Monday, July 6, 2015

कवि घिमिरेका कविता वाचन


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भवानी घिमिरे उन्नत विचारलाई कविता वाचनका माध्यमबाट प्रभाव पार्ने कला भएको ब्यक्तित्व रहेको चर्चा गरे ।


कवि भवानी घिमिरेको जन्म जयन्तीको अवसरमा संवाद डवलीमा आयोजित कविता वाचन कार्यक्रममा उनले भने, ‘यस्तो प्रभावकारी ब्यक्तित्व अहिलेसम्म अरु देखेको छैन ।’
प्रा.डा. जीवेन्द्रदेव गिरि, प्राज्ञहरु मातृका पोखरेल, रामकृष्ण दुलाल, डा. रामप्रसाद ज्ञवाली, रामप्रसाद पन्त, वासुदेव अधिकारी, महेन्द्रबहादुर कार्कीले कवि भवानी घिमिरेको ब्यक्तित्व र कृर्तित्वको चर्चा गरे । उनीहरुका अनुसार घिमिरे सशक्त कवि हुन् ।
सोही कार्यक्रममा मान्यता घिमिरे, दुर्गा दाहाल, देवी घिमिरे, पर्शुराम पराजुली, रुपक अलंकार, रमेश पोखरेल, मणिराज सिंह, गंगा पौडेल, रामबहादुर पहाडी, लक्ष्मण गाम्नागे, महत्ता घिमिरे, मिलन समिर, मनिता घिमिरे, जयन्ता पोखरेल, प्रोल्लास सिन्धुलीय, अनिल पौडेल, कमला रिसाल, भागवत आचार्य, भुवन थापा लगायतले कवि घिमिरेद्धारा रचित विभिन्न कविता वाचन गरेका थिए ।

http://www.newsnrn.com बाट साभार 

No comments:

Post a Comment