Wednesday, November 9, 2016

अतिक्रमित भूभागमा नेपालको राष्ट्रिय झण्डा


अतिक्रमित भूभागमा नेपालको राष्ट्रिय झण्डा
चितवन,२३ चैत/ भारतद्वारा मिचिएको नेपाली भुमी फिर्ता गराउन माग गर्दै चितवनको माडी स्थित सोमेश्वर सीमाक्षेत्रमा भारतद्वारा अतिक्रमित क्षेत्रमा आज बिहान नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । माओवादी ताम्सालिङ राज्य समितिको आयोजनामा गएको भएको वृहत साईकल र्‍यालीसँगै गएको एकीकृत नेकपा माओवादीका सभासद सहितको संयुक्त टोलीले आज बिहान सोमेश्वर डाडाको सीमास्थित ४६ नम्बरको सीमास्तम्भ भन्दा डेढ किलोमिटर परको भुभागमा बिहान नेपालको राष्ट्रिय झण्डा गाडेको हो । टोलीमा राजधानीका झण्डै डेढदर्जन कवि र चितवनका पत्रकारहरु त्यस्तै ठूलोसंख्यामा स्थानियवासिन्दा र माओवादी कार्यकर्ता पनि साईकल र्‍यालीसहितको टोलीमा सहभागी छन् । टोलीले झण्डा गाडेपछि आयोजित कार्यक्रममा बोल्दै सभासद अमिक शेरचनले सोमेश्वर डाडा पारी रहेको सानो माडीसम्म नेपालको भुभाग भएपनि भारतिय पक्षले सीमा मिच्दै सोमेश्वर डाडासम्म ल्याइपुर्याएकोले यसमा नेपाल गम्भिर भएर पहल थाल्नुपर्ने बताउनुभयो । हिजो नारायणगढबाट माडी गएको टोली आजै चितवन फर्कने कार्यक्रम रहेको छ ।
मिचीएको भुभाग भन्दा पर रहेको सोमेशवर लेक र त्यहाँरहेको दरबार समेत भारतले अतिक्रमण गरि आफ्नो पक्षमा पारेकोले सरकारलाई सचेत गराउने उदेश्यले जागरण अभियान गरिएको टोलीले बताएको छ । अतिक्रमित सीमाक्षेत्रमा झण्डा गाड्ने कार्यक्रम सकिएपछि टोलीले आज माडीको बसन्तपुरमा सास्कृतीक र कविगोष्ठी गर्दैछ । टोलीमा माओवादी सभासद् अमिक शेरचन, नारायण दाहाल, चित्रबहादुर केसी, नेताहरु विश्वभक्त दुलाल, अग्नी सापकोटा, अनिल विरही, देशबन्धु, हितबहादुर तामाङ, चन्द्रहरी सुवेदी, सूर्य सुवेदीलगायतको सहभागिता रहेको छ भने कविहरु गंगा श्रेष्ठ, निनु चापागाँई, अर्जुन पराजुली, रामचन्द्र भट्टराई, मातृका पोखरेल, घनश्याम ढकाल, बलराम तिमल्सीना, पूर्णविराम लगायतको सहभागिता रहेको छ ।

यो Googleको http://www.pokharanews.com.np को 27 जुन 2009 15:46:05 GMT मा लिइएको प्रतिलिपी हो।

No comments:

Post a Comment