । ‘अक्षरमार्ग’ साहित्यिक त्रैमासिकका सम्पादक सूर्यप्रसाद लाकोजूको मोटरबाइकबाट १ः०० बजे अगावै माछापोखरी पुग्यौं । कवि अर्जुन पराजुलीको छापाखाना रहेको एरियाभित्र पुगेर लाकोजूभाइले मोटरबाइकलाई थन्क्याउने कार्य भयो । हामी माइक्रोका ड्राइभरले संकेत गरेको ठाउँमा साथीहरुलाई पर्खिन गयौं । नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्मा (अभिव्यक्ति), पूर्वअध्यक्ष .रोचक घिमिरे (रचना), मातृका पोखरेल (वेदना), रामप्रसाद पन्त (दायित्व), वियोगी बूढाथोकी (शिवपुरी सन्देश), नवराज रिजाल (नवप्रज्ञापन), गणेश राई (ल्ुब्जु भुब्जु), गायत्रीकुमार चापागाईं (संगम अभियान), ठाकुर शर्मा भण्डारी (वैज्ञयन्ति), रामेश्वर राउत मातृदास (ज्योति), सुधीर घिमिरे (रचना), लक्ष्मी भट्टराई (शाल्मली), वैरागी जेठा, सूर्यप्रसाद लाकोजू (अक्षरमार्ग) र म (जनमत) का साहित्यिक पत्रकारहरु जम्मा भयौं । चेतनाथ धमला (कौशिकी) र आर.एम. डंगोल (शब्द संयोजन) मोटरबाइकबाटै नुवाकोट पुग्ने तय भयो ।      करिब २ः०० बजे हामी चढेको माइक्रोलाई गन्तव्यमा पु¥याउने उद्देश्यले ड्राइभर होम थापाले कुदाउन थाले । कलंकीदेखिको जाम खुल्दै गाह्रो बाटो खुलाउँदै मोटर बढ्न सुरु गरे । ठाउँ ठाउँमा ढल भनेको, बाटो बिग्रेर खाल्डाखुल्डीमार्फत् चलायमान रहेको धुलो भोग्दै निकै मेहनतले होम भाइले गाडीको स्टेरिङ घुमाउ्रँदै छ । केही लागेन; हामी करीब ६ः३० बजेतिर मात्र बट्टार पुग्यौं । विदुर नगरपालिका छिर्ने बाटोमा रहेको होटल रिसोनमा बस्ने व्यवस्था आयोजक संस्थाले मिलाएको रहेछ । ७ वटा कोठामध्ये एकजना महिला लक्ष्मी भट्टराईलाई छुट्टै बस्ने व्यवस्था मिलाइदिएर हामी बसिबियाँलो गर्ने मुडमा रमेर छरियौं । संघका अध्यक्ष नगेन्द्रराज शर्मा मेरो कोठाका साथी बन्नुभयो । केही क्षण श्रीराम श्रेष्ठको अनुरोधमा वियोगी बुढाथोकी सुत्नुहुने कोठामा नगेन्द्रराज शर्मा, मातृका पोखरेल र मसहित यात्रापछिको मनोरम क्षणमा रम्यौं । ओठ मुख भिजाएर गफमा मस्ती रह्यौं । श्रीराम श्रेष्ठ बट्टारमा रहनुहुने युवा पुस्ताका सक्रिय साहित्यकार र ‘महामण्डल’ साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक । हाम्रो बसिबियाँलोमा धेरै कुरा भए । नेपाली भाषा साहित्यको विकास, सम्वद्र्धन र प्रचार प्रसारमा बनारसले पु¥याइदिएको योगदान सम्बन्धमा छलफल भयो । साहित्यिक पत्रकारितामा ‘उदय’ साहित्यिक पत्रिका हालसम्म पनि सुपुत्र दुर्गाप्रसाद श्रेष्ठबाट सम्पादन भई प्रकाशित छन् । त्यसैले बनारसमा पुगेर एउटा साहित्यिक पत्रकारिताको संगोष्ठी राख्ने सहमतिको सोच बन्यो । बनारसमा पुग्न र फर्किनका लागि यातायातको संयोजन गर्ने अभिभारा श्रीराम श्रेष्ठबाट बोक्नुभयो । र यस्तै यस्तै खालका कुराकानी टुंग्याएर हामी आ आफ्ना कोठाहरुतर्फ सुत्न लम्कियौं ।    