Monday, July 6, 2015

एकीकृत माओवादीको एक टोली चीन जाने

काठमाडौँ, ७ चैत २०७०  । एकीकृत माओवादीको एक टोली चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सो टोली चीन जाने भएको हो । विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली सोमबार चीन जाने भएको हो ।
टोलीमा चापागाइंका अलावा दीपेन्द्र पुनमगर, क्षेत्रबहादुर श्रेष्ठ, मुक्ति खनाल, रेशम चौलागाईं, मातृका पोखरेल, बलराम थापा, टिका बाँस्तोला, झम्कप्रसाद पराजुली छन् ।
यस्तै टोलीमा लेखबहादुर थापामगर, समीर दाहाल, चिजा गर्तौला श्रेष्ठ, विष्णुकुमारी क्षेत्री, ऋषिकेशव बुढामगर, हिमकान्त भुषाल, रामचन्द्र महतो, दिपबहादुर योञ्जन, विष्णुबहादुर विष्ट छन् ।
१० दिने चीन बसाइका क्रममा टोलीले ग्वान्जाओ, हुनान र वेइजिङको भ्रमण गर्ने माओवादी विदेश विभाग सदस्य युवराज चौलागाईंले काठमाण्डु टुडेलाई जानकारी दिए ।
भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेताहरुसँग भेटघाट गरी स्थानीय पार्टी कमिटीहरुको कार्यपद्धतिबारे जानकारी लिने चौलागाईंले बताए ।
भ्रमण टोलीको पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बिदाई गरिएको छ ।
कार्यक्रममा विदेश विभाग प्रमुखसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ, निनुचापागाईं र युवराज चौलागाईंले पार्टीको विदेश नीति र चिनियाँ कम्युनिष्ट पार्टीसँग एकीकृत माओवादीको सम्बन्धलगायत विषयमा जानकारी गराएका थिए । टोली आगामी २० चैतमा स्वदेश फर्कने बताइएको छ ।

http://demokhabar.com बाट साभार 

No comments:

Post a Comment