Tuesday, June 26, 2018

प्रज्ञामा कला-कविता कार्यशाला

प्रज्ञा भवनको डबली र चौर २०७५  असार ७ गते केही घन्टा साहित्य, कला र सङ्गीतको बगैँचा बन्यो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घद्वारा आयोजित साङ्गीतिक कार्यक्रम एवं कला–कविता प्रस्तुतिसहित सम्पन्न कार्यशाला कार्यक्रममा यस्तो भएको हो ।
कार्यशालाका संयोजक सुधीर ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको उन्नयनका खातिर कर्मचारी तथा कलाकारहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । उक्त अवसरमा उपकुलपति डा. विष्णुविभु घिमिरेको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद्का सदस्य, प्राज्ञसभाका सदस्य तथा आजीवन सदस्यहरूका साथै प्रज्ञा–प्रतिष्ठान, प्रशासन प्रमुख, आर्थिक महाशाखा प्रमुख, योजना तथा कार्यक्रम महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्यमाथि सङ्घका महासचिव होमराज ढुंगेलले प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी, राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्की तथा कलाकार शैलेन्द्र सिम्खडाले कार्यक्रमको प्रभावकारितामाथि बोलेका  थिए ।
कार्यशाला कार्यक्रममा विभिन्न चित्रकलाकारका कलामाथि पुष्कर लोहनी, अशेष मल्ल, मातृका पोखरेल, श्रवण मुकारुङ्ग, अमर गिरी, सन्ध्या पहाडी लगायतका   कविहरूले स्थलगत कविता सिर्जना गरेका थिए ।
ooo 

 वरिष्ठ कलाकार के.के. कर्माचार्यले तयार गर्नुभएको कलामाथि कवि मातृका पोखरेलको हाइकू (हाइगा) कविता । 
























No comments:

Post a Comment