Saturday, November 19, 2016

तीन कृति सार्वजनिक



३ मंसिर २०७३ , काठमाडौं ।
‘जनमत’ प्रकाशनले विभिन्न क्षेत्रमा कलम चलाउँदै अएका तीन स्रष्टाका कृति आज सार्वजनिक गरेको छ ।
‘जनमत’ वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुण्य कार्कीको ‘जाग्रत आँखाहरु’ निबन्ध सङ्ग्रह, टङ्कबहादुर आले मगरको ‘लाग्छ आकाश खस्दैछ’ कथासङ्ग्रह र गजलगो गोठकृष्ण ठकुरीको ‘मनका तरेलीहरु’ गजल सङ्ग्रहको सार्वजनीकरण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृति सार्वजनिक गर्दै मोफसलमा बसेर साहित्यिक सेवारत सर्जकका सिर्जनालाई प्रकाशन गरेर प्रतिष्ठानले तिनलाई चिनाउने काम गरेको बताए ।
प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा हनिफ मियाँ, डा रामप्रसाद ज्ञवाली र प्राज्ञ मातृका पोखरेलले ती पुस्तक र प्रकाशनबारे जानकारी दिए ।
http://nepaliheadlines.com बाट साभार

==========================

संसाक पाक्षिक , वर्ष-४, अंक- ७, २०७३ मंसिर १-१५ 


No comments:

Post a Comment