Saturday, December 10, 2016

फागुन २१ मा प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश सम्मेलन हुने

मङ्सिर २५ २०७३, अर्थात् अाज शनिबार  प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश भेलाले आगामी फागुन २१ गते प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय उपाध्यक्ष खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नु भएको थियो ।
khem11
केन्द्रीय समितिका सचिव प्रकाश शिलवालको स्वागत मन्तव्य पश्चात केन्द्रीय उपाध्यक्ष पुस्करराज भट्ट,केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य कृष्णहरि भट्टले भेला सफलताको कामना गर्नुभएको थियो ।
प्रलेसका केन्द्रीय महासचिव आर.एम डङ्गोलले खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक समितीको नामावली प्रस्ताव गर्नुभएको थियो । आयोजक समितीलाइ केन्द्रीय उपाध्यक्षद्वय बिन्दु शर्मा र रामप्रकाश पुरीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा रमण थामी र सरस्वती अधिकारीले गीत र कवी गौरी दाहालले कविता सुनाउनुभएको थियो ।
khem22
सम्मेलनको कामलाई चुस्त बनाउन भेलाले संयोजक खेम थपलियासहित केन्द्रीय समितिका वरिस्ठ सचिव पुण्य गौतम ‘विश्वास’, केन्द्रीय समितिका सचिव प्रकाश शिलवाल, केन्द्रीय समिति सचिवालय सदस्य आर सि न्यौपाने , केन्द्रीय समिति सचिवालय सदस्य कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गौरी दाहाल र केन्द्रीय सदस्य साधुराम नेपाल सदस्य रहेको सात सदस्यीय कार्यालय गठन गर्‍यो ।
कार्यक्रमको संचालन आर. सि. न्यौपानेले गर्नुभएको थियो ।
http://www.janapati.com बाट साभार 

======================================

आगामी फागुन २१ गते प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश सम्मेलन हुने ।

 

२०७३ साल मङ्सिर २५ गते भएको प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश भेलाले आगामी २०७३ फागुन २१ गते प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । केन्द्रीय उपाध्यक्ष खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नु भएको थियो । केन्द्रीय समितिका सचिव प्रकाश शिलवालको स्वागत मन्तव्य पश्चात केन्द्रीय उपाध्यक्ष पुस्करराज भट्ट, केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य कृष्णहरि भट्टले भेला सफलताको कामना गर्नुभएको थियो । प्रलेसका केन्द्रीय महासचिव आर. एम. डङ्गोलले खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक समितीको नामावली प्रस्ताव गर्नुभएको थियो । आयोजक समितीलाइ केन्द्रीय उपाध्यक्षद्वय बिन्दु शर्मा र रामप्रकाश पुरीले शुभकामना दिनुभएको थियो । कार्यक्रममा रमण थामी र सरस्वती अधिकारीले गीत र कवी गौरी दाहालले कविता सुनाउनुभएको थियो । सम्मेलनको कामलाई चुस्त बनाउन भेलाले संयोजक खेम थपलियासहित केन्द्रीय समितिका वरिस्ठ सचिव पुण्य गौतम 'विश्वास', केन्द्रीय समितिका सचिव प्रकाश शिलवाल, केन्द्रीय समिति सचिवालय सदस्य आर सि न्यौपाने , केन्द्रीय समिति सचिवालय सदस्य कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गौरी दाहाल र केन्द्रीय सदस्य साधुराम नेपाल सदस्य रहेको सात सदस्यीय कार्यालय गठन गर्‍यो । कार्यक्रमको संचालन आर. सि. न्यौपानेले गर्नुभएको थियो ।

                                                    000 

======================================

प्रलेस प्रेदश तीन तात्यो

काठमाडौँ, २५ मङ्सिर २०७३  ।
 
प्रगतिशील लेखक सङ्घको आज सम्पन्न ३ नं प्रदेशको प्रथम भेलाले उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

कमिटीमा सङ्घका केन्द्रीय अध्यक्ष, अन्य उपाध्यक्ष, महासचिव र कोषाध्यक्षबाहेकका सम्बन्धित प्रदेशका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय परिषद् सदस्य र जिल्ला अध्यक्ष रहेका छन् ।

भेलाले थपलियाको संयोजकत्वमा पुण्य गौतम विश्वास, प्रकाश सिलवाल, आरसी न्यौपाने, कृष्णहरि भट्ट, गौरी दाहाल र साधुराम नेपाल सदस्य रहेको कार्यालय र अन्य विषयगत समिति गठन गरेको छ ।

सो भेलाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष मात्रिका पोखरेलले सङ्घलाई सामाजिक, वैचारिक रूपान्तरणको आन्दोलनका रूपमा विकसित गर्नुपर्ने बताउनुभयो । उक्त भेलामा उपाध्यक्षहरु डा विन्दु शर्मा, पुष्करराज भट्ट, रामप्रकाश पुरीलगायतले शुभकामना दिनुभएको थियो । महासचिव आर एम डंगोलले आगामी चैतभित्र सबै प्रदेशमा कार्यकारी कमिटी चयन भइसक्ने जानकारी दिनुभयो । कार्यक्रममा रमण थामी, गौरी दाहाल र सावित्री अधिकारीले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।


 http://www.ekhabarpatra.com  बाट साभार 

                                                         000 
  
======================================


 प्रलेस ३ मा खेम थपलिया, फागुन २१ मा सम्मेलन

काठमाडौं/ नेपालका कम्युनिस्टहरूका सामन्तवाद र साम्राज्यवाद विरोधी साझा मोर्चाको रूपमा रहेको नेपालको सबैभन्दा पुरानो साहित्यिक सङ्गठन प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नम्बर प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न उक्त भेलाको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । भेलाले केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई प्रादेशिक संयोजकमा निर्वाचित गर्दै ७७ सदस्यीय ३ नम्बर प्रादेशिक समितिको पनि घोषणा गरेको छ । 
 