नुवाकोट दरबार परिसरभित्र नै हाम्रो बैठक राख्ने कुरा सुनाएको थियो स्थानीय आयोजक समिति नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले । यही क्रममा हामी नुवाकोट दरबारमाथि पुग्न तरखरियौं । ७ बजे नुवाकोट दरबारमाथि पुग्नका लागि माइक्रो तम्तयार भइसकेको थियो । हामी सबै मोटरमा चढ्यौं । खुट्टामा घाउ भएकै कारणले अग्रिम सिटमा लक्ष्मी भट्टराई बहिनीसँग बसियो । उकालो–उकालो लाग्ने बाटो । सल्लाका रुखहरु दुवैतिर छरपष्ट रहेर बाटो ढुकिरहेजस्तो दृश्य । आधाघण्टा नलाग्दै दरबार छिर्ने चोकमा मोटर बिसाए ड्राइभरभाइले । आ आफ्ना क्यामेराहरुले फोटो कैद गर्न थाले । गफ गर्दै हामी सबै दरबार परिसरभित्र पुगेर तलेजू मन्दिर, दरबारका रुपहरु नियाल्यौं । भत्किएलाजस्तो दरबारको आकृति । साततले दरबार निर्माण हनुपर्ने अवस्थाको जीर्ण जीर्ण आफ्नो कायामा टेको लगाएर ठिङ्ग पर्दै रहेको अनुहार । नेपाल निर्माण गरेका अर्थात् एकीकरण गर्न सफल राजा पृथ्वीनारायण शाहको ऐतिहासिक दरबार ढल्न लागेको अवस्थामा छन् । तर निर्माणको क्रममा रहेको अवस्था छैन । इतिहास, ऐतिहासिकता र सन्दर्भहरु सबै जोगाउनुपर्छ – त्यहाँ पुगेर हेर्दा यस्तो प्रतिक्रिया दिन मन लाग्यो । यो देशमा ‘राम्रो’ भन्दा ‘हाम्रो’ को मूल्यांकन हुँदै आएको परिस्थिति र परिवेश नियाल्दा इतिहास र ऐतिहासिकतालाई पनि यति मापदण्ड राखेर सत्तासीनहरु दुरबिन राखेर पूर्वाग्रही भएर दरबार नियालिरहेजस्तो लाग्यो । पृथ्वीनारायण शाहको त्यसताकाको चातुर्यपूर्ण कौशलताले सिंगै नेपालको आकार दिएको नुवाकोट दरबारको थुम्कोमा रमेर महामण्डल लगायत चारैतिरका मण्डलहरु हामीले नियाल्न पायौं ।          ८ः०० नाघिसकेको छ । बैठक चालू गरिसक्ने सल्लाह बमोजिम वर्तमान अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा महासचिवको नाताले मैले बैठक संचालन गरेँ । सल्लाहकार तथा निवर्तमान अध्यक्ष रोचक घिमिरे र पर्यवेक्षक बैरागी जेठासमेत गरी २० जना थियौं । नुवाकोटको पहिलो बैठकमा कोरम पनि पुग्दो रह्यो । उक्त बैठकमा पाँचजना उपाध्यक्षहरुको संयोजकत्वमा ४ वटा विभाग र एउटा समिति रहने व्यवस्था गरियो । विभागहरुमा सम्पादन तथा प्रकाशन, अभिलेख तथा इतिहास लेखन, राष्ट्रभाषा, ध्वनि तथा अनलाइन र अन्तर्राष्ट्रिय समन्वय समिति रहने भयो । साहित्यिक पत्रकारितामा लामो समयदेखि सेवा पु¥याउँदै आउनुभएका तथा मोफसलका प्रतिष्ठित साहित्यिक पत्रकारहरुलाई पनि सल्लाहकार मण्डलमा समेटिने निर्णय भयो । उक्त निर्णय अनुसार सल्लाहकारहरुमा कमल दीक्षित, रोचक घिमिरे, शिव रेग्मी, चूडामणि रेग्मी (झापा), नरेन्द्रबहादुर श्रेष्ठ, डि.