Monday, December 5, 2016

विकलको सम्झनामा विचार गोष्ठी

n
डबली संवाददाता

२६ कात्तिक २०७३
काठमाडौँ ।

वरिष्ठ आख्यानकार रमेश विकलको अठासिऔँ जन्म जयन्तीको अवसरमा ‘नेपाली कथामा समाज वादी यथार्थ वाद : प्रभाव र विकास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, गद्य/आख्यान विभागद्वारा आयोजित उक्त विचार गोष्ठीको प्रमुख आतिथ्यता मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’ चैतन्यले गरेका थिए भने अध्यक्षता गद्य/आख्यान विभाग प्रमुख मातृका पोखरेलले गरेका थिए ।

गोष्ठीमा प्रा. डा. गोपीन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणीकार द्वय निनु चापागाईँ र हेमनाथ पौडेलले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, उप कुलपति विष्णुविभु घिमिरे, प्रा सदस्यहरू, प्रगति शील लेखक सङ्घका प्रतिनिधिहरू, समालोचक, आख्यानकार, विद्वान् हरूको उपस्थिति रहेको थियो ।
http://onlinedabali.com बाट साभार 

No comments:

Post a Comment