भेलामा उद्घाटन मन्तव्य दिंदै प्रमुख अतिथि मातृका पोखरेलले प्रलेसले आफ्नो दायित्व र ऐतिहासिक गरिमामय दिनहरू नबिर्सिएको बताउनुहुँदै यसलाई थप क्रियाशील र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । 
 
३ नम्बर प्रादेशिक समितिको घोषणा गर्दै महासचिव आरएम डङ्गोलले प्रलेसको पछिल्लो सङ्गठनात्मक अवस्था र यसको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । 
 
उपाध्यक्षत्रय डा. विन्दु शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट, महासचिव आरएम डङ्गोल, कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य कृष्णहरि भट्टले भेलाको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । खेम थपलियाको अध्यक्षतमा सम्पन्न उक्त भेलालाई सचिव प्रकाश सिलवालले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिवालय सदस्य आरसी न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।
 
भेलामा प्रलेसका केन्द्रीय सदस्य गौरी दाहालले कवितावाचन गर्नुभएको थियो भने चर्चित जनवादी गायक रमण थामी र सरस्वती अधिकारीले राष्ट्रियतासम्बन्धी गीत गाउनुभएको थियो । 
भेलामा नवनिर्वाचित संयोजक तथा केन्द्रीय उपाध्यक्ष खेम थपलियाले नेपालका राजनीतिक पार्टीहरू कमजोर हुँदै गइरहेको बेला प्रलेसले आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुएको थियो । आगामी २०७३ फागुन २१ गते ३ नम्बर प्रदेशको पहिलो प्रादेशिक सम्मेलनको मिति प्रस्ताव गर्दै संयोजक थपलियाले प्रतिवेदन लेखन समिति, प्रचार प्रसार समिति, आर्थिक समिति, व्यवस्थापन समिति, प्रकाशन समितिहरूको घोषणा गर्नुभएको थियो । सो अवसरमा खेम थपलिया, पुन्य गौतम, प्रकाश सिलवाल, साधुराम नेपाल, आरसी न्यौपाने, गौरी दाहाल र कृष्णहरि भट्ट रहनुभएको प्रादेशिक समितिको कार्यालयको पनि घोषणा गरिएको थियो ।


 ३ नम्बर प्रोदशिक समिति

संयोजक 
१. खेम थपलिया
 

सदस्यहरू
 
२. पुन्य गौतम विश्वास ३. प्रकाश सिलवाल ४. शोभा दुलाल ५. सरिता तिवारी ६. होमशङ्कर बास्तोला ७. आरसी न्यौपाने ८. कृष्णहरि भट्ट ९. भागवत् आचार्य १०. राजु स्याङतान ११. सङ्गीत स्रोता १२. रचना शर्मा ‘प्रतीक्षा’ १३. प्रकाश चापागाईं १४. केवल विनावी १५. आरोह नेपाली १६. चेतनाथ धमला १७. मनु विक १८. नारायाण कर्मा २०. समीर सिंश २१. साधुराम नेपाल २२. दीपक सापकोटा २३. माधव घिमिरे ‘अटल’ २४. मोदनाथ मरहट्टा २५. छायादत्त न्यौपाने २६. बिन्दा मैनाली २७. गौरी दाहाल २८. जितबहादुर लामा २९. विदुर वस्ती ३०. इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ३१. जित कार्की ३२. नमुना शर्मा ३३. निमेष निखिल ३४. स्प्नील स्मृति ३५. रमेश शुभेच्छुक ३६. विनोदक्रिम केसी ३७. ऋषभ गौतम ३८. मुक्तान थेवा ३९. कुशल बोगटी ४०. लक्ष्मण उप्रेती ४१. रघुनाथ अधिकारी ४२. चिरन पुन ४३. गणेशकुमार राई ४४. लक्ष्मण बेलबासे ४५. मधुकुमार क्षेत्री ४६. नीलिमा पुन ४७. बाबा बस्नेत ४८. शकुन्तला जोशी ४९. गुरुङ सुशान्त ५०. शेखर अर्याल ५१. विष्णुमाया न्यौपाने ५२. ईश्वरी ओझा ५३. दुर्योधन बस्नेत ५४. रामचन्द्र श्रेष्ठ ५५. गङ्गादेवी राई ५६. विमला चन्द ५७. गाविन्द काफ्ले ५८. पारश ढकाल ५९. रुपक अलङ्कार ६०. पुन्य घिमिरे ६१. रामचन्द्र नेपाल ६२. भावना पाठक ६३. नवराज रिजाल ६४. रमण पौडेल ६५. बालमुकुन्द कार्की (काठमाडौं) ६६. मनोहर लामिछाने (भक्तपुर) ६७. ईश्वरी गुरागाईं (ललितपुर) ६८. लोक लामा (काभ्रे) ६९. दिनेश दुलाल (सिन्धुपाल्चोक) ७०. सुन्दर खड्का (दोलखा) ७१. नवदीप अजनवी (नुवाकोट) ७२. उद्धव रिजाल (रसुवा) ७३. सुमनराज श्रेष्ठ (चितवन) ७४. पुरुषोत्तम रिजाल (मकवानपुर) ७५. सिन्धुली ७६. रामेछाप ७७. धादिङ ।


                                                                 000 

खेम थपलियाको फेसबुक वालबाट   
===================================























कार्यक्रमका बारेमा थप समाचार 
http://pralesa.blogspot.com मा हेर्नुहोला । 

No comments:

Post a Comment