Wednesday, November 1, 2017

प्रगतिशील साहित्यिक आदान प्रदानमा जोड

काठमाडौँ / २०७४ कार्तिक १५  – नेपाल र भारतका प्रगतिशील लेखक साहित्यकार बीचको सम्बन्ध विस्तार तथा साहित्यिक आदान प्रदानमा जोड दिइएको छ । 
भारतको ‘तीसरी दुनियाँ’ पत्रिकाका प्रधानसम्पादक आनन्दस्वरुप वर्मा नेपालमा रहेको सन्दर्भमा आज यहाँ आयोजित छलफल कार्यक्रममा दुवै देशको जनजीविका, संस्कृति र वर्गीय पक्षधरता समान भए पनि साहित्यिक आदान प्रदानका क्षेत्रमा प्रगति हुन नसकेको औँल्याइयो । 
सो अवसरमा सम्पादक वर्माले आफूले उक्त पत्रिकामा नेपाली प्रगतिशील साहित्यसम्बन्धी विशेषांक प्रकाशन गर्न लागेको जनाउँदै नेपालका साहित्यलाई हिन्दी भाषामा अनुवाद गराउन आफूले पहल गर्ने बताए । 
उनले नेपालको वामपन्थी गठबन्धनलाई आफूले सकारात्मकरुपमा लिएको विचार पनि व्यक्त गरे । 
चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्केले भारतीय साहित्यलाई नेपालमा प्रशस्तै बजारीकरण गरिए पनि नेपाली साहित्यलाई भारतमा बजारीकरण गर्न नसकिएको गुणासो व्यक्त गरे । 
प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले प्रगतिशील साहित्यले दुवै देशको मूल प्रवाहमा आइसके पनि सरकारी र जनस्तरमा साहित्यिक आदान प्रदानलाई संस्थागत रुपमा विकास गर्नपर्ने आवश्यकता औल्याए ।
छलफलमा कवि विमल निभा, प्रलेसका उपाध्यक्ष डा विन्दु शर्मा, महासचिव आरएम डंगोललगायत सहभागी थिए ।
http://www.ratopati.com बाट साभार 

======================================



























No comments:

Post a Comment