Saturday, November 4, 2017

दिदीभाइको कृति एकसाथ लोकार्पण

कवि राधिका गुरागाईको कवितासंग्रह प्रतिबिम्ब हराएको मान्छे र गोकुल अधिकारीको कवितासंग्रह गोधूलिघर आज कार्तिक १७ गते शुक्रवार काठमाण्डौमा आयोजित एक समारोहमा लोकार्पण गरियो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान बिराटनगरको आयोजनामा काठमाण्डौको प्रज्ञा भवनमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले यी दुवै कृतिहरु लोकार्पण गर्नुभएको थियो । 

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो समारोहमा साहित्यकारहरु दधिराज सुवेदी, डा.तुलसी भटराई, मातृका पोखरेल र श्रवण मुकारुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । कवि अधिकारीको कृति माथि डा. लक्ष्मण गौतमले तथा राधिका गुरागाईको कृति माथि डा. ज्ञानु पाण्डेले टिप्पणी गर्नुभएको थियो । 

राधिका र गोकुल दिदीभाइ हुन् । दुबैका पुस्तक पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । २०६६ सालमा यी दिदीभाइले आआफ्नो पहिलो संग्रह पनि काठमाण्डौमा आएर यसैगरी संयुक्त रुपमै लोकार्पण गरेका थिए । 

कवि अधिकारीको गोधूलिघरमा ५४ वटा कविता रहेका छन् भने राधिका गुरागाईको प्रतिबिम्ब हराएको मान्छे भित्र ४६ वटा कविता रहेका छन् । 






No comments:

Post a Comment