Thursday, June 18, 2015

प्राज्ञ विभागीय समिति गठन

काठमाडौँ, १४ असोज  २०७१ । 

नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्ले प्रतिष्ठानअन्तर्गत विभिन्न विभागीय समिति गठन गरेको छ ।

सोअनुसार सामाजिकशास्त्र विभाग प्रमुखमा कुलपति गङ्गाप्रसाद उप्रेती तथा सदस्यमा प्रा डा त्रिरत्न मानन्धर, प्रा डा मदनकुमार दाहाल, प्रा कृष्ण पोखरेल र प्रा डा प्रेमकुमार खत्री एवं सल्लाहकारमा मोदनाथ प्रश्रित रहनुभएको प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।
त्यस्तै संस्कृति विभाग प्रमुखमा उपकुलपति विष्णुविभु घिमिरे तथा सदस्यमा प्रा डा वीणा पौड्याल र डा गोपाल पोखरेल विवश एवं सल्लाहकारमा तेजेश्रबाबु ग्वङ्ग, दर्शनशास्त्र प्रमुखमा प्रा दिनेशराज पन्त तथा सदस्यमा विष्णु प्रभात, प्रा पदमप्रसाद भट्टराई, प्रा डा नरेश वज्राचार्य र नारायणप्रसाद आचार्य, साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुखमा प्रा डा ज्ञानु पाण्डे तथा सदस्यमा प्रा मोहनराज शर्मा, प्रा डा महादेव अवस्थी, प्रा डा कुमारप्रसाद कोइराला र प्रा डा हेमचन्द्र नेपाल हुनुहुन्छ ।
साहित्य (अनुवाद)विभाग प्रमुखमा प्रा डा उषा ठाकुर तथा सदस्यमा प्रा डा कृष्णचन्द्र शर्मा, डा रामदयाल राकेश, माया ठकुरी र नवीन चित्रकार एवं सल्लाहकारमा प्रा डा गोविन्दराज भट्टराई, साहित्य(गद्य आख्यान) विभाग प्रमुखमा मातृका पोखरेल तथा सदस्यमा प्रा डा कृष्णप्रसाद घिमिरे, डा धनप्रसाद सुवेदी, ध्रुव मधिकर्मी र देविका तिमिल्सिना तथा सल्लाहकारमा विश्वभक्त दुलाल आहुति रहनुभएको छ ।
यसैगरी साहित्य(मातृभाषा) विभाग प्रमुखमा श्रवण मुकारुङ तथा सदस्यमा अमर तुम्याहाङ, धीरेन्द्र प्रेमर्षि, पदम राई र रामगोपाल आशुतोष एवं सल्लाहकारमा कुयाङ लामा, काव्य विभाग प्रमुखमा अमर गिरी तथा सदस्यमा हेमनाथ पौडेल, वियोगी बुढाथोकी, शशी लुमुम्बु र विष्णु भण्डारी एवं सल्लाहकारमा प्रा केशव सुवेदी हुनुहुन्छ ।
लोकवार्ता र बाल साहित्य विभाग प्रमुृखमा नर्मदेश्वरी सत्याल तथा सदस्यमा प्रा डा जयराज पन्त, डा कृष्णप्रसाद न्यौपाने, रमेश भट्टराई र डा अम्बिका घिमिरे एवं सल्लाहकारमा विनयकुमार कसजू, नेपाली भाषा, कोश र व्याकरण विभाग प्रमुखमा प्रा डा हेमाङ्गराज अधिकारी तथा सदस्यमा प्रा डा चूडामणि बन्धु, डा तुलसी भट्टराई र प्रा डा बद्रीविशाल भट्टराई एवं सल्लाहकारमा चूडामणि रेग्मी हुनुहुन्छ ।
यसैगरी भाषा(मातृभाषा) विभाग प्रमुखमा कुलपति उप्रेती तथा सदस्यमा प्रा डा योगेन्द्रप्रसाद यादव, प्रा डा माधवप्रसाद पोखरेल, प्रा डा नोबलकिशोर राई र अमृत योन्जन एवं सल्लाहकारमा वैरागी काइँला रहनुभएको छ ।
http://nepalisamachar.com बाट साभार  

No comments:

Post a Comment