Monday, July 2, 2018

विद्यालयमा कविता

प्रलेस काठमाडौंले २०७५ साल जेठ १४ गते  पाठशाला नेपाल वानेश्वरमा बृहत् घुम्ती अाशु कविता लेखन तथा प्रशिक्षण साथै प्रतियाेगितात्मक कार्यक्रम सम्पन्न गर्याे । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पाेखरेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डा. राम प्र ज्ञवाली , डा. देवी नेपाल , जयन्ता पाेखरेल , नारायण निरासी लगायत साहित्यकार काे उपस्थिति थियोे । विद्यार्थीहरुलाई साहित्यिक अभियन्ता कवि डा. देवी नेपाल ले लेखन तथा वाचन प्रशिक्षण दिनु भएको थियाे । प्रशिक्षण पछि अाशु कविता लेखन तथा वाचन प्रतियाेगिता भएको थियोे । जसमा क्रमश एम्विसन स्कुल बाट अनुज्ञा नेपाल प्रथम , प्रारम्भ एकेडेमी बाट दिव्या गाैतम द्वितीय , पायनियर एकेडेमी बाट स्नेहा दाहाल तृतीय र रिडर्स इन्टरनेशनल माेडेल स्कुलकी युरिका खातीले सान्त्वना का साथ नगद २०००/ , १५००/ १०००/ ५००/ प्राप्त गरेका थिए । अध्यक्ष बालमुकुन्द कार्की काे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सघका सचिव भीम क्षेत्री , उपाध्यक्ष मुक्तान थेवा , काैसिला रिसाल , धर्म पाेखरेल डा. राम प्र .ज्ञवाली र नारायण निरासी ले कविता सुनाउनु भएको थियोे ।













1 comment:

  1. The King Casino | Ventureberg
    Discover the rise and fall https://septcasino.com/review/merit-casino/ of the 바카라 king casino, one of the world's largest The Casino 출장안마 is operated by the https://deccasino.com/review/merit-casino/ King ventureberg.com/ Casino Group. You can

    ReplyDelete