Tuesday, January 15, 2019

प्रगतिशिल लेखक संघको अध्यक्षमा सुवेदी



चिसाङ शेर्पा खोटाङ,

प्रगतिशिल लेखक संघ खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । संघको तेस्रो जिल्ला सम्मेलनले सुवेदीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यससँगै २०६३ सालयता निस्क्रीय रहेको संघले पुर्णता पाएको छ । 
संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा शनिबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा मिनकुमार दाहाल, सचिबमा लोकेन्द्र राई सर्बाहारा,सह सचिबमा सिता थुलुङ र कोषाध्यक्षमा क्रान्ती श्रेष्ठलाई चयन गरेको छ । सम्मेलनबाट चयन भएका पदाधिकारीहरुलाई नेकपाका नेता दुर्गाजयन्ती राई, धु्रब बुढाथोकी, जलसेर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले शुभकामना दिनुभएको थियो ।


यसैविच, कार्यक्रमको अवसरमा भएको जिल्लाव्यापी खुल्ल कविता प्रतियोगितामा सिर्जना अधिकारी प्रथम, अनिश घिमिरे दोश्रो, रिमा राई तेश्रो र मौसम आचार्य सान्त्वना भएकी छिन् ।
www.samayojankhabar.com बाट साभार 
२०७५ पुस २८ गते  प्रकाशित
-------------------------------------------------------------------










































































































































ओम प्रकाश घिमिरेको फेसबुक बाट
ओम प्रकाश घिमिरेको फेसबुक बाट

No comments:

Post a Comment