Wednesday, November 9, 2016

पाका स्रष्टाले खोले इमेल -फूलमान वल

साहित्यिक वेबसाइटद्वारा इमेल र ब्लग बनाउन तालिम
काठमाडौं, मंसिर १४ – लामो समय चितवनको एउटा क्याम्पस पढाएर अवकाश जीवन बिताउन हालै राजधानी पसेका ५२ वर्षो प्राध्यापक हरिहर खनालको दैनिकीमा अब दुइटा कुरा थपिएको छ । अमेरिका बस्ने छोरा र बेलायत पढ्दै गरेकी दर्ुर्ुइ छोरीलाई उनले इमेलबाट हालखबर मात्रै सोध्ने छैनन्, आफ्ना दैनिकी ब्लगमा लेख्दै प्रतिक्रिया पनि माग्नेछन् ।
‘ब्लग भन्ने चिज त गजबको पो हु“दोरहेछ’ ब्लगर डटकमको प्रिm स्पेसमा आफ्नो निजी ब्लग बनाएपछि शनिबार दिउ“सो उनले भने, ‘अब मेरा कृतिहरू पनि ब्लगमै राख्छु । पाठकका प्रतिक्रियास“ग रमाउ“दै दिन बिताउ“छु ।’ कथा, कविता, निबन्ध र अनुवादका एक दर्जन कृति लेखेका खनालले ब्लगमा पहिलो यसरी दैनिकी लेखे, ‘आज म निकै खुसी छु किनभने पहिलोपटक ब्लग खोलें र युनिकोडमा टाइप गर्न सिकें ।’
उनीस“गै ३५ पाका स्रष्टाहरू शनिबार इमेल चलाउनदेखि ब्लग खोल्न र त्यसमा आफ्ना सिर्जना राख्न सिक्दै थिए । उनीहरूलाई सूचना प्रविधिको पहु“चमा पुर्‍याउन लघुकथा डटकमले शंखमूलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा आयोजना गरेको पा“चघन्टे कार्यशालामा उनीहरूले गुगल र्सचदेखि च्याटिङ, भ्वाइस च्याट र सोसल नेटवर्किङ साइट फेसबुकसम्म सञ्चालन गर्न सिके ।
‘लौ मेरो ब्लग बन्यो,’ कवि मातृका पोखरेल पल्लो कुनाबाट चिच्याए, ‘अब कविता राख्न के गनर्ुर्ुर् -‘ एकैछिनपछि इन्जिनियरिङका विद्यार्थीको सहयोग मिलेपछि उनले वामपन्थी आन्दोलनको विचलनमाथि लेखेका कविता र्’र्सत’ को अंग्रेजी संस्करण ब्लगमा अपलोड गरे ।
उनकै लाइनमा इमेल खाता खोल्न तल्लीन थिए, ६५ वर्षो स्रष्टा पर्ूण्ा वैद्य । काठमाडौंकै स्थायी बासिन्दा भए पनि उनी पहिलोपटक इमेलको संगतमा पुगेका थिए । ‘सानो बाकसजस्तो लाग्ने यो कम्प्युटरमा’ साहित्य डटकमका कथा पढिरहेका उनले भने, ‘सबै थोक पो हु“दोरहेछ ।’ लघुकथा डटकमका कुसुम ज्ञवालीले पावर प्वाइन्ट प्रस्तुति गरिरहेकै बेला ब्लग र इमेल खाता खोल्न भ्याएका थिए स्रष्टाहरूले । खोलिसकेपछि रमाइलो ठट्टा चल्यो, ‘सा“च्चिकै इमेल हुन्छ त -‘ परीक्षणका लागि एउटा कुनाबाट अर्को कुनामा बसेकालाई ‘के छ हालखबर -‘ पठाएको केही समयपछि सबैले एकैपटक ताली बजाए, ‘लौ इमेल आइपुग्यो ।’

No comments:

Post a Comment