आर. पोखरेल (चितवन), वीरबहादुर चन्द (कञ्चनपुर)लाई सम्मानपूर्वक राख्ने सहमति भयो । नेपाली भाषामाथि भइरहेको विवादमा संघका तर्फबाट उचित राय राख्ने, प्रेस काउन्सिलमा साहित्यिक पत्रकारले प्रतिनिधित्व गर्नुपर्ने आदि विषयमा पनि विज्ञप्ति निकाल्ने निर्णय भयो । साहित्यिक पत्रकारिताको इतिहासबोध गराउन, जिल्ला जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाहरुको अभिलेख राख्न, सम्मानित प्रतिभाहरुको परिचय प्रकाशन गर्न र आफ्नो विचार दृष्टि सम्प्रेषण गर्न ‘आलेखन’को प्रत्येक वर्ष प्रकाशन गर्दै जाने पनि सर्वसम्मतिबाट निर्णय भयो ।
                अर्को महत्वपूर्ण निर्णय भयो वनारसमा पुगेर भारत भूमिमा रहेर नेपाली साहित्यिक पत्रकारिता गरेर गएका, गरिरहेका मध्येबाट एकजना साहित्यिक पत्रकारको सम्मान गर्ने, नेपाली भाषाको उत्थानका लागि भए गरेका भारतीय भूमिबाट पु¥याइएको योगदानको पु¥याइएको योगदानको सम्बन्धमा र बनारसबाट भएको योगदान र ‘उदय’को भाषिक साहित्यिक योगदानबारे कार्यपत्र पेश गर्ने कार्यक्रम तय गरिएको छ ।       राज्यबाट सौतेनी आमाले गर्नेजस्तो भेदभावपूर्ण व्यवहार भइरहेको, आम साँचोको विषय नरहेको, नाफामूलक कार्य नभएकोले लगानी कार्यहरु पनि यस साहित्यिक पत्रकारिता क्षेत्रमा प्रवेश नभएको थुप्रै कहर–व्यथाहरु भए पनि यस क्षेत्रमा गौरवपूर्ण लाग्ने साहित्यिक पत्रकारहरुको केन्द्रीय समितिको बैठक नुवाकोटमा सफलतापूर्वक सम्पन्न भएको छ । नुवाकोटमा बैठक सिध्याएर खानाका लागि बट्टार झ¥यौं । खाना खाई सिध्याएर ‘सचेतना’ भवनमा आयोजित कार्यक्रममा सहभागिता जनायौं । आर.एम. डंगोलले तयार गरेको कार्यपत्रको प्रस्तुति र नपुग बुँदा, विषयमा बृहत छलफल हुनाका साथै युवा साहित्यकार दीक्षान्तको ‘सपनाको पाटी’ को विमोचन भयो । रोचक घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामप्रसाद पन्त, वियोगी बुढाथोकी, मातृका पोखरेल, श्रीराम श्रेष्ठ, मोहन दुवाल, रोचक घिमिरेले नुवाकोट र साहित्यबारे आ आफ्नो धारणा राखे । नुवाकोटमा साहित्यिक पत्रकारिताको आयामस्तम्भ खडा गरेर हामी सबै नुवाकोटलाई हात हल्लाएर ४ः३१ बजे काठमाडौंतर्फ लाग्यौं ।    

http://www.kavretimes.com.np बाट साभार
प्रकाशित मिती : मङ्लबार, कार्तिक २३, २०७३


No comments:

Post a Comment